बिदेशीहरुको रोजगारको लागि जापानकै पहिलो स्पेसिफिक स्किल टेस्ट ७ ठाउमा भएको छ।

  • NEWS
  • यहि अप्रिलबाट जापानमा लागु भएको नया जाइरिउ सिकाकुको पहिलो गृहकार्य परीक्षण १४ तारिक को दिन सम्पन्न भएको छ। विशिष्ट कौशल योग्यता वा “तोकुतेइ गिनोउ” भिजाको लागि गरिएको सो परीक्षण नेनेइ, टोक्यो, ओसाका, नागोया, हिरोशिमा, फ़ुकुओक, साप्पोरो र सेन्दाई गरि स्थानमा गरिएको छ। ल्याण्ड इन्फ्रास्ट्रक्चर ट्राफिक र टुरिज्म मंत्रालय अनुसार ७६१ जनाले आबेदन गरेको र ३९१ जनाले परीक्षा लिएको जनाएको छ। परीक्षार्थिहरुमा पार्ट टाईम जब गरिरहेका बिदेशी बिद्यार्थीहरु रहेकाछन्। ति मध्ये भियतनाम, म्यानमार र नेपालका बिद्यार्थीहरु अधिकांश पाइएको छ।

    जापान सरकारले यो नया भिजा प्रणाली मार्फत ५ वर्षमा करिब ३४०,००० कामदार भित्र्याउने जनाएको छ। “१ गोउ तोकुतेइ गिनोउ” यानी १ नम्बर इस्पेसल स्किलको सर्टिफिकेटको लागि भने यो भर्खर भएको परीक्षा अतिरिक्त जापानी दैनिकी बार्तालाप गर्न सक्ने N4 परीक्षा पास गर्नु पर्नेछ। त्यसका साथै ईमिग्रेसन कन्ट्रोल अफिसले लिने परीक्षा पनि पास गर्नु पर्ने जनाएको छ। १४ गतेको परीक्षा पास गरि सर्टिफिकेट लिनेहरुले भ्याएसम्म यहि आउदो गर्मि देखि होटेल र रियोखानमा काम गर्न पाउने जनाईएको छ। विशिष्ट कौशलको परीक्षा सकिए पछि रेस्तुराण्ट सर्भिसको परीक्षा चाहि अप्रिल २५, २६ र जुनमा हुने बताइएको छ। यी बाहेकको परीक्षा चाहि जापानमा वा अन्य कतै हुने भन्ने जनाइएको छैन।

    टोकियो

    टोकियोको परीक्षा कसुमिगासेकिमा रहेको पर्यटन मंत्रालयमा भएको थियो। परीक्षा दिन १२४ जना उपस्थित थिए। लिखित परीक्षामा होटेल आवाससंग सम्बन्धित प्रश्नहरुको लिखित परीक्षा थियो भने ग्राहक सेवा संग सम्बन्धित मौखिक परीक्षा थियो।

    इन्डोनेसियाका एल्मा सुलिस्टेरिया भन्छन, “मलाई आनिमे एकदम मनपर्छ। म आनिमेको कसप्ले पनि गर्ने गर्छु। म जापान २०१६ मा साईतामाको फुड कारखानामा टेक्निकल इन्टर्न गर्न आए।” उनले यो नया तोकुतेइ गिनोउ भिसाले गर्दा आफू फुड एंड बेभरेज म्यनुफ्याकचर इन्दस्ट्रिमा काम गर्न पाउने आशमा परीक्षा दिन आएको बताए। २२ तारिक घर फर्किने बताउने उनी जापानी होटेलमा हुने सर्भिस सिकेर पछि आफ्नो देशमा रेस्तुराण्ट खोल्न चाहेको बताए।

    म्यान्मारका म्याओ एनआईओ यु लेजज भने यो परीक्षा ले उसको जापानमा काम गर्ने ८ बर्ष पुरानो सपना पुरा हुने बताउछन। उनी २००९ मा जापान बिद्यार्थी बनि आएर आफ्नो पढाइ सकी जब गरेको बताउछन। पछि ग्रेट ईस्ट जापान भूकम्पले गर्दा काम छोडि देश फर्केको बताउछन। जापानमा अनुभव प्राप्त गरेपछि उनले म्यांमारमा आफ्नो होटल गर्न चाहेको बताए।

