कोबेको हेर्न र घुम्न लायक ९ ठाउँ

  • TRAVEL
  • जापान भन्ने बित्तिकै सबैको मन मा प्रख्यात सहर टोकियो, ओसाका र क्योतोको मात्र नाम आउछ। यी ठाउहरु पक्कै पनि जापानका मुख्य पर्यटन स्थल हुन्। पर्यटकहरुको रोजाईमा पनि यहि ठाउहरु धेरै जसो पर्दछन्। तर जापानमा अरु थुप्रै ठाउहरु छन् जुन माथि उल्लेखित सहर जति बिकशित नभएता पनि प्राकृतिक सुन्दरता पनि भने कम छैनन। त्यस्ता ठाउ मध्य कोबे पनि एक हो। कोबे प्रयटकको लागि त्यति पपुलर नभएता पनि यो आफ्नै सुन्दरताको लागि प्रख्यात छ।

    कोबे समुद्र र रोक्को हिमालको बिचमा पर्दछ। यो ह्योगो प्रान्तको राजधानी हो। यहाको खाना, मनोरम ल्याण्डस्केप र रक्सि कारखानाले जो कोहिलाई पनि लोभ्याउछ। तर पनि कोबे धेरै पर्यटकहरुले कोबे बिफको लागि मात्र चिन्दछन। कोबे मा हेर्न र गर्न सकिने १० कुराको जानारी आज हामी हजुरहरुलाई यो लेख मार्फत गराउने छौ।

    १. कोबे हार्बोरल्याण्ड

    6d26951a966866eeedecaed6b28d07db_m

    कोबे हार्बोरल्याण्ड निकै ठुलो सपिङ्ग र ईण्टरटेन्मेण्ट डिस्ट्रिक्ट हो। यो ठाउमा हेर्न लायक कोबे पोर्ट टावर पनि छ। यो ठाउँमा क्याफे, रेस्टुराण्ट र अम्युजमेंट पार्क भएकोले रोम्याण्टिक डेटको लागि पनि सुहाउदो हुन्छ। सपिङ्ग रुचाउनेहरुको लागि मोजाईक र क्यानल गार्डेन नाम गरेको निकै ठुला सपिङ्ग मल पनि छन्।

    Kobe Harborland website
    Access

    २. शिन कोबे रोपवे

    aa241a976214ea28317dc70435c222f4_m

    यो रोपवेले पर्यटकहरुलाई रोक्को हिमालको दक्षिन तिर आकर्षित गर्दछ। शिन कोबे स्टेसन बाट केवल कार चढेर नुनोबिकी झरना र नुनोबिकी हर्ब गार्डेन हेर्दै गईन्छ। टुप्पोमा पुगे पछि कोबे सहरको निकै मनोरम दृश्य देखिन्छ।

    Access

    ३. माउण्ट रोक्को

    c8e23b0b1c5daf00cffc7cd0a4927f9e_m

    माउण्ट रोक्को बाट निकै मनमोहक पनारोमिक भ्यु देखिन्छ. हेर्ने ठाउ बाट वाईन र शपिंगको मजा लिन सकिन्छ। अनि त्यहाँ थुप्रै कोशेली लिने पसलहरु पनि छन्। माउण्ट रोक्कोमा अन्य ठाउँ जस्तै रोक्को स्नो पार्क, रोक्को कोकुसाई, रोक्को इन्टरनेसनल म्युजिकल बक्स म्युजिअम, रोक्को गार्डेन टेरेस र रोक्को अल्पाइन बोटानिकल गार्डेन जस्ता थुप्रै छन्।

    Mt. Rokko website
    Access

    ४. कोबे सुमा मरिन एक्वारियम

    कोबे सुमा मरिन एक्वारियम पनि घुम्न लायक ठाउ हो। यहाँ थुप्रै पपुलर पारिवारिक र ग्रुपहरुलाई सुहाउदो ठाउहरु छन्। यो १९५७ मा खुलेको हो। यो एक्वारियममा शार्क, स्टिंग रे, डल्फिन हरु देख्न पाईन्छ। तर पनि यहाँको प्रमुख आकर्षण भनेको आमाजोनको पिरारुकु र पिरान्हा माछा हुन्। यो ठाउँ कोबे जादा पानी परेको दिन वा रोप वे चढ्ने अलि चिसो दिनमा वा हजुरलाई मरिन जनावर मन पर्छ भने जानु होला।

