क्रेमिया: जापानमा खानै पर्ने यो लोकप्रिय सफ्ट आइसक्रिम

  • FOOD
  • tokyo
  • आइसक्रिम नरुचाउने मानिस यो संसारमा कमनै होलान। यो माथि आइसक्रिममा पाइने अनेकौ भेराइटि, अनेकै चोइस। यसले पनि आइसक्रिमको फ्यान धेरै हुन्छन। जापानमा पनि आइसक्रिम निकै पपुलर डेजर्ट हो। यहाँ आईस्क्रिम जता सुकै पाईन्छ। अनि फ्लेबरको कुरा त के गर्नु, जापानीहरु एक्स्पेरिमेंट मन पराउछन। यहाँ हजुरले वेसटर्न फ्लेबर जस्तै भनिला, चकलेट, स्ट्रबेरी, प्रलिन संग सगै अथेण्टिक जापानी फ्लेबर माच्या, ओच्या, आरु जस्ता युनिक स्वाद पाउनु हुनेछ। एकचोटी खाएर हेर्नुहोस सुन्दा अनौठो लागेपनि यी फ्लेबर निकै मिठो हुने गर्छन।

    हजुरहरुले अहिले अनेकौ सपिङ्ग मल र स्टोरमा राखिएको हेर्दा नि राम्रो देखिने र खादा निकै मिठो हुने क्रेमिया आइसक्रिम देख्नु भएको होला। के हो त यो अतिनै मिठो क्रेमिया आईसक्रिम। हो आज हामी हजुरलाई यहि स्वादिलो क्रेमिया आइसक्रिमको ’boutमा र कहाँ खान पाइन्छ भन्ने कुरा बताउनेछौ।

    के हो त क्रेमिया

    क्रेमिया एक किसिमको सफ्ट सर्भ आईसक्रिम हो। यो आईस क्रिम जापानमा केहि वर्षा यता निकै ट्रेन्डमा छ। यो आईसक्रिम बनाउनु पछिको मुख्य आईडिया भनेको फ्रेश, मिठो र जहाँ पनि पाउनु हो। यो आईसक्रिम निस्सेइले बजारमा लिएर आएको हो। उनिहरु मानिसले राम्रो क्वालिटीको आइसक्रिम सस्तो मूल्यमा पाएको हर्न चाहन्थे। उनीहरुले क्रेमियाको मार्फत आफ्नो लक्ष पुरा पनि गरे। यो आईसक्रिम जापानको थुप्रै स्टोरमा पाईन्छ। तर यो आईसक्रिमको राम्रो अनुभब लिने ठाउ भेन शिबुयामा रहेको सिल्क्रिम क्याफे हो। यो पसल नै क्रेमियाको ओरिजिनल पसल पनि हो।

    आइसक्रिम

    जापानमा पाइने धेरै जसो सफ्ट सर्भ आईसक्रिम ८% मिल्क फ्याटबाट बन्ने गरको हुन्छ। अरु चाहि सिरप, चिनी, फिलर, फ्लेबरको मिश्रण हुन्छ। तर क्रेमिया आइसक्रिममा १२.५% मिल्क फ्याट हुन्छ। फ्याट बढी हुने भएकोले निकै क्रिमि टेक्स्चर आउछ। प्रयोग गरिने दुध पनि होकाईदोको उच्च गुणस्तरको गाईबाट आउछ। होकाईदो फ्रेस र गुणस्तरीय डेरी प्रोडक्टको लागि प्रशिद्ध छ। क्रेमियामा २५% फ्रेस व्हिप क्रिम हुन्छ। यसले यो आइसक्रिम निकै गाढा स्वाद दिन्छ। फ्याट बढी भएकोले यो पक्कै स्वस्थकर खानेकुरा होइन तर आईसक्रिम नै खानु छ भने म यही आइसक्रिम रेकमेण्ड गर्छु।

    आइसक्रिमको कोन


    रेगुलर आइसक्रिम र क्रेमिया आइसक्रिम को बीचमा पाइने अर्को मुख्य भिन्नता भनेको प्रयोग गरिने कोनको क्वालिटी हो। मेरो लागि कोनपनि आइसक्रिम जतिनै महत्व पूर्ण हुन्छ। आइसक्रिम चुहिने चाडो गल्ने खालको कोन कसैलाई मन पर्दैन। जापानमा पाईने रेगुलर आइसक्रिमहरुको कोन वेफ़रबाट बनेको हुन्छ। यो कोन सस्तो त हुन्छ तर आईसक्रिम राम्रो संग होल्ड गर्दैन झन् गर्मीको दिनमा त कोनबाट आइसक्रिम चुहिन थाल्छ।

    क्रेमियाको कोन पातलो र क्रिस्पी कुक्कीबाट बनेको हुन्छ। यो कोनलाई लांग दे चात भनिन्छ। यस्तो कोंको प्रयोग जापानमा यो भन्दा अगाडी भएको थिएन। यो कोन मात्र पनि निकै मिठो हुन्छ। यो बेक गरेर बनाइएको हुन्छ। यसले क्रिमियालाई अझ मिठो बनाउछ।

    सिल्क्रिम क्याफेको क्रिमिया

    सिल्क्रिम क्याफे शिबुयामा रहेको निकै आकर्षक क्याफे हो। यो क्रेमिया पाइने ओरिजिनल क्याफे पनि हो। अहिले क्रेमिया पपुलर भएकोले जता पनि पाइन्छ। तर ट्रु एक्स्पिरिएन्सको लागि भने पक्कै पनि यो क्याफे जानु पर्दछ। यो क्याफेको डेजाईन स्कानडिनाभियन आर्किटेक्चर संग मिल्दछ। यसले निकै वर्क, रेलाक्सिंग र फ्री खालको वातावरण सिर्जना गर्दछ।

    साथीहरु संग यहाँ जानु पर्ने हामी सल्लाह दिन्छौ। यहा लिविंग रुम, डाइनिङ्ग रुम र तेरेस भएकोले घरको वातावरण पाईन्छ। यहाँ क्रेमिया आइसक्रिम संगसगै अरु थुप्रै खानेकुरा पनि पाईन्छ। हजुरले यहाँ थुप्रै किसिमको डेजर्ट तराई गर्न सक्नु हुनेछ।