नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

  • CULTURE
  • LANGUAGE
  • NEWS
  • जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन।

    तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको गुनासो गरेका छन्। उनीहरुको भनाइमा JLPTमा प्रयोग गरिने व्याकरण र शब्दावलीहरु असल जिन्दगी वा काममा कमैमात्र प्रयोगमा आउछन। कोहीको गुनासो चाहि N१ वा N२ पास गरेरपनि जापानिज भाषा जापानी सरि बोल्न नसक्नु हो। यो समस्याको मुख्य कारण JLPTमा प्रयोग हुने सिलेबस हो। JLPT परिक्षा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ध्यानमा राखेर बनाइएको हुन्छ। त्यसकारण यसको सिलेबस पनि युनिभर्सिटिको लेक्चर, विद्यार्थी जिबनबाट लिइएको हुन्छ जबकि ३ मध्य एक परिक्षार्थी मात्र युनिभर्सिटि जना खोज्ने विद्यार्थी हुन्छन। जापानीज कम्पनिमा काम गरिरहेका वा काम गर्न खोजेकाहरुको लागि JLPT परिक्षा समय सान्दर्भिक नभएको गुनासो परिक्षार्थीहरुमा देखिन्छ। परिक्षार्थीहरु JLPTले बिजिनेस जापानिज, बिजिनेस म्यानर, बिजिनेस डिल, अफिसमा फोन गर्ने वा उठाउने तरिका, कामको अनुसूची बनाउने तरिका जस्ता व्यबहारिक कुराहरु ज्ल्प्तले नसिकाउने बताउछन।

    नया JLPT परिक्षा

    अक्टोबर २०१८ मा निहोन केइजाइ सिन्बुन्ले एउटा लेखमा जापान मन्त्रालयको ध्यान यस कुरामा गएको र नया परिमार्जित परिक्षाको तयारी गर्न थालिएको उल्लेखित गरेको थियो। यो परिक्षा ’bout पूर्ण जानकारीभने २०१९ अप्रिलमा गरिने बताइएको छ। यो नया परिमार्जीत परिक्षा खासगरी अहिलेको जापानको वर्क प्लेसलाई मध्यनजर गरेर तयार गरिने छ।

    श्रमकको कमी बढ्दै जाने अनुमान संगै बाहिरी देशबाट श्रमको माग पुरागरिने जापानको निर्णयलाई  पनि नया JLPT परिक्षाले टेवा पुराउने छ। यो नया परिक्षाले रोजगारीक लागि आएका बिदेशीहरुले जापानी समाजसंग निकै चाडो घुलमिल गर्न मदतगर्ने बताइएको छ। यसै गरि वर्किङ्ग भिजाको समय पनि पाच वर्षसम्म बनाइने जनाइएको छ।

    अहिलेको जापानिज भाषा परिक्षाहरु

    * नया जापानिज ल्यांगेज परिक्षा (New JLPT) ( सुरु नभैसकेको )

    * अहिलेकै जापानिज ल्यांगेज परिक्षा (JLPT)

    * जापानिज युनिभर्सिटी एडमिसन परिक्षा (EJU)

    * ज-टेस्ट (जिचुयोउ निहोन्गो केन्ताई) (J-Test)

    * बिजिनेस जापानिज प्रोफिसेंसी टेस्ट (BJT)

    जापानमा काम गरिरहेका विदेशी

    २०२० को ओलम्पिकले जापानमा पर्यटकको संख्यामा निकै ठूलो वृद्घि हुने अनुमानसंगै जापानिज कम्पनिहरुले द्वाभासे कामदारहरु रिक्रुट गर्न थालेक छन्। पढाईको लागि पनि रोजाइमा पर्ने देश भएकाले हरेक वर्ष युनिभर्सिटीबाट निस्कने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ। जापानमा पढाई सकेर यहि काम खोज्ने विद्यार्थीहरुको लागि भनेर जब हन्ट गर्ने वेबसाइटहरु धेरै बढेकाछन्।

    जापान एक सुन्दर र विकशित देश हो। जापानिज भाषा बोल्न सक्नु र बुझ्नु भनेको हामी बिदेशीहरु जापानको संस्कृति, परम्परा, रितिरिवाजसंग भिजन सक्नु हो। यी परिक्षाले हजुरको भाषाको लेभल देखाउन मदत गर्छ। तर पढेर भन्दा नि परेर सिकिन्छ भने जस्तै जापानीहरुसंग सम्बाद गर्ने मौका कहिले पनि खेर जान नदिनुहोस। कुनै पढाईले नासिकाउने ज्ञान ति सम्बाद र गफबाट सिक्न सकिन्छ।

    यो बिषयको थप जानकारी तलको वेबसाइटमा पाउन सक्नु हुन्छ।
    Nihon Keizai Shinbun Website*जापानिजमा मात्र उपलब्ध
    Nikkei Asian Review Website*अंग्रेजीमा उपलब्ध