ओयाकोदोन, जापानको बेस्ट कम्फर्ट फूड

  • FOOD
  • HOW TO
  • ओयाकोदोन(親子丼) को शाब्दिक अर्थ निकै साहित्यिक छ। “ओया”को जापानी अर्थ अविभावक र “को”को अर्थ बच्चा हो। “दोन” भन्ने शब्द चाही “दोन्बुरि” बाट आएको हो जसको अर्थ जापानी राईस बोल (कचौरामा भात)। त्यसैले ओयाकोदोन भनेको जापानी राईस बोलमाथि चिकेन (ओया) र अण्डा (को) दुवै हालेर बनाइने एक परिकार हो। यो एक किसिमको कम्फर्ट फुड हो। जापानी हरेक उमेरको मानिसहरु यो परिकार मन पराउछन। यो परिकार संग सबै जापानीको बाल्यकाल पनि जोडिएको हुन्छ। किनकी जापानी बच्चाहरु यो परिकार निकै मन पराउछन। ओयाकोदोनमा चिल्लो र तेलको पनि प्रयोग नहुने हुनाले यसलाई निकै स्वस्थकर खाना मानिन्छ।

        

    ओयाकोदोनको उत्त्पति र तामाहिदे

    यो परिकारको सुरुवात टोक्योको तामाहिदे भनिने रेस्टुराण्टमा १८९१ तिर भएको हो। यो रेस्टुराण्ट अहिले पनि टोकियोमा छ। यहाँको ओयाकोदोनलाई ओरिजिनल मानिने हुनाले यहाँ सधै खानको लागि लाईन हुने गर्दछ। यहाँको सेफ र मालिकका अनुसार कम्तिमा पनि आधा घण्टा लाईनमा पर्खे पछि मात्र पालो आउछ। उनि यो रेस्टुराण्टमा काम गर्ने ८औ पुस्ता हुन्। उनको अनुसार ओयाकोदोनको बेसिक रेसेपी पुस्तौ बाट थोरै फेरबदल हुदै आएपनि स्वादमा भने कुनै सम्झौता गरिएको छैन। त्यसैले त होला जापानीहरु घन्टौ लाईन बसेर तामाहिदेमा यो कम्फर्ट फुड खान आउछन।

    कसरि बनाउने

    ओयाकोदोनको रेसेपी निकै सजिलो छ। यो घरमा पनि सजिलै थोरै समयमा बनाउन सकिन्छ। एउटै भाडोमा पाक्ने हुनाले झन्झट पनि हुदैन।  ओयाकोदोन तेलमा नभएर एक किसिमको झोल (ब्रोथ मा) बनाईन्छ। ब्रोथ बनाउन पनि निकै सजिलो छ। २/३ कप दाशी, ३/२ कप मिरिन, ३/२ कप साके, ३/२ कप सोया सस्, ३/२ कप चिनी लाई एउटा भाडोमा राखेर घोल्नु होस्। यो ब्रोथले दुईजनालाई बनाउन पुग्दछ। प्याजलाई पातलो स्लाईसमा काट्नु होस्। जापानिज पासले (मिचुबा) पनि मसिनो गरि काट्नुहोस। चिकेन थाई पनि सानो सानो टुक्रा बनाउनुहोस। ओयाकोदोन एक चोटिमा एकजनालाई बनाइने हुनाले माथिको सबै चिजलाई दुई भाग लगाउनुहोस। एउटा कचौरामा अण्डा घोलेर तयार गर्नु होस्।

    ओयाकोदोन सानो प्यानमा बनाइन्छ। सानो प्यानलाई स्टोबमा राखेपछि त्यसमा अघिको आधा प्याज र मासु राख्नुहोस। प्याज र मासु राम्रो संग प्यानमा फैलाउनुहोस। त्यसपछि प्यानमा ब्रोथ हाल्नुहोस। अनि छोपेर ५ मिनेट सम्म पकाउनुहोस्। मासुको पिङ्क रंग नहराएसम्म पकाउनु होस्। त्यसपछि ग्यास सानो बनाएर माथि बाट उम्लिरहेको प्यानमा घोलेको अण्डा हल्नुहोस। ओयाकोदोनको अण्डा पुरै पकाईदैन। अलि अलि पाकेपछि तातो भात राखेको कचौरामा  प्यान बाट सिधै हालिन्छ। हजुरको ओयाकोदोन तयार भयो। सजिलै घरमा बसी यो जापानी कम्फार्ट फुडको मजा लिनु होस्।