बृद्धहरुलाई जंगलमा मर्नको लागि छोडिने उबासुते प्रथा।

  • MYTH
  • NEWS
  • एउटि केटि आफ्नो बुढी आमालाई टुलुटुलु हेर्छे। उसकी आमा हिड्न सक्दिन, दिनभर घरकै कोठा मा बस्छे। कपाल फुली सकेको, आखामा बादल लागिसकेको, गालामा हजारौ चाउरी परेका रेखा। छोरीलाई आमा को माया त छ तर छोरिलाई थाहा छैन आमाको हेरविचार कसरि गरु भन्ने। उसले आफ्नो आमाको गाला अन्तिम पटक छुन्छे। आमालाई थाहा छ कि उ छोरि को लागि बोझ भैसकी भन्ने कुरा। छोरिलाई पनि आमा बोझ लाग्दै जान्छ।

    एकदिन दुवै जना घरबाट जंगल घुमघामको लागि संगै निस्किन्छन। शिशिरको बेला जंगलका पातहरु पहेंला भएका छन्। हावामा चिसो मौसम हुने बास्नाको बेग्लै सुगन्ध छ। चिसो बढ्दै छ। तिनी हरु डांडा को उकाली चड्दै छन्। केहि घण्टा पछि छोरिले लामो सास फेर्छे। मानौ ऊ यही ठाउँको पर्खाइमा थिइ। छोरिले आमालाई रुन्चे आखाले हेर्छे अन्तिम चोटी हातमा चुम्छे अनि आमालाई त्यहाँ छोडेर दौडिन थाल्छे। आमालाई पहिले देखि नै थाहा हुन्छ छोरिले उसलाई एक्लै जंगल मा छोड्दैछे भन्ने कुरा। ति बुढी आमा आफ्नो आखा बन्द गर्छे र मृत्युको लागि पर्खिन्छे।

    जापान जस्तो बिकसित देशमा लाग्छ यस्तो हुन्छ भन्ने कुरा सुन्दा अच्चम्म छ। यो उबासुते (うばすて)हो। यसलाई (おやすて)ओयासुते पनि भनिन्छ।यो जापानीज साहित्य कलामा उलेख्य रुपमा लेखिने एक मिथक प्रथा हो|

    के अझै उबासुते प्रचलन मा छ ?

    एक वाक्यमा भन्नु पर्दा जापान वृदहरुको देश हो। अहिलेको अनुमान मात्र हेर्ने हो भने २०२० सम्म जापान मा ७५ वर्ष मा मानिस २०% र ६५ वर्ष भन्दा बढीका मानिस ३०% हुनेछन। यो समस्यासंगै वृदहरुको हेरविचारमा लाग्ने खर्च बढ्ने छ। जापानको अर्को समस्या भने को युवा पिढिले बिबाह गरेर बच्चा जन्माउनुलाई प्राथमिकता नदिनु पनि हो। एक त वृदहरु को संख्या दिन प्रति दिन बढ्दै र अर्को तिर प्रजनन संख्या घट्ने क्रममा हुदा यो समस्या झन् जटिल बन्दै गएको छ|

    जापान को युवा पिडि सहरमा बस्न रुचाऊछन। टोकियो, क्योतो, ओसाका जस्ता प्रमुख सहरमा कामको सिलसिलाले आफ्नो परिवारसंग छुटिएर बसेका युवा पिडि लामो शिफ्ट काम गर्छन। जंगलमै नछोडे पनि हिड्न नसक्ने बाबु आमालाई गाउँमा एक्लै छोड्नु मिथक उबसुते प्रथा संग मिल्न जान्छ। नागानोमा त ओबासुतेयामा भन्ने पहाड नै छ।

    अहिले हेर्दा

    पक्कै पनि उबासुते एक मिथक कथा मात्र हो। यो प्रथा जापानिज साहित्य, कविता, कथा मा मात्र पढ्न र देख्न्न सकिन्छ। हुन पनि यो प्रथा मानब सभ्यता बिपरित देखिन्छ। एक दुई यस्ता घटना नघटेका भने पक्कै होइन। २०११ मा कचुओ कुरोकावा नाम गरेका व्यक्तिले आफ्नो अपाङ्ग बहिनिलाई जंगलमा छोडेको घटना समाचार मा आएको थियो।

    अर्को यस्तै घटना जहाँ एउटी महिलाले आफ्ना अल्जाइमर लागेका बुबालाई चुगोकु एक्सप्रेस हाइवेमा छोडेकी थिइन्। तर पनि उबासुते प्रथालाई मिथक नै मानिन्छ।

    के होला अब

    वृदसंख्या बडे संगै यस्ता घटना नहोलान भन्न सकिन्न। एकतिर आफ्नो बुबाआमाला‌ई हेरविचार गर्न समय नहुने छोराछोरी अर्को तिर सन्तानबाट टाढा, घरमा एक्लै बस्नु परेका बुबा आमा जापानलाई यो समस्याले झन् झन् पिरोल्दै जानेछ।

    जापानले हालसालै नया भिसा प्रणाली मार्फत दक्षिण पुर्बी एसिया बाट “किएर गिभर” लिएर आउने निर्णय ले समस्या को समाधान कत्ति को गर्छ हेर्दै जानु पर्ने हुन्छ।

    *Featured Image: jp.pixabay.com/