टोकियो विस्वकै महँगो सहरहरु मध्य एक हो। अब सोच्नुस टोकियोको पनि धनि मनि मानिस बस्ने ठाउँ कस्तो होला र कति खर्च लाग्ला। पर्यटकहरु धेरैजसो शिन्जुकु र शिबुयाको व्यस्तता मात्र देखेका हुन्छन तर यी टोकियोमा बस्ने ठाउँ भन्दा पनि मार्केट हबको लागि बढी चिनिन्छ। तल दिईएका ६ ठाउँ टोकियोका निकै महँगो ठाउँहरुमा पर्छन। अनि यहाँ बस्ने मानिसहरु पनि चानचुने हुन्नन् सबै निकै धनि हुन्छन। कहाँ कहाँ हुन् त ति ठाउँ हरु आउनुस जानी राखौ।
यदि हजुर युरोपियन स्टाईलको सहरमा बस्न रुचाउनु हुन्छ भने देनेनचोफु हजुरको रोजाईमा पर्न सक्छ। यसको मुख्य बिशेसतानै युरोप, स्विस र पुरानो जापानको झल्को दिने डिजाइनका घरहरु हुन्। यो एरिया येही कुरालाई ध्यानमा राखेर तयार गरिएको थियो। यहाँ बस्ति बसाउनेहरुले यो एरियालाई लन्डनको झझल्को दिने खालको डिजाईन दिलाए। यहाँ सामान्य मानिस बस्दैनन्। जापानको ठूलो ठूलो कर्पोरेसनको मालिकहरुको बस्ति हो। हजुर देनेनचोफु घुम्न जानु भयो भने त्यहाँ बिजनेस ताईकुन, प्रोफेसनल स्पोर्ट्स खेलाडि र मुभी कलाकारको घर भेटाउनु हुनेछ।
ओमोतेसान्दोलाई छुट्टै परिचय चाहिदैन। यो जापानको लक्जरी ब्रान्ड, मोडेलिङ्ग एजेन्सी र कुल बिल्डिंग भएको क्षेत्र हो। यहाँ हजुर हरुले धेरै हिप्स्टर र फेसनका पारखीहरुलाई भेट्नु हुनेछ। यो शिबुया र गाइएनमाए जस्ता सपिङ्ग हबको नजिक छ। ओमोतेसान्दो जति कुल छ यहाँ बस्न तेती नै महँगो पनि। त्यसैले यो पनि धनि र ग्लामर फिल्डक मानिसहरु बस्ने एरिया हो। येही पक्षले गर्दा ओमोतेसान्दोमा बस्न खोज्ने मानिसहरुको संख्या बढ्दै गएको छ।
अजाबू पनि निकै महंगो सबअर्व हो जहाँ एक आधुनिक अपार्टमेन्ट वा जमिनको लागि करोडौ खर्च गर्नु पर्दछ। हजुरहरुले यहाँ प्रसिद्ध सेलेब्रिटि, कूटनीतिज्ञहरू, र अन्य हाई क्लास व्यक्तिहरू यस शान्त ठाउँमा बस्ने गरेको देख्न सक्नुहुनेछ। आवासीय परिसर, किनमेल केन्द्र, क्लब, हलले अजाबू भरिएको छ। विभिन्न पृष्ठभूमिका केही प्रसिद्ध कलाकारहरू अजाबूमा बस्छन।
गाइएनमाए र आओयामा-इच्योमे एक आपसमा र ओमोतेसान्दो संग नजिकै छन। दुवै अपस्केल सहरमा इको नामिकी एवेन्यू जस्ता प्रभावकारी सडकहरू छन| यो स्ट्रीटलाई गोल्डेन स्ट्रीट पनि भानिन्छा किनकि यसको दुवै पट्टि पहेलो गिन्क्गोको रुख हरु छन्।
यी क्षेत्रमा घरहरू यति महँगो छन् कि यिनलाई बिक्रीको लागी बजार पाउन पनि गाह्रो छ। यो एरिया जापानको केहि धनी मान्छे जस्तै होंडा परिवार र जापानका केहि सबै भन्दा ठूलो अन्तरराष्ट्रीय कम्पनी जस्तै ओरेकलहरुको घर हो। यी सहरहरू टोक्योको विकासको उपस्थितिको रूपमा खडा हुन्छन्। यहाँ लक्जरी बुटीक, रेस्टुरेन्ट र आधुनिक घरहरू मात्र छैनन्, तर रमाईलो हरियो पार्क र व्यवसायिक होल्डिङहरु पनि छन्।
Access: Gaienmae Station / Aoyama-itchome Station
फुताको-तमागावा सबै भन्दा पुरानो जापानी उपनगरहरु मध्ये एक को रूपमा चिनिन्छ। यहाँको बस्ति टोकियो र यसको पड़ोसी शहरहरु को विभिन्न भागहरु देखि धनि मानिसहरुले स्थानांतरित गरेर बनाएका हुन्। यो जापानको सबैभन्दा सुरुवाती मल अर्थात् ताकाशिमायाको जन्म भएको ठाउ हो। तकासिमाया एक प्रसिद्ध जापानी रिटेल स्टोर हो जुन ६० को दशकको अन्तमा निर्माण गरिएको हो। यसले मुख्यतः विवाह, गहना, सजावट, मिठाई आदि जस्ता विवाह सम्बन्धी सामान बिक्री गर्दछ।
सन् १९९० को दशकमा जब संसार द्रुत गतिमा विकास हुन थाल्यो, यस उपनगरमा सम्पत्तीको मूल्यले आकाश छोएपछि धेरै स्थानहरूमा ठूला घरहरू निर्माण गरियो। हजुरले यहाँ अन्य एरियाको बिपरित धेरै खुल्ला स्थान र घरहरु देख्न सक्नु हुनेछ।
सबैलाई थाह छ कि इम्पेरल प्यालेस, पर्यटक र गैर-पर्यटकहरुलाई आकर्षित गर्न को लागी प्रख्यात छ। तोरानोमोन इम्पेरल प्यालेसको दक्षिण तिर पर्ने “टाइगर गेट”को नजिक छ। यो शिन्बाशी क्षेत्र नजिकै छ| यहाँ टोकियोका केहि प्रसिद्ध स्थलहरु जस्तै शानदार ५२-तल्ले तोरानोमोन हिल्स, होटल ओकुरा टोकियो, एतागो मन्दिर छ। यो एरिया साही परिवार संगको निकताले गर्दा निकै महँगो भएको हो। यहाँ अपार्टमेन्ट पाउन निकै मुस्किल छ।
यी त टोकियोका धेरै ठाउँहरु मध्य धनिहरु माझ ६ पपुलर ठाउ भए। टोकियोमा यस्तो स्थानहरु थुप्रै छन्। अरु केहि प्रिय ठाउँ भन्नु पर्दा मेगुरो, हिरोओ, दाईकानयामा, शिमोकिताजावा, एविसु, असकुसा लगायतका ठाउँ हुन्। यी ठाउँहरु पनि आफ्नो छुट्टै विसेषताको लागि चिनिन्छन्।