माउण्ट फुजी चढ्ने सोच्दै हुनु हुन्छ ? के के प्याक गर्नु पर्छ थाहपाई राखौ।

  • HOW TO
  • TRAVEL
  • माउण्ट फुजी जापानको सबै भन्दा अग्लो हिमाल हो। हरेक बर्षको जुलाई देखि सेप्टेम्बरमा सयौ मानिस आफ्नो बकेट लिस्टमा भएको माउण्ट फुजी चढ्छन्। माउण्ट फुजीको (३७७६ मि) उचाई नेपाली हिमाल संग दाज्दा होचो भएता पनि चढ्नु पूर्व राम्रो तयारि गर्नु पर्छ। माउण्ट फुजी चढ्न गर्नु पर्ने केहि सामान्य तयारीको ’boutमा हजुरलाई बताउनेछौ। यसमा चढ्ने समय, कपडा, खाना, जाने तरिका र ईमरजेन्सी सप्लाईको कुरा समेटिएको हुनेछ।

    १. चढ्ने समय वा महिना

    आधिकारिक रुपमा फुजी चढ्ने महिना जुलाई देखि मध्य सेप्टेम्बर भएता पनि राम्रो तयारी गर्ने हो भने फुजी अरु महिनामा पनि चढ्न सकिन्छ। तर अरु महिनामा चढ्दा बरफ र हिउले बाटो चिप्लोहुने हुनाले खतरा बढी हुन्छ। हिउदमा चढ्ने हो भने मौसम खराबहुने भएकाले अल्पाइन एक्स र अन्य बरफ फुटाउने सामग्री चाहिन्छ। हिउदमा फुजीमा चल्ने हावा ८००० मिटरको हिमाल सरह हुन्छ। हिम पहिरोको पनि जोखिम हुने भएकाले अनुभबी मानिस बाहेकलाई अरु महिना फुजी चढ्ने सल्लाह दिईदैन।

    समयको हिसाब गर्ने हो भने फुजी चढ्न ५-७ घण्टा लाग्छ अनि ओर्लन ३-४ घण्टा लाग्छ। धेरै मानिस हरु फुजी राती चढ्ने गर्छन। उनीहरु बिहानको सुर्योदय हेर्न यसो गर्छन। यसो गर्दा हिमालमा बास बसिरहनु पर्दैन। सुर्योदय हेर्ने उदेस्य नभएका मानिसहरु फुजी दिउसो चढ्दा पनि फरक पर्दैन।

    २. लत्ता कपडा

    जुलाई देखि मध्य अगस्त सम्म माथि टि- सर्ट, फ्लिस र ज्याकेट भए हुन्छ। तललाई दुइ लेएरको पाईट भए हुन्छ। सेप्टेम्बर ताका अलि चिसो हुनाले एउटा लेएर कपडा थप्दा राम्रो हुन्छ। पानी पर्ने सम्भावना बहेकोले रेन कोट भने छुटाउनु हुदैन। कम्बिनिमा पाईने १००० यनको रेन कोट पर्याप्त हुन्छ।

    खुट्टाको जोइण्ट दुख्ने बिरामीहरुले हाइकिङ्ग जुत्ता लगाउदा राम्रो हुन्छ। नत्र सामान्य जोगिंग गर्ने स्पोर्ट्स जुत्ता काफी हुन्छ। हाईक गर्दा चाइने लौरो (हाईकिङ्ग पोल) भने अप्सनल हुन। चाहिएको खण्डमा फुजिको बेसमा किन्न सकिन्छ। मानिसहरु सम्झनाको लागि यो किनी हरेक स्टेशनमा स्ट्याम्प लगाउछन। एउटा ऊनको टोपी बोक्न छुटाउनु हुदैन। यसले जाडोबाट बचाउछ र हेड्ल्याम्पले निधारमा असजिलो गर्ने हुनाले टोपी लगाउदा सजिलो हुन्छ। सनग्लास चाहि ओर्लिदा घाम आखा पर्ने भएकोले बोक्दा राम्रो हुन्छ।

    ३. खाना

    यदि हजुर राती चढ्ने सोच्दै हुनु हुन्छ भने , फिफ्थ स्टेसनमा खाना खाएर यात्रा सुरु गर्दा राम्रो हुन्छ। यात्राको क्रममा ईनर्जी बार, मुसेली बार, ओनिगिरि, चकलेट जे जे लादा पनि हुन्छ। पानी भने २ लिटर माथि बोक्नुहोस। फुजीको समिट मा ५०० ml को पानीलाई ५०० येन पर्छ। समिटमा स्न्याक्स, चिया, कफी पनि लिन मिल्छ। तर फिफ्थ समिट कटे पछि फोहोर फ्याल्ने ठाउँ हुदैन। आफ्नो फोहोर आफैले बोकेर तल लिएर आउनु पर्छ। खुल्ला पैसा पनि लिएर आउनुहोस्। फुजीमा त्वाईलेट प्रयोग गरेको ३०० येन सम्म पर्छ।

    ४. यातायात

    सिजनको बेला सिन्जुकु बाट फिफ्थ स्टेसन सम्म सिधै बस लाग्ने हुनाले यो सबै भन्दा सजिलो तरिका हो। बस टिकेट वान वेको २९०० यन पर्छ। सिन्जुकु एक्सप्रेस वे बस टर्मिनलबाट छुट्ने बसले फुजी फिफ्थ स्टेसन २.५ घण्टामा पुर्याउदछ।

    ट्रेनबाट जादा चाही अलि महंगो पर्छ। सिन्जुकु स्टेसन बाट फुजी एक्स्कर्सन एक्सप्रेस ट्रेन लाग्दछ। यो ट्रेन ले २ घण्टा जतिमा कावागुचीको स्टेसन पुर्याउछ। मूल्य चाहि वान वेको ४०६० यन पर्दछ। JR चुओ स्पेसल र्यापिड चढ्ने हो भने २४६० यन जति लाग्द्छ। यो ट्रेनले ३ घण्टामा कवगुचिकोएकि पुर्याउछ।

    ५. ईमरजेन्सी सप्लाई

    उचाईमा अक्सिजनको मात्रा कम हुने हुनाले धेरैलाई लेक लाग्न सक्ने हुन्छ। यो जो कोहिलाई पनि हुन सक्छ। यस बाट बच्न हाईक बिस्तारि गर्ने र आफ्नो जिउलाई उचाई संग घुल्न दिनु पर्छ। अक्सिजन क्यान बोकेर लादा ईमरजेन्सीमा काम लाग्दछ। फर्स्ट एड बक्स लान केहि गरि नबिर्सिनु होस्। त्यसैगरि अत्यधिक चिसो बाट बच्न कम्बिनिमा पाइने हिट प्याक (होकाईरो) लिनु भयो भने राहत हुन्छ।