    ओसाका

    ओसाकाको परीक्षा स्थलमा 58 जनाले आवास व्यवसायको लागि एक विशेष परीक्षा दिए। ति मध्य वियतनामका 32 , चीनका 10 , म्यांमार र नेपालका ५ जना परीक्षार्थि थिए । परीक्षा बाहिर परीक्षा पास गर्न मदत्त गर्ने कक्षा संचालन भैरहेको भन्दै कागज बाध्ने व्यक्ति पनि थिए।

    दुई वर्ष पहिले ओसाकाको एक बिजिनेस स्कुलमा पढ्न आएका वियतनामका गुयवान थिई लान ए (23) भन्छन, “परीक्षा सजिलो थियो। म एउटा जब खोज्न चाहन्छु ’cause मैले अर्को वर्षको वसन्तमा स्नातक गर्नेछु। मैले अझै निर्णय गरेको छैन।”

    कोबे बस्ने एक नेपालि, कृष्ण कुमारी कडेल पनि परीक्षा निकै सजिलो भएको बताउछिन। उनी जापानको होटेलमा २० वर्ष काम गरेर नेपाल फर्की नेपालमा होटेल ब्यबसाय गर्न चाहेको बताउछिन।

    आवास उद्योग परिक्षण केन्द्रका निर्देशक किताहारा शिगिकीले जापानमा पर्यटकहरु को संख्यामा अझ वृद्घि हुने तर कर्मचारी चाहि पर्याप्त नभएको बताए। साथै उनले बिदेशी कामदारलाई जापानी सरह तलब दीएता पनि यदि सुरुमा भर्ति गर्दा लाग्ने खर्च हरु बढ्न गए गाह्रो हुने बताए।

    नागोया

    नागोयाको परीक्षा केन्द्रमा भने धेरै बिद्यार्थी भागेको भनेर खराब नाम कमाएको टोकियो फ़ुकुशि दाईगाकुक बिद्यार्थीपनि आएका थिए। त्यहि दाईगाकुका एक नेपाली विद्यार्थी गल्तीले नागोयाको परीक्षा केन्द्रमा पुगेका थिए। उनको परीक्षा कार्डमा ओसाका लेखिएको थियो। उनी भन्दै थिए, “मैले गल्ति गरेछु ओसाका भनेर नागोया आएछु।”

    त्यहि बिद्यालयका अर्का बिद्यार्थी रोशन अधिकारी त्यो परीक्षालाई लीएर आशाबादी थिए। उनले नेपालको शिक्षन पेसा छोडेर जापान आएका थिए। उनको नेपालमा श्रीमती र ६ वर्षको छोरी छन्। उनी आफु पैसा कमाएर आफ्नो परिवारले सुख पाएको हेर्न चाहन्छन। उनी भन्छन, “मैले मेरो परिवारलाई १.५ वर्ष भयो भेटेको छैन। पैसा ल्कमाएर पथाउन पाए खुसि संग बस्ने थिए।”

    यो परीक्षाको रिजल्ट मे महिनामा आउछ। फेल भयो भने के गर्ने होला भनेर चिन्तित बिद्यार्थी पनि थुप्रै थिए। कोहि चाही मा केयर गिबिंगमा काम गर्न चाहन्थे तर त्यो संग सम्बन्धित परीक्षा नै नहुने रैछ। खत्तम भयो, भन्दै थिए।

    *यो लेख २०१९-४-१४ गतेको आसाही सिन्बुनबाट लिईएको हो। यो जापानी लेख, नेपालीमा अनुबाद गरिएको हो। (浦野直樹、波多野陽、斉藤佑介、佐藤英彬)यस लेखका लेखकहरु हुन्। ओरिजिनल लेख को लिंक तल दिईएको छ।

    国内初の特定技能試験、7カ所で開始 夢や希望を口々に