उन्दोखाईको गान्वारे : जापानको स्कुलमा देखिने “स्पोर्ट्स डे”लाई हेर्दा

  • CULTURE
  • EVENT
  • Nationwide
  • जापानको के.जी., प्राथमिक तह, निम्न माध्यमिक तहमा हरेक बर्षको बसन्त (मे-जुन) वा शिशिर(सेपतेम्बर) मा स्पोर्ट्स फेस्टिभल हुने गर्दछ। यसलाई जापानीमा उन्दोखाई (運動会) भनिन्छ। उन्दोखाई सनिबार वा आइतबार सार्बजनिक बिदामा हुन्छ। यो दिनलाई सफलता पुर्वक सम्पन्न गराउन बिद्यार्थी र शिक्षक शिक्षिका बेजोडले लागि पर्छन। यो सामुदायिक ईभेण्ट भएकोले स्कुल वर्ग हप्तौ लामो तयारि गर्छन।

    यो दिन, बिद्यार्थीका अभिभावकहरु बिहानै उठी बेन्तो(लन्च बक्स) तयार पारी आफ्नो बच्चा संगै स्कुल जान्छन। प्रत्यक बच्चाहरुलाई यो दिनमा एउटा जिम्मेवारी दिईएको हुन्छ। ओउएनदानका (चिअर लिडर) बच्चाहरुलाई ग्रुपमा रंग दिएर छुट्याईएको हुन्छ। इभेन्टमा चाहिने समान, पानीको बोतल, र आफ्नो टिमको हेडब्याण्ड निधारमा, अनि जिमको कपडा लगाएर बच्चाहरु तयार हुन्छन। यो स्पोर्ट्स डे को मुख्य पाटो भनेको :

    टिम वर्क

    474b7d8c329f4d70e6cece6a6538e663_m

    यो इभेन्टमा विद्यार्थीले खेलेर भागलिने भएता पनि अन्य तयारिको लागि अभिभावकहरु पनि उत्तिनै लागि पर्छन। अभिभावक बिशेष गरि बुवाहरुले एक दुइ दिन अगाडी स्कुल गएर स्कुल ग्राउण्डमा टेन्ट लगाउन सहयोग गर्दछन। समुदाय हेरेर कत्रो टेन्ट लगाउने भन्ने अनुमान गरिन्छ। उनीहरु इभेन्ट सकेपछि टेन्ट खोल्न पनि सहयोग गर्दछन।

    66c19942ab4ba346fdb64ccc04cde3732

    आमाहरुले चाहि बिहान सबेरै उठेर आफ्नो बच्चाको लागि एकदम मिहेनत गरेर बेन्तो बनाउछन। त्यो बेन्तोनै ति बच्चाहरुको लागि सबै भन्दा ठूलो पुरस्कार हुन्छ।

    टिम

    6acaf1b2a6fd6fd74899f3b80a5eed9c_m

    विद्यार्थीहरुलाई विभिन्न टिममा राखिएको हुन्छ। उनीहरुलाई चार रंगको कपडा दिईन्छ। यी रातो, निलो, हरियो र पहेलो रंगले नै टिम छुट्याउछ। एउटा ग्रेडमा ४ सेक्सन भए हरेक सेक्सनलाई एउटा एउटा रंगमा राखिन्छ। गाउकसानो स्कुलहरुले बिद्यार्थीहरुको कमीले गर्दा दुईवटा मात्र टिम बनाउन सक्छन। ठाउँ अनुसार अभिभावकहरुले पनि खेलमा भाग लिन सकिने व्यवस्था हुन सक्छ।

    रोचक र रमाइला खेल

    9a4fe064f051feb96ca3c70568b192dd_m

    उन्दोखाई कै मौका पारेर परिवार वा छिमेकीले आफ्नो बालबालिकाहरुको खेल हेर्न पाउछन। खेल, टिमले वा व्यक्ति एकलैले खेल्न पर्ने खालका हुन्छन। टिम ईभेन्टको लागि चिअर गर्ने प्रतियोगिता हुन्छ जसको लागि बिद्यार्थीहरुले हप्तौ तयारि गरेका हुन्छन। सा साना बच्चाहरुको लागि बललाई बास्केटमा फाल्नु पर्ने, ठूलो बललाई गुडाएर एउटा ठाउसम्म लानु पर्ने जस्ता रमाइला र रचनात्मकखेल हुन्छन। त्यसै गरि सबैले मन पराउने डोरी तान्ने खेल (टग अफ वार) पनि हुन्छ।

    4b323f623786f97b12a95d003891ebd9_m

    उन्दोखाईमा हुने अरु खेलहरुमा बोरा कुदाइ (स्याक रेस), रिले रेस, हाइ जम्प जस्ता थुप्रै खेल हुन्छ। सबैको पर्खाइको खेल चाहि कुमिताइस्यो हो। यो एक प्रकारको ग्रुप जिम्न्यास्टिक हो। यसमा भाग लिएकाहरुले जिम्न्यास्टिक गरेर विभिन्न पिरामिड आकार बनाएर देखाउछन। तर कुमिताइस्यो भन्ने खेलमा चाही माथिल्लो ग्रेडका बिद्यार्थीले मात्र भाग लिन्छन।

    त्यो दिनको शब्द

    adab83e35baa23605afea7df1382cc1b_m

    इभेन्टको दिन हरेकको मुखमा झुण्डीएको शब्द हो, “गान्वारे”। ”頑張れ” गान्वारे भनेको गान्बारुको आदेशार्थी शब्द हो। गान्वारुको अर्थ आफ्नो तर्फबाट बेस्ट दिनु हो। टिचर, अभिभावक, साथीहरु सबैको मुखबाट निस्किन्छ गान्वारे, गान्वारे। जसको अर्थ हो सक्दो कोशिस गर, राम्रो गर, तिमि सक्छौ।

    प्रतिस्पर्धामा समानता

    2633ad7977d1e669f1be28935c694d3a_m

    उन्दोखाईको सबैभन्दा राम्रो पाटो भनेको समानुपातिक प्रतिस्पर्धा नै होला। सबै बिद्यार्थीमा “स्पिरिट अफ ईक्वालिटी” हुन्छ। यो ईभेन्टमा सबै बिद्यार्थीले भागलिन र आफ्नो क्षमता देखाउन पाउछन। अरु धेरै देशमा एउटा क्लासको बेस्ट बेस्टले मात्र भाग लिने अनि अन्त्यमा ति बेस्टहरु बीच प्रतिस्पर्धा गराएर विजेता छानिने हुन्छ। जापानमा भने त्यस्तो हुदैन। उन्दोखाईको अर्थ भनेको बिजेता छान्नु भन्दा पनि टिचर, बिद्यार्थी र अभिभावक बिच आपसी सद्भाव बढाउनु हो।

    जापानको उन्दोखाईम कुनै बिद्यार्थी छुट्दैनन। सबैको कडा परिश्रम, पसिना, टिम वर्क, समानता अनि खुसियालीले उन्दोखाईलाई जापानी बिद्यार्थी जीवनको अविस्मरणीय ईभेन्ट मानिन्छ।