क्योतो सहर जापानको कानसाई क्षेत्रमा पर्दछ। यो सहर धेरैको लागि जापानको सांस्कृतिक र एतिहासिक झल्को दिने सहरको रुपमा प्रशिद्द छ। हुन पनि क्योतोले जापानको कला र समाजलाई समेटेको छ। यहाँ भएका थुप्रै मन्दिर, इम्पेरल प्यालेस, निजोजो क्यासल र अन्य सम्पदाले क्योतोलाई जापान आउने पर्यटकहरुले छुटाउनु नहुने गन्तब्य बनाउछ। त्यसैगरी कन्टेम्पोररी जापानी जिबन शैलीको जिबन्त उदाहरणको लागि क्योतोमा थुप्रै स्थलहरु छन्। त्यस मध्य तेरामाची एउटा ठाउ हो। तेरामाचीमा दुवै अन्डर ग्राउण्ड सपिङ्ग कम्प्लेक्स र आउटडोर पसल (शोतेन्गाई) हरु छन्। तेरामाची क्योतो स्टेसनबाट उत्तर तर्फ पर्दछ। यो क्योतोको कामो खोला बाट थोरै पैदलमा छ।
तेरामाची क्षेत्र निकै ठुलो छ। त्यसैले यहाँ थुप्रै पोइण्टबाट छिर्न मिल्छ। क्योतो स्टेसन, बस वा पैदल, तेरामाची भेताउन गारो छैन। यो आर्केड क्योतोको दैनिकी जीवनको मुटु हो भन्दा फरक पर्दैन। त्यसैले यो ठाउले बिदेशी स्वदेशी दुवै पर्यटकलाई लोभ्याउछ।
A-Cho is in a nice indoor mall, nearby a mameshiba cafe!!! And an owl cafe!!!! And a bengal cat cafe??!!!! (Didn’t take photos of those cafes tho, sorry) pic.twitter.com/emlfDPYfwk
— Persona (@personasama) January 2, 2018
खानाका पारखीहरुको लागि तेरामाचीको पश्चिम आर्केड घुम्दा रमाइलो हुन्छ। यो एरियामा थुप्रै फुड भेण्डरहरु छन्। उनीहरु यहाँ माछा, सब्जी देखि क्योतोको लोकप्रिय माच्या(ग्रीन टी) प्रयोग गरिएका खाने कुराहरु पाईदछ। उत्तरबाट दक्षिन लाग्ने एभेन्युमा चाहि थुप्रै रेस्टुराण्टहरु छन्। यहाँ कानी(गगटा)को रेस्टुराण्ट “कानी दोराकु” पनि छ। तेरामाचीको ठूलो क्षेत्रफ़लले गर्दा यो एरिया क्योतो घुम्न आएकाहरुको लागि प्रमुख शपिंग क्षेत्र हो। यहाँ खानाको मात्र नभई किताब, कपडा, कोशेली किन्ने पसलहरु छन्।
मनोरंजनको लागि पनि तेरामाचीमा गेमिंग आर्केडहरु राखिएको छ। ओमेगा गेम पार्लर, पाचिन्को, गेम सेन्टर , राऊण्ड वान, र थुप्रै काराओकेहरु छन्। मोभिक्स मुभी थिएटर, फिल्म हेर्न जना चाहनेहरुको लागि गन्तब्य हो। त्यसैगरि आनिमेको स्टोर, एनिमल क्याफेहरुले हजुरको क्योतोको यात्रा अझ रमाइलो बनाउन सक्ने छ। तेरामाची क्षेत्रमा थुप्रै जापानी श्राईन भएकोले हजुर त्यहाँपनि घुम्न सक्नु हुनेछ।
तेरामाचीमा धेरै जसो पर्यटक झुमिने हुनाले यो ठाउमा थुप्रै फेस्टिभल हुने गर्दछ। जुलाई महिनामा हुने गिओन माचुरी ति फेस्टिभल मध्य एक हो। यो फेस्टिभलमा तेरामाची क्षेत्रको सडक मानिसहरुले भरिन्छ। यो बेला यहाँ निकै ठूलो परेड लाग्दछ। मानिसहरु ध्वजा पताका र ठूलो रथ लिएर हिद्दछन। पर्यटकहरुले यो बेला बासुरीको आवाज मजाले सुन्नसक्ने छन्। तेरामाचीको सडकमा हुने भएको यो माचुरी यहाँ बाट निकै राम्रो देखिन्छ।
त्यसैगरी कियोमिजु-देरा मन्दिर र इम्पेरल प्यालेस पार्क कन्टेम्पोररी क्योटो हेर्नको लागि जनै पर्ने स्थल हो। यहाँ भएका पसल, हाट बजार , ठेला गाडा पसल, रेस्टुराण्ट, र मनोरंजनका अनेकौ उपायले हजुरको क्योतोको यात्रा निकै रमाइलो बनाउने छ।