कुनै देश घुम्न जानु अगाडी थाह पाई राख्नु पर्ने कुराहरुमा त्यो देशको चलनको पैसा पनि एक हो। जापानमा पैसाहरु सिक्का र कागजी नोटहरु हुन्छन। अहिलेको चल्तीको हिसाबले भन्ने हो भने सिक्काहरु ६ प्रकार र कागजी नोट चाही तिन प्रकारका हुन्छन। जापानको पैसालाई येन भनिन्छ। जापान सरकारले नया नोट र सिक्का पैसा लिएर आउने घोसणा गरेको छ। नया युग रेइवाको सुरुवात संगै जापान सरकारले नया नोट र सिक्का पैसा लिएर आउने घोसणा गरेको छ
सर्बप्रथम जापानको पैसाको ’boutमा केहि जानकारी लिउ है त। जापानमा पैसालाई ओकाने भनिन्छ। सिक्कालाई तामा वा दामा अनि नोट लै साचु भनिन्छ। उदाहरणको लागि १ येनलाई “इची येन दामा ” र १००० येनलाई “सेन येन साचु” भनिन्छ। ओचुरि भनेको चेन्ज वा केहि किन्दा आउने फिर्ता आउने फिर्ता पैसा हो। “कोजेनी” वा “कोमाकाइ ओकाने” भनेको चाहि सानो अंकको पैसा हो। मानौ हजुरको बिल ३०६२ येनको उठेको छ भने अन्तको ६२ यन वा २ येनलाई कोजेनी भनिन्छ।
जापानी येनमा सिक्कहरु १ येन, ५येन, १० येन, ५० येन, १०० येन र ५०० येनको हुन्छ।
१ येन दामा अलुमिनियम धातुबाट बनेको हुन्छ। यो सबै भन्दा सानो अंकको पैसा हो। यो १ ग्राम र २० mm डाइमिटरको हुन्छ। यो सिक्काको हेड पट्टि १ र बनेको वर्षको मिति लेखीएको हुन्छ। टेल तिर सानो रुख को हागों, जापानिजमा यसको भ्यालु र देशको नाम (निहोन कोकु) लेखीएको हुन्छ।
यो निकल धातुबाट बनेको हुन्छ। बिचमा प्वाल परेको हुन्छ। हेडमा यो धानको बाला र जापानीजमा ५ लेखीएको हुन्छ। टेल पट्टि देशको नाम र बनेको वर्ष मिती छापिएको हुन्छ। चामल जापानको मुख्य खाना भएकोले जापानीहरु धानलाई आफ्नो संस्कृति मान्छन।.
यो तामाबाट बनेको हुन्छ। यसको हेड पट्टि अंक १०, बनेको वर्ष मिती साथै रुख को पात हुन्छ। पछाडी पट्टि देशको नाम र जापानीमा १० येन लेखीएको हुन्छ। बिचमा एउटा मन्दिर हुन्छ। त्यो मन्दिर क्योटोको ब्यो-द -इन भनिने मन्दिर हो।
यो मन्दिर क्योतोको उजी भनिने ठाउमा छ। यो मन्दिरलाई जापानको एक प्रमुख इतिहासिक मन्दिर मानिन्छ। यो विश्व सम्पदा सुचीमा पनि रहेको छ।
यो तामा र निकल धातु मिसाएर बनाइन्छ। यसमा पनि ५ येन को जस्तै बिचमा प्वाल हुन्छ। हेडमा ५० अंक र गुलदाउदिको फूल हुन्छ। यो फूललाई जापानीमा किकु फूल भनिन्छ। यसले जापानमा दिर्गायु र नौलोपन जनाउछ।
यो पनि तामा र निकलको मिश्रणबाट बनाइन्छ। यसको हेडमा १०० अंक र बनेको वर्ष लेखीएको हुन्छ। पछाडी पट्टि साकुराको फुल, देशको नाम र मूल्य जापानीजमा लेखीएको हुन्छ।
यो जापानी सिक्का मध्य सबै भन्दा ठुलो मुल्यको सिक्का हो। यो २ मम बाक्लो २ र तौल ६ ग्राम जति हुन्छ। यसको हेडमा ५०० अंक र बनेको वर्ष मिती छापिएको हुन्छ। ५०० को ० भित्र जापानीजमा ५०० येन लेखीएको हुन्छ। अंक तल र माथि बासको पात हुन्छ अनि दया र बाया चाहि सुन्तला को हागा हुन्छ। यो सिक्कको टेल पट्टि पाउलोनिया को फूल छापिएको हुन्छ। त्यसै गरि देशको नाम र सिक्काको भ्यालु लेखीएको हुन्छ।
बास र पाउलोनियाको जापानी संस्कृतिमा बिसेष महत्व हुन्छ। पाउलोनिया रुखको काठबाट किमोनोको बाकस, घर, बाजा जस्ता धेरै बस्तु बनाइन्छ। बास बाट चाही कादोमाचु बनाइन्छ जुन नया वर्षमा घरको मूल ढोका सजाउन प्रयोग गरिन्छ। मिकान (जापानी बिया नहुने सुन्तला) लाई सबैभन्दा राम्रो क्वालिटीको सुन्तला मानिन्छ।
कागजको नोट १००० येन बाट सुरु हुन्छ। जापानमा अहिले चल्तीको नोटका डीजाईनहरु सन् २००४ मा सुरु गरिएको हो। यी सबै नोट ७६ mm चौडा हुन्छन। लम्बाई चाहि १५०, १५६, र १६० mm को हुन्छ।
१००० येन (सेन येन साचु)
५००० येन साचुमा इचीयो हिगुचीको पोट्रेट हुन्छ। उनी जापानको मेइजी एराको लोकप्रिय लघु कथा लेखिका थिइन्। पछाडी पट्टि चित्रकार ओगट कोउरिको चित्र छापिएको छ। यो चित्र लो खाकिचुबाताजु भनिन्छ। यो आइरिस फूल को चित्र हो।
५००० येन (गो सेन येन साचु)
5000 yen note has the portrait of Ichiyo Higuchi on the front side, and a painting by Ogata Kouri, one of the most famous Japanese painters on the back side. The painting found on this currency is known as “Kakitsubata-zu” which is the most renowned painting of irises in Japan.
१०००० येन (इची मान येन साचु)
१०००० येन जापानी पैसाको सबै भन्दा ठूलो अंक हो। यसमा जापानको प्रसिद्ध लेखक युकिची फुकुजावाको चित्र छापिएको छ। उनी केइयो युनिभर्सिटीका संस्थापक हुन्। यो नोटको पछाडी ब्यो-दो-इन मन्दिरमा भएको फिनिक्स चराको मुर्तिको चित्र छ।
जापानले २०२४ को अगि तिर नया कागजी नोट र २०२१ अघि तिर नया ५०० को सिक्का बनाउने निर्णय गरेको छ। १०००० र ५००० को नोटमा होलोग्राम हुने बताइएको छ।५०० को सिक्का नया धातुको प्रयोग गरिने बताइएको छ।
नया १०००० को नोट मा एईचि शिबुसावाको चित्र हुनेछ। उनीलाई नब जापानको पुजिबादका पिता भनिन्छ। ५००० को नोटमा चुदा युनिभर्सिटीक संस्थापिका उमेको चुदा र १००० को नोटमा शिबासाबुरो कितासातो (ब्यक्टेरिओलोजिस्ट) को चित्र हुनेछ।