डाइनिङ्ग टेबलमा अपनाउनु पर्ने केहि नियमहरु हरेक देशमा हुन्छन। यी व्यवहारले मानिस कति को भद्र छ भन्ने जनाउछ। केहि टेबल म्यानर हजुर को देश संग मिल्ने हुनाले त्यति अचम्म नलाग्न सक्छ तर केहि म्यानर आफ्नो चलनको भन्दा ठ्याक्कै उल्टो हुन्छ। नया ठाउमा गएपछि जति नै अनौठो भएपनि त्यहि ठाउँको व्यवहार सिक्नु र अपनाउनु पर्ने हुन्छ।
जापानमा आउनु भएका वा आउन लाग्नु भएका सबैलाई आज म यहाँ खाना खादा अपनाइने केहि भद्र व्यवहारहरुको जानकारी गराउने छु। यी कुराले हजुरलाई कोहि जापानीसंग खाना खान जादा अप्ठेरो महसुस गराउने छैन।
नेपालमा हामी खाना खानु अघि क्रिस्च्यन जस्तो भगवानलाई सम्झिदैनौ। नेपालमा सरासर खान थाल्नु कुनै अचम्मको कुरा होइन। जापानमा भने खाना खानु अघि एउटा शब्द भनिन्छ। त्यो शब्द हो “इतादाकिमास”। जापानमा बस्नु हुनेले पक्कै पनि यो शब्द सुन्नु भएको हुनु पर्छ। यो शब्दको अर्थ टेबलमा भएको खाना प्रति कृतज्ञता जनाउनु हो। कुनै पार्टी वा फंगसनमा जादै हुनु हुन्छ भने टेबलमा लिडरले चाही “ते वो आवासेते खान्स्या वो कोमेते इतादाकिमास” भन्छन। यो वाक्यको अर्थ “म हात जोडेर, मननै देखि यो खानाको लागि कृतज्ञ छु।” खाना पछि चाहि “गोचिसोसामा देसिता” भनिन्छ। यसको अर्थ पनि “खानाको लागि धन्यबाद, म तृप्त भए” हो।
नेपालीहरु हात वा चम्चाले खाने हुनाले चप्स्टिक धेरैलाई चलाउन नआउन सक्छ। जापानीले कोहि विदेशीले राम्रो संग चप्स्टिक चलाएको देखेमा प्रसंशा गर्छन। त्यसैले जापानीलाई इम्प्रेस पार्न भएपनि चप्स्टिक चलाउन सिक्दा राम्रो हुन्छ। चप्स्टिक हातमा लिनुहोस्। एउटा स्टिक माझी र चोर औलाको बीचमा राख्नुहोस्। यो स्टिक लाई सजिलो गरि हल्लाउन मिल्नु पर्छ। अर्को स्टिक चाही रिङ्ग फिंगरमा राख्नुहोस। यो स्टिक चाहि फिक्स हुन्छ। बुढि औलाले दुवैलाई चेप्नुहोस। खानालाई चप्स्टिकको टुप्पोले च्यापेर उठाउनु होस्।
चप्स्टिकले गर्नु नहुने कुरा।
- योसेबाशी – मेन भाडाबाट आफ्नो चप्स्टिक्ले खाना नउठाउनुहोस्
- नामेबाशी – चप्स्टिक चाट्नु हुन्न
- साशिबाशी – खानामा चप्स्टिक नगाड्नुहोस
- हासीउचुसी – अरुको चप्स्टिकले खाना नतान्नुहोस्
- मायोइबाशी – यो खाने कि त्यो खाने भनि चप्स्टिक यता उता नगर्नु होस्
- सागुरिबाशी – खाना चप्स्टिकले खोतालेरा चेकक नगर्नुहोस
आफ्नो थालमा भएको खानामा कहिले पनि चप्स्टिक गाडेर नराख्नुहोस। यस्तो मरेको मान्छेलाई खाना चढाउदा गरिन्छ। प्रयोग नगर्दा चप्स्टिकलाई “हासी ओकि” मा राख्नुहोस।