गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

  • FOOD
  • Kyoto
  • Restaurant
  • टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने छु। क्योतो धेरै चोटि गएको भएता पनि मैले नागाशी स्योमेन खाने एउटा मात्र गतिओ रेस्टुराण्ट भेटेको छु। यदि हजुर पनि क्योतो जादै हुनुहुन्छ भने यर नागाशी स्योमेन मन पर्छ भने यो लेख हजुरिको लागि हो।

    हिरोबुन

    Author’s photo

    मेरो क्योतो यात्रामा रेस्टुराण्ट खोजिको क्रममा हिरोबुननै एक मात्र गतिलो नागाशी स्योमेनको कोर्स भएको पाए। हिरोबुन (ひろ文)मा नागाशी स्योमेन मात्र नभई काइसेकी ( धेरै कोर्सको जापानिज खान ) को लागि पनि निकै लोकप्रिय छ। किफुने मन्दिर बाट केहि पैदलको दुरीमा रहेको यो रेस्टुराण्ट भेटाउन निकै सहज छ।

    रेस्टुराण्ट तल बगिरहने खोला र वरिपरिको मनोरम दृश्यले हिरोबुन गर्मि याममा क्योतो जानु भएकाहरु एक पटक पक्कै जानु होला। तर नागाशी स्योमेन गर्मि याममा मात्र राखिने हुनाले लामो लाईन भने पक्कै देख्नु हुनेछ। रिजर्भेसन गर्न नमिल्ने हुनाले बिहान ११ बजे तिर लाईनमा बस्दा ठिक हुन्छ। लगभग १ घण्टाको पर्खाई पछि हजुरको पालो आउनेछ। हजुर जति ढिलो त्यहाँ पुग्नु हुनेछ त्यतिनै बढी समय वैत गर्नु पर्नेछ। नागाशी स्योमेन पलाई पालोको सेसनमा दिईन्छ। एक चोटीको सेसनमा १० जना भन्दा बढी मान्छे अटाउदैनन।

    पैसा तिरेर लाईन लागे पछि हजुरलाई हजुरको नम्बर लेखिएको जापानिज फ्यान दिईन्छ। यस्तो फ्यानलाई जपनिमा उचिवा भानिन्छा। संगै सगै हजुरले एउटा कार्ड पनि पाउनु हुनेछ। त्यो कार्डमा नागाशी स्योमेनको खाने तरिका लेखिएको हुन्छ। त्यहाँको स्टाफले कति समय कुर्नु पर्ने बताईदिने हुनाले यता उति घुम्नको लागि निस्कन सक्नु हुनेछ।

    नागाशी स्योमेनको मजा कसरि लिने

    A post shared by erihamha (@erihamha) on

    पारंपरिक नागाशी स्योमेनमा लामो बाँसको प्रयोग गरिन्छ। संग्लो र चिसो पानी त्यो बाँसबाट हरेक समय बगी रहन्छ। नुडल पनि टाईमिङ्ग मिलाएर पानि संगै बगाईन्छ। बाँसमा बगिरहेको नुडल जापानी चपस्टिकले समातेर सस (चुयु) मा चोबेर खाईन्छ। चुयु भनेको सोया ससबाट बनेको हुन्छ।

    तर हिरोबुनमा बाँसको प्रयोग गरिदैन। बाँसको सट्टा अलुमुनियम बाट बनेको भाडोको प्रयोग गरिन्छ। अलुमुनियमलाई बाहिरबाट बाँसको जस्तै पन्त गरिएको हुन्छ। हाईजिङ्को लागि एउटा ग्रुपलाई एउटा दिईने हुनाले, पराई व्यक्तिसंग खानु पर्दैन।

    त्यो भाडोमा चिसो पानी हरेक समय बगिरहेको हुन्छ। स्टाफहरुले नुडल टाईमिङ्ग हेरेर बगाउछन। बगेर आएका नुडल हजुरले चपस्टिकले टिप्नु पर्ने हुन्छ। यदि नुडल छुटेमा त्यो नुडल फेरी प्रयोग गरिदैन। नुडल संगै रेस्टुराण्टले सानो वाराबी मोची, वासाबी, चपस्टिक र नुडल चोबेर खान चुयुको सानो कप दिन्छन। नुडलको मात्रा हजुरलाई भरपेट हुन पुग्ने हुन्छ। पिङ्क रंगको स्योमेन बगेर आएपछि हजुरको समय सिद्दिएको संकेत हुन्छ। पिङ्क नुडल नै हजुरको नागाशी स्योमेंको अन्तिम ब्याच हो।

    नागाशी स्योमेन किन रमाईलो हुन्छ।

    नागाशी स्योमेन खानुको सबै भन्दा मज्जाको पाटोनै छिटो छिटो बगेर आएको नुडललाई समातेर खानु हो। अलिकति पनि ध्यान दिनु भएन भने नुडल हजुरको हातबाट फुस्कने छ। यो खान भन्दा पनि एक प्रकारको खेल जसरि सबैले भाग लिन्छन। कहिले काही नुडल समाउन नसक्दा हासो, लज्जा र खित्काको भावहरु देखिन्छ। जापानको चर्को गर्मिमा चिसो नागाशी स्योमेन खानुको मजानै बेग्लै हुन्छ।

    यदि हजुर यो गर्मीमा क्योतो जादै हुनु हुन्छ भने हिरोबुनको यो अजबको खाना खान पक्कै नछुटाउनुहोल। अझ किफुने मन्दिर जादै हुनु हुन्छ भनेत पैदलको दुरीमा रहेको यो ठाउँ जानुहोला। नागाशी स्योमेन जापान बस्नु भएको छ भने जीवनमा एकचोटी लिने पर्ने अनुभब हो। यो गर्मि याममा मात्र हुने हुनाले मे देखि सेप्टेम्बर सम्म हुन्छ। गर्मिको भरपुर मजा लिनुहोस्।

    ठेगाना : ८७ किफुने-च्यो, कुरामा, साक्यो-कु, क्योतो, जापान
    चल्ने समय : ११ बजे देखि ४ बजे सम्म (पानि परेको दिन नागाशी स्योमेन गरिदैन )
    रेस्टुराण्ट बन्द : नया बर्षको बिदा, डिसेम्बर ३०, ३१, जनुअरी १
    फोन : ०७५-७४१-२१४७
    फ्याक्स : ०७५- ७४१-१२०८
    मूल्य : १३०० यन
    त्यहाँ पुग्नको लागि : एईजान लाईनको किबुनेगुची स्टेसन बाट सटल बस लिनुहोस्