जापानी ट्याटु : इरेजुमीको अर्थ अनि जापानको केहि लोकप्रिय ट्याटु डिजाईन

  • CULTURE
  • के हजुरले आफ्नो जिउमा ट्याटु बनाउनु भएको छ। यदि छैन भने पक्कै पनि एउटा बनाउ भन्ने सोच मनमा आएको होला। धेरै मानिसको जिउमा हुने ट्याटुले उनिहरुको जीवनमा घटेको महत्व पूर्ण घटना, व्यक्ति वा बस्तुलाई जनाउने हुन्छ। ठाउँ अनुसार ट्याटुको महत्व पनि फरक फरक हुन्छ। विस्वको अनेकौ जनजाति समुदायमा ट्याटुले त्यो समुदायको धर्म र संस्कृतिलाई समेटेको हुन्छ। अहिलेको पश्चिमी समाजमा भने ट्याटु फेसन र सौन्दर्यको लागि बनाइने थुप्रैको भनाइ छ। जापानमा भने ट्याटुहरुले अनेकौ कुराको चित्रण गर्दछ।

    यदि हजुर जापानको ओन्सेन जानु भएको छ भने त्यहाँ ट्याटु देखाउन मनाही हुन्छ। गर्मि महिनामा पनि मानिसहरु पार्कमा निस्किदा आफ्नो ट्याटु छोप्ने गर्दछन। जापानमा सार्वजनिक स्थलमा ट्याटु देखेर मानिसहरु हिद्दैनन। यस पछाडीको कारण चाहि ट्याटुलाई याकुज़ा संग जोड्नु हो। जापानका माफिया मानिने याकुजाहरु आफ्नो शरीरमा ट्याटु रंगाउने गर्दछन।

    पहिले पहिले जापानमा ट्याटुले त्यो मानिसको सामाजिक स्ट्याटस देखाउथ्यो। ट्याटुलाई आध्यात्मिक प्रतीक मानिन्थ्यो। यो बुद्ध धर्ममा पनि देखिन्छ । कालान्तरमा यो जिउ खोप्ने कलाले अपराधको परिचय लिन थाल्यो। यहि अपराधसंग को संलग्नताले गर्दा याकुजाहरुले ट्याटु बनाउने मानिन्छ। अपराध संग जोडिएपनि जापानी ट्याटु कलालाई बिदेशीहरु निकै उत्कृष्ठ मान्दछन। यो जापानी कारिगरी देखेर जो कोहि पनि मोहित हुन्छन। जापानी ट्याटुमा प्रयोग गरिने चित्र र प्रतिकको विशेष अर्थ हुने गर्दछ| यदि हजुर पनि जापानी स्ताईलको ट्याटु बनाउने सोच्दै हुनु हुन्छ भने, यी चित्र र प्रतिखारुको अर्थ थाहा पाई राख्नु राम्रो हुन्छ। जापानमा प्रयोग हुने ५ ट्याटु प्रतिकहरु तल दिइएका छन्।

    १. द जापानीज ड्रागन

    ड्रागनहरु जापानी र चिनी संस्कृतिको सदिऔ सम्म अभिन्न अंग रहेको छ। जापानी ड्रागन धेरै जसो पानी संग सम्बन्धित हुन्छ। केहि ड्रागन बुद्धको मन्दिर संग सम्बन्धित हुन्छन। त्यसैले बुद्धको मन्दिरमा ड्रागनको आकृति कुदिएको पनि थुप्रै भेटिन्छ। पश्चिमी मुलुकमा ड्रागनले सम्पति, शक्ति र आक्रामक प्रकृति जनाउछ। कथाहरुमा कहिले दैत्य व्यवहार जनाउने द्रागंले कहिले उदार स्वभाब र मानवताको निम्ती लागि पर्ने देखाउछ। ड्रागनले बुद्धि र विवेक पनि जनाउछ।

    २. द टाईगर

    टाईगरलाई जापानीमा तोरा भनिन्छ। खासमा भन्नु पर्दा ट्याटुमा टाईगर चिनी संस्कृतिबाट अपनाईएको हो। बाघ जस्तै यो प्रतीकले बल, साहस र लामो आयु जनाउछ। यसले दुष्ट आत्मा र दुर्भाग्यबाट जोगाउने मान्यता छ। त्यसैगरी शरीरमा तोराको प्रतीकले रोग ब्याधबाट पनि जोगाउने भनिन्छ।

