सोबा, उदोन, रामेनको फरक थाहपाई राखौ।

  • FOOD
  • मेन भनेको जापानीजमा नुडल हो। मेन (noodles) जापानीज परिकारको एक अभिन्न अंग हो। ऊनीहरु मेनलाई सजिलो खानाको रुपमा लिन्छन। खानलाई सजिलो भए पनि मेन धेरै थरि को हुन्छ। जापान आएको केहि वर्ष सम्म त मलाई केहिको नाम पनि थाहथिएन। त्यसमाथि मेन खाने तरीका पनि थुप्रै छन्। जापानमा मेनलाई सस मा चोबेर, सुप बनाएर, फ्राई गरेर अथवा सलादमा हालेर खाइन्छ। आज मा हजुरहरुलाई मेनको विभिन्न प्रकारको जानकारी गराउछु।

    १. रामेन


    रामेन मननपराउने व्यक्ति मैले जापानमा कमनै भेटेको छु। रामेन जापानको मेनको परिकारहरुमा सबै भन्दा पपुलर हो भन्दा फरक नपर्ला। रामेन खासमा जापानिज परिकार होइन। रामेनमा प्रयोग गरिने मेन चिनबाट जापान भित्रिएको भन्ने गरिन्छ। यो मेन गहुको पिठोबाट बनाइन्छ। रामेन प्राय जसो सुप संग खाइन्छ। रामेनको सुप अनुसार त्यसको प्रकार छुटाइएको हुन्छ। तोङ्कोचु रामेनमा पोर्कको हाडको सुप बेस हुन्छ। शिओ रामेनको बेस चाही नुन र सी फुडको सुप हुन्छ। स्योयु रामेनमा सोय सस् बेस हुन्छ। त्यसैगरी मिसो रामेनमा मिसो (भटमासबाट बनेको पेस्ट) प्रयोग गरिन्छ।

    २. सोबा


    सोबा फापर र गहु को पिठो बाट बनाइन्छ। सेलियाक रोगभएका व्यक्तिले १०० % फापरबाट बनेको सोबा खानु पर्छ। ग्लुटेन भएको खाना नखानेहरु को लागि सोबा लोकप्रिय नुडल हो। सोबा हेर्दा हल्का कालो रंगको देखिन्छ। सोबा चिसो वा तातो दुवै परिकारको हुन्छ। मेरो मनपर्ने सोबा चाही जारु सोबा हो। बासबाट बनेको थालमा चिसो सोबा राखिन्छ अनि छेउमा सोबा डुबाएर खान एकप्रकार को झोल हुन्छ। त्यसलाई चुयु भनिन्छ। चुयुमा वासाबी, नोरी (sea weed) हरु राखेर खाइन्छ। सोबा को टपिङ्ग पनि थुप्रै हुन्छन। चिसो सोबामा तोरोरो( तरुलको पेस्ट) राखेर खाइन्छ। तातो सोबा मा सान्साई भनिने हरियो सब्जी राखिन्छ।

    ३. उदोन


    यदी हजुरले खादै गर्नु भएको मेन मोटो खालको छ भने त्यो उदोन हुन सक्छ। उदोनपनि गहुको पिठोबाट बनाइन्छ। यो हेर्दा सेतो हुन्छ। उदोनपनि चिसो तातो दुवै किसिमले खाइन्छ। दुई लोकप्रिय उदोनमा किचुने उदोन र तानुकी उदोन पर्छन। किचुने उदोन को टपिङ्ग आबुराआगे हुन्छ, तनुकी को चाही तेम्पुरा को फ्लेक्स हुन्छ। यकि उदोन भनेको चाही सोया सस् मा फ्राई गरिएको उदोन हो। उदोन नाबे (जापानिज हट पट)मा पनि धेरै प्रयोग गरिन्छ।

    ४. याकिसोबा


    नाममा सोबा भएता पनि यो सोबा बाट बनाइदैन। याकिसोबा को मेन रामेन जस्तै हुन्छ। याकिसोबा चाही याकिउदोन जसरि फ्राई गरेर बनाइन्छ। याकिसोबा नेपाली चाउमिन जस्तै हुन्छ। प्याज, बन्दा, मासु हालेर बनाइने याकिसोबा जापान को पपुलर स्ट्रीट फुड पनि हो। फेस्टिबल वा ओमाचुरी हरुमा यो खान प्राय स्टलहरु मा देखिन्छ। यसको टपिङ्गमा चाही नोरी, अदुवा, मायोनेज राखेर खाइन्छ। जापान को सुपरमार्केटमा याकिसोबा बेन्तोको रुपमापनि बेचिएको पाइन्छ।


    अरु प्रमुख मेनका प्रकारमा स्योमेन, हियामुगी, शिराताकी र हारुसामे पर्छन। स्योमेन र हियामुगी गर्मि महिनामा धेरै खाइन्छ। नागासी स्योमेन भन्ने खेल नै हुन्छ। जसमा बासको पाइपमा स्योमेन बगाएर चप्स्टिकले समातेर खाने गरिन्छ। शिराताकी भनेको कोंयाकु भन्ने एक प्रकार को तरुल बाट बनाइन्छ। यो मेनमा क्यालोरी कम हुने भएकाले अचेल यसको खपत बढेको छ। हारुसामे चाही आलुको स्टार्चबाट बनाइन्छ। यो सलादहरु मा टपिङ्ग गरेर खाइन्छ।