के जापान, सानो बच्चा संग आउदै हुनुहुन्छ ? जापानमा सजिलै किन्न सकिने तिन बेबी प्रोडक्ट ?

  • Shopping
  • TRAVEL
  • बच्चा जन्मिएपछि अभिभावकहरुको माझमा थुप्रै कर्तब्य हरु थपिन्छ। उनीहरुको हेरविचार देखि सानो सानो कुराले गर्दा अभिभावकहरु निकै व्यस्त हुन्छन। खासगरी सानो बच्चा लिएर घुम्न जान निकै गाह्रो काम हो। अझ सुरु चोटी प्यारेन्ट भएकाहरुको लागि यो समस्या निकै ठूलो हुन्छ। यसको अर्थ यो होइन कि अभिभावक भएपछी घुम्न जाननै बन्द गर्नुहोस्। पक्कै पनि बच्चा संगै लिएर जादा पनि हजुरहरुले निकै रोचक अनुभब बटुल्न सक्नु हुनेछ। बच्चा लिएर विदेश घुम्न जादा प्याक गर्नु पर्ने समानले निकै सताउछ। तर यदि हजुर त्यसरी जापान घुम्न आउदै हुनु हुन्छ भने थुप्रै समान लिएर आउने झन्झट हुदैन। जापानमा हजुरले बेबीको लागी चाहिने प्रोडक्ट सजिलै लिन सक्नु हुनेछ। आज हामी यो लेखमा हजुरले जापानको स्टोरमा सजिलै लिन सकिने ३ ह्याण्डी बेबी प्रोडक्टको ’boutमा बताउनेछौ।

    १. नेचुसामा सितो (ज्वरोको पनि पट्टि )

    View this post on Instagram

    . . 娘ちゃん風邪を引いてしまいました😭、 . 地震の影響で毎日スーパーに行ったり 慣れないお家にお泊まりしたりバタバタしてて 疲れが溜まってたのかな〜?( ´•ω•`) . 昨日は病院に行って薬もらったので 熱も下がってとっても元気🙋‍♀️💓 . #赤ちゃん #赤ちゃんのいる生活 #女の子 #女の子ママ #生後3ヶ月 #0歳 #5月生まれ #第一子 #完ミ #育児記録 #親バカ部 #新米ママ #良く寝る子 #ご機嫌 #毎日のんびり#ベビスタグラム #子育て #初めての熱 #赤ちゃん用 #熱さまシート #病院行って #すっかり元気 #一安心

    ichika.さん(@ichika1910)がシェアした投稿 –

    कूलिंग जेल भएको यो कागज जस्तो सिट बच्चाहरुको लागि निकै लाभदायिक हुन्छ। यी सिट बच्चाको ज्वरो हल्का गर्न र उनीहरुको बडीको तापक्रम कम गर्न प्रयोग गरिन्छ। बयस्कहरुको तुलनामा बच्चाहरुको कूलिंग सिट सानो साइजको हुन्छ। यो बच्चाहरुको निधारमा ठिक्क हुने हुन्छ अनि एउटा सिट घन्टौ टिक्छ। बच्चाहरु अलि सेन्सेटिभ हुने भएकोले उनीहरुको कूलिंग सिट सेतो रंगको र कुनै बास्ना नभएको हुन्छ। यो निधारमा मज्जा संग टासिने हुनाले झन्झटिलो पनि हुदैन।

    २. हाजिमेतेनो मास्क (初めてのマスク)

    View this post on Instagram

    息子くん、マスク始めました🙌 今週はみんなで風邪week。 一昨日は息子夜中も💩止まらず朝から病院へ。 嘔吐ないし元気だからウイルスではなさそう、整腸剤で様子見ましょう。と診断。 最近いろんなモノを口に入れたり、お手てを舐めるからなー😥 ばぁばも体調悪かったけど、 パパ→じぃじ→私へと…。 1人ひとり症状が微妙に違う💦 みなさんも風邪にはご注意を❗ #5m10d #生後5ヶ月 #生後163日 #男の子baby #男の子ママ #埼玉ママ #マスクはじめました #pigeon #ピジョン #はじめてのマスク #意外と嫌がらない #👌 #習慣づけよう #まつ毛ながいな #羨ましい

