जापानमा घुम्नै पर्ने ५ सुन्दर मन्दिर

  • TRAVEL
  • नेपाल जस्तै जापानमा पनि हजारौ मन्दिरहरु छरिएका छन्। सबै मन्दिर घुम्ने हो भने बर्सौ लाग्छ। हजुर यदि जापानमै बस्नु हुन्छ भने त बिस्तारै घुम्न मिल्ने हुदा थुप्रै मन्दिरहरु जान सक्नु हुन्छ। तर यदि हजुर जापान पर्यटक बनेर आउनु भएको छ भने केहि दिनको बसाईमा छुटाउनु नहुने सुन्दर ५ मन्दिरहरुको जानकारी गराउने छौ। कुन कुन हुन् ति मन्दिर ?

    १. कुमानो नाची टाईश्या


    यो मन्दिर क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा ओअनि रहेको छ। यो मन्दिर किल हिम शृंखलामा पर्ने ४ तिर्थ मार्ग मध्य एक हो। यो जापानको पवित्र कुमानो सान्जान मन्दिरहरु मध्य पनि एक हो। आज कुमानो नाची टाईश्या जापानमा सबै भन्दा धेरै भ्रमण गरिने मन्दिरमा पर्दछ। यो मन्दिर को ठिक पछाडी पट्टि ठूलो झरना छ जसले यो मन्दिरमा थप प्रकिर्तिक सुन्दरता थप्दछ।

    यो मन्दिर किकाचुउरा वा नाची स्टेसन दुवै बाट बसमा जना सकिन्छ। राउण्ड ट्रीप टिकेटको १००० यन पर्दछ। बस ४५-४५ मिनेटको ग्यापमा छुट्छ।

    Kumano Nachi Taisha*Japanese Only
    Access

    २. फुशिमी इनारी


    यो मन्दिर जापानमा मात्र नभएर पुरा विश्वमै पशिद्ध छ। क्योतो घुम्न आउने कसैले पनि यो मन्दिर छुटाउनु हुदैन। यो मन्दिरको गेटनै गेटले बनेको ४ किमिको बाटो छ। यो पहाडी बाटोमा हाइकगर्दा देखिने प्राकृतिक सुन्दरताले जो कोहिलाई मन्त्रमुग्ध बनाउदछ। तल फेदीमा मानिसको भिड हुने भएता पनि माथि चढ्दै गएछि भिड पातलिदै जान्छ। बाटो लामो भएपनि नारोकिनुहोस। सबै भन्दा माथि अग्लो पोइन्टबाट देखिने दृश्य हजुरले जीवनभर बिर्सनु हुने छैन।

    फुशिमी इनारी JR इनारी स्टेसन नजिक छ। JR नारा लाइनको ट्रेन चढ्नेहो भने क्योतो स्टेसन पछि को स्टेसन हो। वान वे १४० यन पर्दछ।

    Fushimi Inari*Japanese Only
    Access

    ३. तोशोगु मन्दिर

    तोसोगु मन्दिर निक्कोमा पर्दछ। यो १९१६मा एदो युगमा बनेको मन्दिर हो। यो पुरा मन्दिर क्षेत्रमा १ दर्जनभन्दा बढी बिल्डिंग छन्। यी सबै मन्दिर सुन्दर बुट्टाहरु कुदिएको छ। त्यसै गरि सुनौलो पातको बुट्टाले थप सुन्दरत भर्दछ। एउटा सुझाब है, यो मन्दिर चाहि बिहान सबेरै जानुहोस किनकि दिउसो टुरिस्ट बसले थुप्रो मानिस घुमाउन लिएर आउनेहुदा धेरै भिड हुन्छ।
    यी मन्दिरहरु तोबू वा JR निक्को स्टेसनबाट ३०-४० मिनेट हिडाईको दुरीमा छन्। हिड्न नचाहनेको लागि बस पनि पाइन्छ। बसले १० मिनेट लगाउछ। टिकेट चाहि ३१० यन वान वे पर्दछ। ५०० यनमा पुरा एक दिनको पास पाइन्छ।

    Toshogu Shrine
    Access

    ४. गोल्डेन पाभीलिओन मन्दिर


    यो क्योतोको अर्को घुम्नै पर्ने मन्दिर हो। यसलाई किन्काकुजी पनि भनिन्छ। यो मन्दिर सबै भन्दा राम्रो हिउदमा देखिन्छ। त्यो बेला हिउले यो सुनौलो मन्दिरको सुन्दरता बाहेक सबै कुरा ढाकेको हुन्छ। यो मन्दिर ठूलो तालको छेउमा भएकोले एउटा छुट्टै शान्ती यहा भेटिन्छ।

    यो मन्दिर क्योतो स्टेसनबाट १०१ वा २०५ नम्बरको क्योतो सिटि बस चढी ४० मिनेटमा पुग्न सकिन्छ। यो बस टिकेटको २३० यन पर्दछ। अर्को भरपर्दो र छिटो बाटो चाहि कारासुमा सबवे चढी किताओजि स्टेसन(१५ मिनेट/२६० यन) पुगी त्यहाबाट बस(१०१,१०२,२०४,२०५ नम्बर /१० मिनेट/२३० यन ) चढेर किन्काकुजी पुग्न सकिन्छ।

    Kinkakuji*Japanese Only
    Access

    ५. खोतोकुइन मन्दिर

    यो मन्दिरको ग्राउण्डमा एउटा बुद्धको मुर्ति छ। यी द ग्रेट बुद्ध ओफ कामाकुरा हुन्। यो बुद्धको मुर्ति १२४३मा काठको बनाईएको थियो। तर १२४८मा ठूलो आंधीले यो मुर्ति ढले पछि १२५२मा पित्तलको मुर्ति बनाइयो। पित्तलको मुर्ति एक इनादा नाम गरेकि स्त्री र जोको नाम गरेका पुजारीले पैसा उठाएर बनाएका थिए।
    यो बुद्धको मुर्ति हासे स्टेसनबाट ५-१० मिनेट हिडाईको दुरीमा रहेको छ।

    Kotokuin Temple
    Access