के होला यो जापानको खतरनाक जनावर

  • HEALTH and BEAUTY
  • LIVE and WORK
  • TRAVEL
  • गर्मि मौसम आए संगै जापानमा एउटा खतरनाक जनावर धेरै ठाउँमा भेटिन सकिन्छ। हामी यहाँ होक्काईदोको बदेल वा ओकिनावाको डरलाग्दो जेलिफिस को कुरा गर्दै छैनौ। हामीले यहाँ भनेरहेको प्राणी बिल्कुलै फरक र हजुरको सोचको बाहिर छ। यो जनावरले जापानमा सबै भन्दा बढी मानिस घाइते बनाउछ। यो प्राणीको नाम हो जापानी जाईण्ट होर्नेट। यो एक प्रकारको भमरा जस्तै किरा हो। यो किरा जापानमा मात्रै हुन्छ। जापानी जाईण्ट होर्नेट अरु भमरा भन्दा निकै ठूलो आकारको हुन्छ। यसलाई जापानीमा ओसुजुमेबाची (オオスズメバチ)भनिन्छ। यो लगभग मानिसको बुढी औला जत्रै हुन्छ।

    किन यसलाई खतरनाक मानिन्छ

    यो किरा ४ कम हुन्छ। यसको डंक ६.२३मम को हुन्छ। तेती लामो डंकले टोक्दा दुख्ने त भयो नै। त्यो भन्दा बढी दुखाइ केही डंकमा हुने बिषले गर्दा हुन्छ। यो हर्नेटको बिष निकै शक्तिशालि हुन्छ। यसले सिधै मानिसको नर्भस सिस्टममा बाधा पुर्याउछ। त्यसै गरि टिस्युमा पनि नराम्रो असर पुर्याउछ। तमागावा युनिभर्सिटिका किरा विशेषज्ञले यसको टोकाईको पिडा तातो किला आफ्नो खुट्टामा रोपिएको जस्तो हुने बताएका थिए।

    यी किरा निकै आक्रामक हुन्छन। एउटाको टोकाईले त धेरै दुख्ने हुदा, थुप्रैले टोके मानिसको ज्यान नै जना सक्छ। यी किराले टोकेका धेरै मानिसलाई अस्पताल लगिन्छ। जापानमा मात्र किराको टोकाईबाट वर्षेनी ३० देखि ४० मानिस मर्छन। यसको टोकाईबाट मृत्यु हुनुको कारण एलर्जी रियाक्सनले गर्दा मानिसको ज्यानमा पैदा हुने आनाफाईल्याक्टिक सक हो। पहिले नि यसको टोकाईमा परेका मानिसलाई दोस्रो हमलामा यसको सक को च्यांस बढ्ने पाईन्छ।

    कहाँ हुन्छन त यी किरा

    जापानी जाईण्ट होर्नेट रुख, घरको टप वा छतमा गुड बनाउछन। केहि भने रुखको जरामा पनि आफ्नो गुड बनाउछन। यी किराहरु सहरमा भन्दा गाउमा बढी भेटिन्छ। त्यसैले जापानको गाऊ तिर हाईक गर्न जादा बिशेस साबधानी अपनाउनु पर्दछ। जाडो मौसममा भन्दा यो गर्मि मौसममा धेरै सक्रिय हुन्छ। अनि यो किरा आफ्नो प्रजनन समय (सेम्टेम्बर देखि अक्टोबर) मा बढी आक्रामक हुने गर्छन।

    जम्काभेटमा के गर्ने ?

    यदि हजुर केहि गरि यी किराको आगाडी पुग्नु भयो भने सर्वप्रथम त नआतिनु होस्। यदि तपाई भाग्नु भयो भने यी किराले झुण्डमा हमला गर्न थाल्छन। यी किरा निकै चाडो उड्ने भएकोले हजुर भग्न भ्याउनु हुने छैन। अर्को कुरा यी किरा चाडै आक्रामक हुने भएकोले हातले वा अरुकेही बस्तुले नचलाउनु होला। सबै भन्दा उत्तम केहि नगरी चुपो लागेर बस्नु हो। नहल्ली बस्नाले ति किरा आफ्नो बाटो लाग्छन अनि हजुर आफ्नो बाटो लाग्नु होस्।

    आफुले लगाउने कपडामा पनि ध्यान पुर्याउनु पर्छ। यी किरा कालो रंग देखेपछि उत्तेजित हुने भएको ले, हाईकिङ्ग जादा कालो रंगको कपडा नलगाउनु उचित रहन्छ।

    टोकेपछि के गर्ने

    पर्यटकले वा जापानमै बस्नेले पनि यो किराले टोकेपछि के गर्ने भन्ने कुरा थाह पाउन जरुरि छ। यो किराले तोकी हालेपनि यसको डंक औला वा ट्विजरले तान्ने कोशिस नगर्नुस। त्यसो गर्दा हजुरले डंकमा भएको बिष निचोर्नु हुनेछ जस्के गर्दा पिडा झन् बढ्दछ। नङले डंक कोतारेरा हटाउनु होस्।

    अनि टोकेको ठाउमा चिसोपानि वा आईस प्याक लगाउनु होस्। आफ्नो शरीरमा एलर्जी सुरु भएको छ वा छैन होस् पुर्याउनुहोस्। एलर्जी देखिएमा सके सम्म चाडो अस्पताल जानु बेस हुन्छ।