    यहि कारणले धेरै जापानी ट्याटुकलामा टाईगरको चित्रण गरिएको देखिन्छ। बाघको ट्याटु बनाएमा दिर्घायु हुने र काम गर्न साहस मिल्ने जनाइन्छ।

    ३. छाल र पानी

    View this post on Instagram

    Waves for Rachel, from her request, thanks a lot! Done at @outlawz.tattoo ,🇨🇭 BERN, thanks again to everyone at the studio for your lovely hospitality, I'll be back between 6-11 May!!! Nexts guest-spots: 🇩🇪 HAMBURG 28-30 March, @traphouse_tattoos_hamburg 🇩🇪 LEIPZIG 17-20 April, @studio_394 🇩🇪 KÖLLN 25-27 April, @traphouse_tattoos_cologne 🇨🇭 BERN 6-11 May, @outlawz.tattoo #berntattoo #swisstattoo #berlintattoo #berlintattooer #berliner #berlintattooartist #hamburgtattoo #leipzigtattoo #kölntattoo #blinework #graphictattoo #contemporarytattooing #alternativetattoo #illustrationtattoo #inkdesign #inkstagram #inkspiration #wavestattoo #ladytattooers #guestartist #blxckink #enmanierenoire #pics_of_inked_ #blackworkartists #blacktattoomag #blackart #vladbladirons #tattoolookbook #tatuage

    Tana Torrさん(@tana_torr_tattoo)がシェアした投稿 –

    जापानी ट्याटुमा छाल र पानीको चित्रणपनि उत्तिकै देख्न सकिन्छ। छाल त जहाँ जापानी चित्र कलाको अतुल्य प्रतिक हो। चाहे सानो खोलाको छाल होस् वा ठूलो सुनामी, यसको चित्रण जापानी कलामा अपरिहार्य छ। पानी र छाललाई कोई माछा, ड्रागन र राक्षस (ओनि) संग मिलाएर लोभलाग्दो कला दिइन्छ। पानीलाई जापानी संस्कृतिमा ठूलो शक्तिको रुपमा लिईन्छ। यो शालीन पनि हुने र बिकराल रुप पनि लिन सक्ने हुनाले पानीको महत्व जापानी कलामा बिशाल छ। त्यसै गरि पानी जीवन र संसारको लागि नभई नहुने भएकोले ट्याटू कलामा पनि यो लोकप्रिय भएको हो।

    ४. कोइ माछा

    कोइ एक प्रकार को कार्प माछा हो। जापानमा यो माछालाई निकै माया र सद्भावले हेरिन्छ। कोइ माछालाई मन्दिरको पोखरी, खोलामा राखिन्छ। त्यसैगरी पुरानो मन्दिर, कृतिहरुमा यो माछाको चित्रण गरिन्छ। कोइ माछाले पुरुषत्व गुण जस्तै साहस र बल जनाउने मानिन्छ। चीनमा कोइ माछाहरुले एल्लो रिभर उल्टो तर्न खोजेको र केहि मात्र सफल भएको, ति सफल माछाहरु ड्रागनमा परिणत भएको दैत्य कथा छ। यदि हजुर पोकिमोनको फ्यान हुनुहुन्छ भने , पक्कै पनि मागीकार्प पछि बलियो ड्रागनमा परिणत हुने देख्नु भएको होला। यो येही कथाबाट लिईएको हो।

    ५. साकुरा

    A post shared by Irezumi Study (@irezumistudy) on

    साकुरा जति नै सुन्दर हुन्छ त्यति नै चाडो झरेर जान्छ। जापानीहरु साकुराको फूललाई मानिसको जीवनसंग दाजछन्। जसरि साकुरा फूल ओइलाएर झर्छ, मानिसको चोलापनि एउटा समय पछि ओइलाएर जान्छ। त्यसैगरी साकुराले माया, ममता, सुन्दरता र अन्तिममा झरेर सकिनुलाई चित्रण गर्छ। यहि अर्थले जापानी ट्याटुमा साकुराको फूलको चित्रण गरिन्छ। मानिसको जीवन जति नै सुन्दर र बिशाल भएता पनि अन्तिममा मरेर जानु नै सत्य हो। यहि हो यो साकुरा प्रतिकको अर्थ।

    आशा गर्छु हजुरले जापानको ट्याटु कलामा प्रयोग हुने चित्रहरुमा लुकेको अर्थ बुझ्नुभयो होला। ट्याटुलाई अपराधिक क्रियाकलापसंग जोडिएता पनि यो जापानको थुप्रै कला मध्य एक सुन्दर कलाहो र यसमा जापानको संस्कृति लुकेको छ।