टोकियोका यी साना तर राम्रा ६ कफी सप

  • FOOD
  • Restaurant
  • जापानीहरु कफी निकै मन पराउछन। यहाँको कफी सपमा हजुरले अफिसमा कामगर्ने, बिद्यार्थी र बिदेशीहरु सबैको मिश्रण देख्नु हुनेछ। जापानका केहि ठुला कफी चेन सपहरुमा स्टारबक्स, डुतोरु, तारिजु, एक्सेलसर, क्याफे बेरोचीहरु पर्दछन। यिनी हरुको स्टोर हजुरले जहाँ त्यहि देख्न सक्नु हुनेछ। ट्रेन स्टेसन देखि लिएर सानो गल्लि सम्म यी स्टोरहरु छरिएका हुन्छन। यी कफी सपहरुले पढ्ने, सानो बिजनेस मिटिङ्ग गर्ने वा तेतिकै आफ्नो टाईम कफीको चुस्कीमा बिताउन रमाउनेहरुको लागि राम्रो ठाउ दिएको छ भन्दा फरक पर्दैन। तर हामी आज यी ठूला सपको नभई टोकियोको सानो इण्डिपेनडेण्ट कफी सप्को चर्छा गर्नेछौ। यी साना कफी सपको साननै छुट्टै हुन्छ। अनि अर्को कुरा, जति आर्टिस्टिक यिनीहरुको पसल हुन्छ त्यतिनै मिठो कफी। छिर्ने बित्तिकै कफी रोस्टको मिठो बास्ना। आज यो लेख मार्फत हजुरहरुलाई टोकियो को ६ त्यस्ता मन नै लोभ्याउने कफी सप को ’boutमा सुनाउने छु।

    १. ग्लिच कफी एण्ड रोस्टर्स – जिम्बोचो

    यो कफी सप जिम्बोचो मा पर्दछ। जिम्बोचो बुक स्टोरहरुको लागि निकै प्रसिद्ध छ। यो कफी सप २०१५म सुरु भएको हो। कम समयमा नै यसले आफ्नो राम्रो फ्यान फलोइंग बनाएको छ। यति कि पहिला पहिला मान्छेको त्यति छल पहल नहुने जिम्बोचे अहिले यो कफी सपले गर्दा मान्छेको आगमन बढेको छ। लोकप्रिय भएर व्यस्तता बढेको भयता पनि कफीको गुणस्तर र टेस्ट अनि स्टाफको काम प्रतिको मोहमा कमि आएको छैन। यी नै कारणले गर्दा मलाई यो कफी सप पहिलो नम्बरमा राख्न मन लागेको हो।

    Glitch

    २. अब्सकुरा कफी रोस्टर्स – सान्गेंज्या

    View this post on Instagram

    cafeの4月からの定休日のご案内 cafeをいつもご利用いただいている皆様へ。 4月にCafe Obscuraはオープンから9年がたち、10年目を迎えます。 ここまで続けてこれたのも皆様のご愛顧のおかげと、改めて感謝申し上げます。 オープン以来、Cafe Obscuraでご提供するものは全て自家製で提供してきました。 これからも同じクオリティの商品を提供し続けていくために、仕込み時間としての曜日を用意した方が良いと判断いたしました。 今後はCafe Obscura限定で、毎週水曜日を定休日とさせて頂きます。 これからも皆様に美味しい自家製のケーキやサンドイッチを楽しんで頂く環境を維持してまいりたいと考えていますので、何卒、ご理解を賜りますようお願いいたします。 ※Obscura Laboratory、Obscura Martについては、 変わらず月に一度の第3水曜日のみの定休日となります。 (変更前)毎月第3水曜日 → (変更後)毎週水曜日(4月4日、11日、18日、25日) となります。 Cafe Obscura 一同 #cafeobscura#三軒茶屋コーヒー#tokyocoffee#obscuracoffeeroasters

    OBSCURA COFFEE ROASTERSさん(@obscura_coffee_roasters)がシェアした投稿 –

    यो कफी सप टोकियोको सेन्टर भन्दा अलि टाढा छ। यो सानगेंज्या एरियामा पर्दछ। यो कफी सपले सान्गेंज्या र टोक्योका कफी पारखीहरु दुवैमा राम्रो प्रभाब पारेको छ। अब्सकुराको स्पेसल भनेको सिफन कफी ब्रु हो। अनि यो आफ्नो स्याण्डविचको लागि पनि उत्ति नै लोकप्रिय छ। यहाँको खुल्ला वातावरणले यसलाई रिल्याक्स गर्न र किताब पढ्न राम्रो स्पोट बनाएको छ। यो कफी सपले कर्पोरेट कस्टुमरहरुलाई ट्रेनिङ्ग र वोर्क सप पनि दिन्छ।

