दाईसोमा किनिन सकिने ४ किसिमका जापानिज मस्कट पेन

  • Shopping
  • जापानीहरु सानो र क्युट सामानहरु बनाउन निकै पोख्त छन्। यी सामानहरुले जो कोहिलाई पनि लोभ्याउछ। हजुरलाई पत्तै हुदैन तर हजुरले थुप्रै समान किनेर आफ्नो झोला भरिसकेको हुनु हुनेछ। दाईसो जापानको निकै पपुलर १०० येन स्टोर हो। यहाँ १०० येनका अनेकौ मन लोभ्याउने सामानहरु पाईन्छ। यी सामान मध्ये धेरैले किन्ने समान हो मस्कट पेन। यी पेनहरु सामान्य लेख्ने कलम हुन्, तर यिनीहरुको टाउकोमा ठुलो थिम फिगर हुने गर्दछ। थिम फिगरले यी पेनलाई निकै क्युट बनाउदछ। दाईसोको ईण्ट्रान्समा राखिने यो पेन पक्कै पनि आफ्नो सपिङ्ग लिस्टमा राख्नु होला। आज हामी हजुरलाई यी पेनमा राखिएको लोकप्रिय ४ थिमको जानकारी गराउनेछौ।

    १) सुशी स्टाईल

    यी सुशी स्टाईलका पेन धेरैको लागि रमाइलो गिफ्ट बन्न सक्दछ। यी पेनले हजुरलाई जापानमा बस्दा खानु भएको विभिन्न प्रकारको सम्झाना दिलाउने छ। यी माथि चित्रमा देखाईएका सुशी भने मागुरो, ईकुरा(साल्मोनको अण्डा) र श्रीप्म हुन्। अन्य पनि थुप्रै भेराईटिका सुशी थिम पेनहरु यहाँ पाईन्छ। जापान आउनु भएको मौकामा यी देख्दै अचम्मका पेनहरु किनी आफ्ना साथीहरुलाई गिफ्ट दिनुहोस।

    २) सुमो स्टाईल

    नाम जस्तै यी पेनको टाउकोमा सुमोको सानो आकृति हुन्छ। यी पेनहरु रातो र निलो दुइ रंगमा पाइन्छ। रातो रंगको पनमा रहेको सुमो अलि रिसाहा मुडमा हुन्छ। निलो रंगको पेनको सुमो भने खुसि मुडमा हुन्छ। त्यसैले दुवैलाई मिलाउनुहोस। दुवै पेन लिनु होस्। असली सुमो हेर्न धेरै धाउनु पर्ने भए पनि यी नक्कली सुमो मस्कट सजिलै हात पर्न सक्नु हुनेछ।

    ३ ) दारुमा स्टाईल

    दारुमाले गुड लक जनाउछ। यदि हजुरलाई प्रतेक चोटी कपिमा लेख्दा गुड लक चाहिएमा यो दारुमाको क्युट प्रतिक भएको पेन किन्नुहोस। यी सुन्दर सुनौला तालिस्मानहरु वेभी स्टाईलका पेनको टाउकोमा राखिएको छ। जापानी जेन धर्मको ’boutमा रुचि भएकोहरुको लागि यो दारुमा स्टाईलको पेन निकै राम्रो गिफ्ट बन्न सक्छ।

    ४) ल्याण्टर्न स्टाईल

    यो पेन स्टाईल को ल्याण्टर्न हजुरले जापानको फेस्टिभल र इजाखायामा देख्नु भएको होला। यसलाई जपनिमा चोउछिन् भनिन्छ। यो बत्तीमा केहि न केही लेखिएको हुन्छ। माथि देखाइएको चित्रको बाया पट्टिको ल्याण्टर्नमा “धेरै ग्राहक” र दाया पट्टिको मा “फेस्टिभल” लेखिएको छ। यदि हजुरलाई आफ्नो देश फर्के पछि पनि जापानको फेस्टिभल यादगार बनाउन छ भने पक्कै पनि यो पेन किन्नु होला।

    *Featured Image: Author’s Photo