जापानमा बस्ने हजुरहरुले पक्कै पनि धेरै जापानीहरु आत्महत्या गर्छन भन्ने सुन्नु भएको छ होला। समाचारमा पनि एस्त घटनाहरु आइ रहन्छन। कोहि जापानी आफ्नो कोठामा वा टाढा जंगल एकान्तमा गैर आत्महत्या गर्छन भने कोहि चाहि सार्वजनिक स्थलमा सबैले देख्ने गरि आत्महत्या गर्छन। हजुरहरुले थाहपाई सक्नु भयो होला कि हामी ट्रेन ट्रयाकको कुरा गर्दैछौ। जापानमा चलिरहेको ट्रेनमा हाम फालेर थुप्रै मानिस मृत्युको बाटो रोज्छन। जिन्सिन जिकोले गर्दा ट्रेन रोकिएर घर फर्कन वा काममा जान ढिलो हुनु भएको घटना हजुरहरुसंग पनि थुप्रै होला।
एउटा व्यक्तिले त बुलेट ट्रेन भित्र आफुलाई आगो लगाएर मर्नाले अर्को निर्दोष व्यक्तिपनि निसासिएर मरेको घटना छ। किन जापानजस्तो सुन्दर देशमा यति धेरै आत्महत्याको घटना सुनिन्छ। किन यस्तो विकसित देशमा मानिसहरु यो मृत्युको बाटो रोज्छन। आज हामी यहि प्रश्न केलाउने कोशिस गर्नेछौ।
आत्महत्या जुन सुकै देशमा पनि हुन्छ। मानिसहरु यो धर्तिमा संघर्स गर्छन, कोहिलाई अनेकौ समस्यापर्न जान्छ जसकारण उसले जीवन अन्त्य गर्नु सजिलो ठान्दछ। जापानीमा आत्महत्यालाई जिसाचु भनिन्छ। हामी जति धेरै आत्महत्याको घटना यहा सुन्छौ, डेटा हेर्दा जापान आत्महत्या गर्ने देशहरु मध्य कतिमा पर्ला त ? अंक सुची हेर्ने हो भने जापान आत्महत्या गर्ने देशहरुको टप टेनमा पनि पर्दैन। जापान यो सूचिको २४ औ स्थानमा पर्दछ। १ देखि ५ औ स्थान पर्ने देशहरुमा श्रीलंका, गुनाया, मंगोलिया, काजक्स्थान र सुरिनामे पर्दछन।
धेरै आत्महत्या गर्ने देशको सुची
जापानमा अन्य अपराधिक क्रियाकलाप ज्यादै न्युन सुनिन्छ। त्यसकारण समाचार रिपोर्ट गर्नको लागि आत्महत्याको समाचार धेरै जसोको लागि हट रिपोर्ट बन्दछ। अरु देश हेर्ने हो अनेकौ आपराधिक क्रियाकलापले समाज जकडेको हुनाले ति देशमा हुने आत्महत्याका घटना त्यति महत्वको बिषय बन्दैन। जापानमा भने ठिक उल्टो आत्महत्या नै सबै भन्दा धेरै हुने अपराध भएकाले यसको समाचार थुप्रै सुनी रहिन्छ। मिडियामा जुन कुरा बढि सर्कुलेट हुन्छ त्यो कुरालाई ठूलो रुपमा देखिनु स्वाभाविक पनि हो।
के हजुरले जापानको आतारिमाए (当たり前) संस्कृति सुन्नु भएको छ। अंग्रेजीमा आतारिमाए भनेको “It is obvious” हो। जापानीहरु यो आतारिमाएको कुरा धेरै कुरामा अपनाउछन। उनीहरु ठिक कुरा मात्र गर्छन किनकि त्यो आतारिमाए हो। फोहोर डस्टबिन मा फाल्नु पर्छ किनकि त्यो आतारिमाए हो। लाइन बस्नु आतारिमाए हो। ट्रेनमा फोनमा कुरा नगर्नु आतारिमाए हो। काममा केहि दोष आइपर्यो भने काम छोड्नु आतारिमाए हो।
त्यसैगरि कहिलेकाही जीवनमा केहि ठूलो समस्या आए आत्महत्या आतारिमाए हो। अझ त्यो हजुरको समस्याले अरु व्यक्तिलाई नि समस्या परि रहेको छ भने जीवन अन्त्य गर्नुको विकल्प हुन्न। जापानमा देखिने केहि उदाहरणमा जस्तै कम्पनिको बोसले गल्ति गरेर कम्पनिलाई नराम्रो स्थितिमा पुर्याउदा, रोगि भएर आफ्नो परिवार माथि बोझ बन्दा धेरैले आत्महत्या गरेको पाइन्छ। कोहि जापानीहरु आफ्नो इमान्दारितामा दाग लागेको सहन सक्दैनन्। त्यसैले केहि कुराले उनीहरुको इज्जत वा पोजिसनमा लागेको कालो हटाउन नसकिने रहेछ भने संसारबाट हराउनु उचित ठान्छन।
पुरानो जापानी समाजमा समुराईहरुको आत्महत्या गर्ने एउटा संस्कृति थियो। त्यसलाई सेप्पुकु वा हाराकिरि भनिन्छ। सेप्पुकुको सिधा अर्थ पेट काट्नु हो। सामुराईहरु गल्ति गरेको पुष्टि भएपछी तान्तो ( सानो चक्कु) ले आफ्नो पेट काटेर आत्महत्या गर्दथे। ऊ पछाडी बसेको अर्को सामुराईले चाही तरबारले उसको टाउको छिनाउथे। यो रिति सामुराई बुसिदो (जीवन) को एक पाटो झैँ बनेको थियो। पछि १८७३ मा यो रितिलाई कानुनि रुपमा हटाइयो। अहिले पनि सेप्पुकु संस्कृतिलाई जापानी फिल्म र आनिमेमा देखाइन्छ।
यो पनि जापानीहरुले रोज्ने आत्महत्याको कारण हुन सक्छ। आत्महत्या जापानको इतिहासमा छ। यो उनीहरुको संस्कृतिमा छ।
हजुरहरुलाई जापानको सेन्पाइ र कोहाईको नाता थाह छ होला। स्कुलमा होस् वा काममा आफू भन्दा ठुलालाई सेन्पाई भनिन्छ भने सानालाई कोहाई भनिन्छ। सेन्पाईले कोहाईलाई गर्ने इजिमे (बुल्ली ) जापान को स्कुल देखि कम्पनिहरु देख्न सकिन्छ। इजिमेको कारण थुप्रै हुन सक्छन। यदि हजुर अरु भन्दा अलि फरक हुनु हुन्छ भने इजिमेको शिकार बन्न सक्नु हुनेछ।
यस्ता कुराहरुले मानिसमा मनोबैज्ञानिक असर पर्दछ। अझ बालबालिकाहरुमा यस्तो इजिमेले निकै भयनाक प्रभाब पार्ने देखाउछ। इजीमेमा परेका युवा युवती धेरै जसोको साथी हुदैनन्। उनीहरु संग कोहि घुलमिल हुन मनपराउदैनन। त्यसैले एक्लोपनले उनीहरु यो बाटो रोज्छन। अर्को कारण “खारोसी” भनेको चाहि कामको प्रेसरले आत्महत्या गर्नु हो। जापानमा खारोसीको घटना पनि निकै सुनिन्छ। जापानीहरु ओभरटाईम काम गर्ने हुन्छन। कोहि कोहि यहि कामको स्ट्रेस सहन नसकेर आत्महत्या गर्छन