    Obscura

    ३. सरुताहिको कफी – एविसु

    सारुताहिको बिस्तारी बढी रहेको कफी सप हो। अहिले यसको बिदेशमा पनि एउटा कफी सप छ। तर यसको मेन फ्ल्याग्सिप कफी सप भनेको एविसुमा छ। यो सप सानो भए पनि सारुताहिको यहि बाट सुरु भएको हो। यहाँको मेरो मनपर्ने ड्रिङ्क हानी लाटे हो।

    Sarutahiko

    ४. मारुयामा कफी – ओमोतेसान्दो

    यो कफी सप १९९१ मा कारुईजावाबाट सुरु भएको हो। त्यहाँबाट सुरु भएको यो कफी सप जापानकै प्रशंसनीय कफी सप भएर निक्लियो। यिनी हरुको कफी जति मिठो हुन्छ , त्यति नै कुशल यहाँका वारिस्टा छन्। अरु कफी सपका बारिस्टापनि मारुयामा कफी सपलाई आफ्नो लक्ष राखेर हेर्छन। मारुयामाको फ्ल्यागस्टोर कारुईजावामा भएता पनि टोकियोको ओमोतेसान्दोमा भएको पसल पनि केहि कम छैन। शान्त बातावरण, हम्बल स्टाफ र मारुयामाको कफीको चुस्कीले सबैको मन आनन्दित गराउछ। Maruyama

    ५. डेली कफी स्ट्याण्ड – नोगाता

    सानो बस्तिको न्यानोपना नै बेग्लै हुन्छ। सबैले एक अर्कालाई चिन्ने र सबै जना छिमेकी जस्तो ब्यबहार गर्ने। टोकियोको यो पाटो देख्दा सबैलाई अचम्म लाग्न सक्छ। यत्रो ठूलो राजधानीमा पनि यस्तो ठाउँ कहाँ होला भन्ने सबैको मनमा हुन्छ। नाकानोको नोगातामा रहेको यो कफी सपले हजुरलाई त्यो आत्मियताको भाव दिनेछ। टोकियोको त्यो व्यस्ततालाई पन्छ्याउदै हजुरलाई पनि म यो कफीमा जाने सल्लाह दिन्छु। हजुरले पक्कै त्यो न्यानोपन महसुस गर्नु हुनेछ। कफी सपमा हजुर सद्भाव संग संगै कफी र मिठो मफिनको स्वाद लिन सक्नु हुनेछ।

    Daily Coffee Stand’s Facebook

    Daily Coffee Stand

    ६. टरेट कफी – चुकिजी

    चुकिजी दुई कुराको लागि पपुलर छ। एउटा माछा बजार जुन अहिले तोयोसुमा सारिएको छ , अनि अर्को चाही टरेट कफी। यो कफी सपको धेरै फ्यान फलोइंग हुनुको कारण यहाको लाटे हो। यो ठूलो र स्मुद लाटे यति लोकप्रिय छ कि मानिसहरु अरु थाउबत येही लाटेको लागि मात्र भएता पनि चुकिजी सम्म जान्छन। अझ अहिलेत माछा बजार त्यहाबाट हटेपछि टरेट कफीको लोकप्रियता झन् बढेको छ। यहाँको लाटे साचिकै मुखमा पनि आउने मिठो हुन्छा।

    Turret COFFEE

    समग्रमा

    यी साना कफी सपको आफ्नै रोचक कथा हुन्छ। यिनीहरु कुनै ठूलो बिजनेस कर्पोरेसनले प्रफिट लागि चलाएको नभएर सानो ग्रुपको मानिसले आफ्नो प्यासनलाई अंगालेर बनेका हुन्छन। त्यसैले यस्तो कफी सपको वातावारंमा हजुरहरुले बेग्लै आत्मियता पाउनु हुनेछ। टोकियो परिवर्तनशिल सहर भएकाले यस्ता साना स्टोरहरु नया आउने, हराउने, अर्को ठाउमा सर्ने, फेरी आउने भैरहन्छ। के हजुरहरु यी कफी सपमा जानुभएको छ ? वा अन्य कुनै हजुरलाई मन पर्ने कफी सप भए पनि हामीलाई बताउनु होस्।