के हजुरलाई यी पाच युट्युबरको नाम थाहा छ ?

  • CULTURE
  • people
  • हजुरहरुले पक्कै पनि युट्युब चलाउनु हुन्छ होला। युट्युबमा एक मिनिट ३०० घण्टा भिडियो अपलोड हुने गर्दछ। हरेक दिन य़ुट्युबमा ३ करोड जनाले ५ अरब भन्दा बढी भिडियो हेर्ने गर्दछन। सुन्दा अच्चम्म छैन त ? युट्युब विश्वमै पपुलर छ। जापानमा पनि युट्युब निकै लोकप्रिय छ। यहाँ पनि थुप्रै उमेरका मानिसले युटुबबाट मनोरंजन लिने गर्दछन?

    जापानी युट्युबरले धेरै ठुलो अडियन्सको लागि विभिन्न कनटेण्ट बनाउदछन। यी कन्टेन्टहरु जापनीहरु माझ निकै लोकप्रिय छन्।यी कनटेन्टहरुमा कमेडी, ड्रामा, भ्लग पोड्कास्ट र गेमिंग जन्रहरु छन्। यी आर्टिस्टहरुको भिडियो लाखौ मानिसले हेर्दछन। उनीहरु जापानमा मात्र नभएर बिदेशीहरुको माझमणि पपुलर छन्। जापानिज भाषा नबुझ्नेहरुको लागि क्याप्सन इन्ग्लिशमा हुने भएकोले बिदेशीहरु पनि उनीहरुको भिडियो मनपराउछन।

    यदि हजुर जापानी भाषा सिक्न चाहनु हुन्छ भने यी य़ुट्युबरहरु पनि राम्रो माध्यम बन्न सक्छन। यी व्यक्तिको च्यानल फलो गर्नाले हजुरहरुले जापानको पप कल्चरको ग्यानपनि लिन सक्नु हुनेछ। आज मा हजुरहरुलाई यहि जापानका पाच प्रख्यात युटुबरको जानकारी गराउनेछु।

    सस्क्राईबर : ४० लाख

    उनको असली नाम रिकु होरिउचि हो। उनि युट्युबमा २०१३ देखि छन्। उनको च्यानलकू नाम उनलाई मनपर्ने खाने कुरा सुशी र रामेन बाट रखिएको हो. उनको सबै भिडियोहरु अहिले सम्म ८० करोड पटक हेरिएको छ। उनि धेरै जसो एक्स्पेरीमेन्टल भिडियोहरु बनाउदछन। उनको अहिले अर्को पनि सब च्यानल छ जसमा ८ लाख जति सस्क्राईबर छन्।

    उनको यो भिडियो निकै रमाइलो छ।
    Flying in the air with an Umbrella|Science Experiment

    सस्क्राईबर : 52 लाख

    उनको नामनै च्यानलको नाम हो। उनको भिडियोको कन्टेन्ट धेरैजसो खाना संग सम्बन्धित हुने गर्दछ। उनको विशेषतानै उनि धेरै खाना खान सक्नु हो। उनि आफुले खाना खाएको भिडियो बनाएर अपलोड गर्दछे। कहिलेकाही लाइभमा आई आफ्ना सस्क्राईबरहरु संग गफ गर्दछे।
    उनको भिडियो अहिलेसम्म १.८ अर्ब व्होती हेरिएको छ। उनी जापानको टि भी प्रोग्राम “ओ गुई” मा पनि आएकी छे। उनको भिडियोमा इन्ग्लिश सब टाईटलहुने भएकोले विदेशमा पनि निकै लोकप्रिय छ।

    Super Spicy Korean Ramen | 4515kcal

    सस्क्राईबर : 55 लाख

    यो युट्युब च्यानल ७ जनाको मेम्बर छन्। यो ग्रुप उनीहरुले जुनियर हाई स्कुलको ग्राजुएसनको दिन बनाएका थिए। यो च्यानल धेरै जसो एडभेन्चर र कमेडी संग सम्बन्धित छ। फिसर्सले ईन्डोर, आउटडोर, र विदेशमा गैर पनि भिडियो बनाउने गर्दछ। उनीहरु कहिले काही गेमिंग र फुड भ्लग पनि अपलोड गर्ने गर्दछन।

    The Beginning | Fischer’s and the Lost Treasure

    सस्क्राईबर : 73 लाख

    हिकाकिन टि भी जापानमा दोस्रो बढी सस्क्राईबर भएको च्यानल हो। उनको असली नाम काईहाचु हिकारु हो। उनी जापानको युट्युब म्यनज्मेण्ट कम्पनि उम्मको फ़ाऊण्डिङ्ग मेम्बर पनि हुन्। उनी कमेडी भिडियो बनाउन र विभिन्न प्रकारका च्यालेंझारू गर्न माहिर छन् ,

    उनको अर्को च्यानल हिकाकिन गेममा पनि ४२ लाख सस्क्राईबरहरु छन्। उनको भिडियोहरुको टोटल भ्यु ६ अर्ब भन्दा बढी छ। उनी जापानको एक इन्फ्लुएन्सल मेम्बर हुन्।

    YouTubeテーマソング/ヒカキン&セイキン

    सस्क्राईबर : ७.९ लाख

    Hउनी जापानको सबै भन्दा धेरै सस्क्राईबर भएका युत्युबर हुन्। उनलाई जापानीहरु जापानी युट्युब मिडियाको किङ्ग पनि भन्दछन। उनी आफ्नो कमेडी भिडियोको लागि निकै प्रशिद्ध छन्। उनको असली नाम हाजिमे एदा हो। उनी पनि युट्युब कम्पनि उम्मका मेम्बर हुन्। उनी युट्युबबाहेक ट्विटरमा पनि पपुलर छन्। जापानमा उनको ट्विटर फलोवर ५औ स्थानमा छ। हालसालै उनको युट्युब ओरिजिनल सिरिज “द फेक शो” पनि आएको छ।

    Ep 1 Who Are You? | The Fake Show

    के हजुरले यी जापानी युट्युबरहरुको नाम सुन्नु भएको थियो? यदि हजुरहरुले अरु पनि युट्युबरको च्यानल फलो गर्नु भएको छ भने पक्कै पनि हामीलाई भन्नु होला।