    Kobe Suma Marine Aquarium Website
    Access

    ५. आकाशी काइक्यो पुल

    3010f5022f0e0ab0208523208b98e4b1_m

    यो पुल संसारकै सब भन्दा लामो पुल हो। यसको लम्बाई करिब करिब २ किमि छ। यो पुलले कोबे सहर र आवाजी टापुलाई जोड्दछ। पुल नजिकै एक्जिबिसन सेन्टर र अबलोकन गर्ने ठाउ छ। उचाई देखि डराउने हरुले पनि यो ठाउ एक चोटि हेर्न कोशिस गर्नु होला।

    Akashi Kaikyo Bridge website
    Access

    ६. आरीमा ओन्सेन

    ffbb624a0b6b8651ced0f2f7b6ff6a80_m

    आअरिमा ओन्सेन कोबेको सबै भन्दा प्रख्यात तातो पानीको मुल हो। यो रोक्को पहाडको ठिक उल्टो तिर पर्दछ। यो ठाउ तिर केहि जापानी स्टाईलका होटेल (र्योखान ) र सेन्तोहरु छन्। यो ठाउँ ओसाका र कोबेका मानिसहरु बिदाको बेला घुम्न गई रहन्छन। यदि हजुरलाई जापानी ओन्सेन मन पर्दछ भने पक्कै पनि यो ठाउ जानु होला.

    Arima Onsen website
    Access

    ७. कोबे लुमिनेईर

    A post shared by Mikiko.Shibuya (@m_shibuya) on

    यदि हजुर कोबे डिसेम्बरमा जादै हुनु हुन्छ भने यो ईभेण्ट पक्कै हेर्नु होला। यो कोबेको सबै भन्दा ठूलो वार्षिक महोत्स्हब हो। यो एक हप्ताको लागि हुदछ। यो ईभेण्ट १९९५को ग्रेट हानशिन भुकम्पको सम्झनामा मनाईन्छ। त्यो विनाशकारी भूकम्पले ६००० जापानीको ज्यान लीएको थियो भने करिब २०० बिलियन अमेरिकी डलर बराबरको क्षति गरको थियो। यो निकै भव्य ईलुमिनेसन ईभेण्ट्ले पक्कै पनि हजुरको सबै ध्यान तान्ने छ।

    Kobe Luminarie website *Japanese Only
    Access

    ८. कितानो-चो

    कितानो-चो रोक्को पाहाडको फेदीमा रहेको एतिहाशिक गाउ हो। यहाँ मेइजि युगका जापानीहरुको ठूलो वस्ती छ। यी वस्तीहरु पर्यटकको लागि खोलिएको हुदा पुराना जापानी कलाको जानकारी लिन चाहने मानिसको लागि राम्रो ठाउ हो।

    Kitano-Cho website
    Access

    ९. कोबे मरीटाईम म्युजियम र कावासाकी गुड टाईमस वर्ल्ड

    कोबे सहर घुम्न आउनु भएका धेरैलाई पक्कै पनि यहाँको यो सहरको ईतिहासको जानकार लिन मन लाग्दछ। यदि यसो हो भने आफ्नो बकेट लिस्टमा कोबे मारीटाईम म्युजियम र कावासाकी गुड टाईम राख्नु होस। यो म्युजियमले कोबेको बन्दरगाहको ईतिहास पनि संगालेर राखेको छ। यो म्युजियम मेरिकेन पार्क र कोबे सी साईडमा रहेको छ।

    कोबे यात्रामा गर्न र हेर्न लायक माथिको कुराहरु गर्नु भयो भने पक्कै पनि हजुरले आफ्नो यात्रा अविस्मरनिय बनाउन सक्नु हुनेछ। कोबे सहर एक्लै भन्दा पनि परिवार वा साथीहरु संग ग्रुपमा जादा रमाईलो हुन्छ।