    Yukaさん(@yukapooon0230)がシェアした投稿 –

    जापानीहरु धेरैले मास्क लगाउनुको प्रमुख कारण आफु बिरामी भएर हो। उनीहरु आफ्नो रोगको किटाणु अरुलाई नसरोस भन्ने कुरा चाहन्छन र यो कुरामा निकै समवेदनशील हुन्छन। यति सम्मकि जापानमा बच्चाहरुको लागि पनि स्पेसल मास्क बन्ने गरेको छ। यो मास्कलाई हाजिमेतेनो मास्क भनिन्छ। हाजिमेते भनेको जापानीमा पहिलो चोटी हो। यो मास्क १८ महिना पुगेका शिशुहरुले लगाउन मिल्छ। यसको साईज शिशुको लागि ठिक्क हुने गरि बनाइएकोले लाउन सजिलो हुन्छ। हाईजिनको कारणले गर्दा बच्चाहरुको यो मास्क वान टाइम युज मात्र हो। यो मास्कमा भेन्टिलेसन पनि बच्चाहरुको लागि ख्याल गरेर बनाइएको हुन्छ। त्यसैले बच्चाहरुलाई यो सासफेर्न असहज हुदैन। यसको कानमा अड्काउने रबर पनि निकै नरम हुन्छ।

    ३. मेइजि होहोएमि राकु-राकु क्युब (明治ほほえみらくらくキューブ)

    View this post on Instagram

    簡単!計量要らずでミルクが作れる(^^)キューブタイプで、粉じゃないからこぼさずささっと作れるのもイイ!!育児や家事に追われている忙しいママなら「可能なら少しでもラクしたい」という気持ちは少なからずあるはず。個包装だから保存しやすいし、外出先に携帯するのにも便利♡しかも、粉ミルクだとスプーン何杯入れたか分からなくなって不安になることもあるけど、これならキューブ1つで40ml分作れるから、何個入れたかとても分かりやすい♡もちろん、添加物は一切入ってません!我が家のbabyちゃんは、ごくごく飲んでくれています。 . ————————————- 明治ほほえみらくらくキューブ ————————————- . . #明治ほほえみらくらくキューブ #粉ミルク#赤ちゃん #親バカ部 #ママさんと繋がりたい #こどものいる暮らし#スマイル育児 #PR #明治 #授乳 #ミルクタイム #baby #男の子ママ #男の子baby #新米ママ

    たけまいさん(@takemai818)がシェアした投稿 –

    यदि हजुरले लीएर आउनु भएको बेबी इन्स्ट्याण्ट मिल्क वा बेबी फोर्मुला सकियो भने पिर नगर्नुहोस। जापानमा धेरै थरिको बेबी फोर्मुला पाइन्छन। अनि यो देशमा खानेकुरा विशेष ध्यान दिएर बनाईने हुनाले, कुनै डर पनि हुदैन। थुप्रै ब्रान्डका बेबी फोर्मुला मध्य यो मेइजि कम्पनिको होहोएमि राकु-राकु क्युब निकै सजिलो छ। यो विस्वको पहिलो र एकमात्र ट्याब्लेट स्वरुप को बेबी मिल्क हो। यो २००८ बाट सुरु गरिएको हो। यो ट्याब्लेट पहिलेनै मेजर गरिएको हुन्छ। मिल्क बोतलमा हाली पनि हालेर सजिलै घोलेर खुवाउन मिल्छ। त्यसैले पाउडर जसरि तौल गरि राख्न जरुरि हुदैन।

    यो प्रोडक्ट जापानमा निकै हिट भएको छ। यो प्रोडक्ट बिना कुनै एडेटिभ मोल्डिङ्ग, ह्युमिडिफ़ाईङ्ग, ड्राईङ्ग, कम्प्रेसिंग जस्ता बिधि प्रयोग गरेर बनाइएको हुन्छ। यस्तो ट्याब्लेट बनाउने मेइजि, एक मात्र कम्पनि हो। उसले यो ट्याब्लेट बनाउने तरिका प्याटेन्ट पनि गरेको छ। यो प्रोडक्टले मेइजिलाई जापानको नम्बर १ बेबी फोर्मुला बनाउने कम्पनिमा उचालेको थियो।

    Meiji Hohoemi Raku-Raku Cube Website

    बच्चाहरु लिएर ट्राभल गर्न पक्कै पनि असहज कुरा हो। तर यदि आफु जाने ठाउँको ’boutमा थोरै मात्र ज्ञान राख्नु भएमा धेरै कुरा सहज हुन्छ। बच्चा लिएर जापान आउदा सुटकेस भरेर बेबी प्रडक्ट ल्याउनु पर्दैन। यहाँको स्टोरमा सजिलै बेबी प्रोडक्ट किन्न सकिन्छ। हजुरको शिशुले एकै चोटी जापानी खानामा बानि नपर्ने हुदा बेबी फुड चाहि घर बाटै लिएर आउदा राम्रो हुन्छ।