के तपाईलाई थाह छ धेरै जसो जापानी थर १९ औ शताब्दी ताका उत्पति भएका हुन। त्यो भन्दा पहिला जापानमा अहिले जस्तो थुप्रै खालको थर थिएन। यति मात्र नभएर यी थर पछाडी रमाइला संस्कृतिक, धार्मिक र सामाजिक कथाहरु लुकेका छन्। यी कथा हरुले नै जापानीहरुको थरलाई यहाँको रमाइलो पाटो बनाईदिन्छ। जापानमा घुम्दै जादा एकै खालको थर भएका मानिसहरु थुप्रै भेटिन्छन। उनीहरुको एक आपसमा केहि सम्बन्ध नभएपनि थर चाहि एउटै हुन्छ। धेरै परिवारले मेइजि युग स्थापना भएपछी एउटै सुनिने थर रोजेका हुन। यस्तो गर्नुको कारण समाजमा सजिलै घुलमिल हुन सक्नु थियो। मेइजि भन्दा अगाडी थर रोज्न पाउने अधिकार पुजारीहरुलाई मात्र हुन्थ्यो। आउनुहोस् जापानमा सुनिरखिने ८ थर र त्यसको अर्थ बुझौ है त।
नकामुरा थर गरेका मानिस जापानमा १० लाख भन्दा बढी छन्। यो नकामुरा थर को अर्थ धेरै सजिलो छ। नकामुरा थर दुइ खान्जी मिलेर बन्छ। जापानीमा नाका भनेको भित्र वा बीच हो अनि मुराको अर्थ गाउँ हो। त्यसैले नकामुराको अर्थ गाउँको बीच वा गाउँको मुखिया रहेको बताईन्छ।
यामामोतो थरिक मानिस पनि नाकामुरा जस्तै १० लाख बढी छन्। यो पनि दुइ खान्जीको मेलले बनेको हुन्छ। जापानीमा यामाको अर्थ हिमाल हो। मोतोको अर्थ चाहि उत्पति हो। त्यसैले यामामोतो थरिका मानिसलाई हिमालबाट आएका भनिन्छ। इतिहास हेर्ने हो भने कमान्डर इसोराकु यामामोतोलाई पर्ल हार्बरमा गरेको आक्रमणको लागि सधै सम्झिईनेछ।
इतो अर्को पपुलर थर हो। यो थर विस्तेरिया फूल को जापानी नाम हो। जापानमा फूलले शाही परिवार अर्थ्याउने बताईन्छ। यो फूल फुजिवारा समुदाय ले प्रयोगगर्ने बताइन्छ। फुजिवारा समुदायले इतिहासमा एक ताका आधि जापानमा राज गर्दथ्यो।
#kenwatanabe #movies ranked at:https://t.co/AdlnLKOJS7#Japan #Batman #Transformers #happybirthdaykenwantanabe #birthdayboy #birthday pic.twitter.com/DonEQuuN4f
— SYNNEMATIC (@Synnematic) October 22, 2017
हजुरले “केन वातानाबे” को ’boutमा सुन्नु भएको छ ? उनी विश्व प्रख्यात जापानी एक्टर हुन। वातानाबे थर भएका मानिस जापानमा १० लाख माथि छन्। वातानाबेको अर्थ कुनै छेउ पार गर्नु हो। जापानको सेच्चु प्रान्तमा वातानाबे भन्ने सानो ठाउँ नै छ। यो थर पहिलो चोटी राख्ने मानिस योद्धा थिए। ऊनको नाम चुना थियो जसले समुराइ संस्कृति १०-११ शताब्दीमा प्रचार गरेका थिए। मेइजि युग पछि पनि वातानाबेहरुले जापानको सा सानो भूभागमा आफ्नो राज्य चलाएको मानिन्छ। उच्च स्तरको थर भएको हुनाले अरुले पनि यो थर प्रयोग गरेको बताईन्छ।
गोद्जिल्ला फिल्म हेर्नु भएकाहरुले यो फिल्मका निर्देशक तोमोयुकी तानाकाको नाम सुन्नु भएको होला। तानाकाको अर्थ गाउँको धान बारी हो। तानाकाको ता को अर्थ धान हो भने नाका को अर्थ बीचको हो।
हजुरले हल्का थाहा पाउनु भयो होला कि जापानमा थरको अर्थ त्यसको खान्जी हेरेर थाह हुन्छ भन्ने। ताकाहाशी पनि ताखाई र हाशी भन्ने शब्दबाट बनेको हो। यसको अर्थ अग्लो पुल भएको ठाउँमा बसाई गरेको बताईन्छ।
Luke Edwards reviews the Suzuki Ignis – "a distinctively clever Japanese car" – in his January 'Motoring' article. Read more in your copy or our online magazines https://t.co/SYusXedAgL @exhaustnotesuk pic.twitter.com/JuYqu8LUxP
— The Local Answer (@TheLocalAnswer) January 11, 2018
हजुरहरुले सुजुकी ब्राण्डको कारको ’boutमा त सुन्नु भएको होला। सुजुकी जापान को दोस्रो पपुलर थर हो। सुजुकी थर गरेका मानिस जापानमा २० लाख बढी छन्। यो थरको अर्थ घन्टी रुख हो। शिन्तो मन्दिरमा सुजु भनिने घन्टी देउतालाई खुसि पार्न बजाइन्छ। पहिला पहिला यो थर पुजारीहरुले मात्र राख्न पाउने बताइन्छ
यो जापानको सबैभन्दा पपुलर थर हो। इतो थरको तो जस्तै सातोको तो पनि फुजिवारा समुदायसंग सम्बन्धित छ। सातोको अर्थ चाहि फुजिवारा समुदायलाइ सहयोग गर्ने समुदाय हो। फुजिवाराका सेवकहरुले नै पछि यो थर लिएको बताईन्छ। सातो थरक मानिस जापानमा २० लाख बढी छन्।
हजुरले जापानको ८ पपुलर थर ’boutमा थाह पाउनु भयो। अबबाट कसैले आफ्नो नाम भन्दा याद राख्नुहोस् उसको थर पछाडिको कथा। माथि दिइएको जानकारी २०१० मा एक युनिभर्सिटीले गरेको सर्भे, इन्सुरेन्स कम्पनीको डाटाहरुलाई बेस मानेर लिइएको हो।