सावधान रहनुस – जापानको सबै भन्दा विषालु प्राणि

  • HEALTH and BEAUTY
  • LIVE and WORK
  • TRAVEL
  • जापान एक सुन्दर देश हो। यो देशमा धेरै टापुहरु छन्। त्यसैले यहाँ विभिन्न प्रजातिका जीव जन्तुहरु पनि छन्। यी जीव जन्तुको ’boutमा थाह पाईरहनु भयो भने हजुरलाई पक्कै पनि जापानमा भ्रमण गर्दा निकै सहज हुनेछ।
    आज हामीले हजुरहरुलाई जापानको एउटा यस्तो प्राणीको ’boutमा बताउनेछौ जुन निकै नै खतरनाक रहेको छ। यो भन्दा अगाडी पनि हामीले हजुरहरुलाई सुजुमे बाचीको बरेम्मा बताएको थियौ। आज हामी हजुरहरुलाई अर्को निकै बिषालु प्राणिको जानकारी गराउनेछौ। यो प्राणि दक्षिन जापानको रिउक्यु टापुमा पाईन्छ। दक्षिनी टापु ट्रपिक मौसम हुने भएकोले यस्ता जीवहरु यहाँ धेरै पाईन्छ। आज हामीले जानकारी गराउन लागेको जीव यस्तै जीव हो। यसको नाम हाबू कुरागे हो। यसलाई अंग्रेजीमा बक्स जेलिफिश भनिन्छ।

    बक्स जेलीफिश – हाबू कुरागे

    यो हाबू जेलिफिश निकैनै खतरनाक प्राणि हो। यो निकै बिषालु हुने गर्दछ। यो ओकिनावाको समुद्रमा धेरै हुने गर्दछ। जब तापमान बढेर आउछ, यो कुरागेको संख्यामा पनि बृदि हुदै आउछ। यसले निकै समस्या लिएर आउछ किनकि धेरै पर्यटकहरु ओकिनावाको समुद्रमा र मौसमको रमझममा व्यस्त जिबन बिर्सन आउछन।यी जेलिफिशहरु सजिलै देखिदैन। यी जनावरको कुनै रंग नहुने भएकोले सजिलै देखिदैन। यो पारदर्शी प्राणि एउटा वा झुण्डमा हजुरको नजिकै आइसकेको हुनेछ तर हजुरले पत्तो पनि पाउनु हुने छैन।

    यो कुरागेको टेण्टाकलमा नेमटोसिस्ट हुन्छ। यो नेमाटोसिस्टमा निकै बिषालु तत्व हुदछ। यो प्राणिले टोकेमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन। यसो डंकले सुरुमा त ब्लिस्टर हुदछ, त्यसपछि हजुरको टिस्युको कोषहरु सबै नस्ट हुन सक्दछन। खराब स्थितिमा स्वास प्रशासमा अबरोध , मुटुको चालमा अबरोध आउन सक्छ र हजुरको मृत्युपनि हुन सक्दछ।

    टोकेमा के गर्ने ?

    यदि हाबू कुरागेले हजुरलाई टोकेमा घाउमा नमाड्नु होस्। घाउमा भिनेगर लगाउनु होस् अनि त्यो टेन्ताकल हटाउनुहोस। टेण्टाकल हटाएपछि आईस लगाउनु होस्। हस्पिटल जान नहिच्किचाउनु होस्। हस्पिटल वा क्लिनिक जानु भयो भने त्यो प्राणि को डंक बाट आइपर्ने धेरै समस्याहरुको चाडै उपचार गर्न सकिन्छ।

    अर्को कुरा समुद्रमा जादा सेफ्टी जोनमा मात्र खेल्ने गर्नुहोस्। ओकिनावाको समुद्रमा नेटहरु रखिएको छ। त्यसको अर्थ त्यो भन्दा बाहिर पौडीन नजानु भन्ने हो। यसको कारण बिदेशीहरुलाई हाबू कुरागेले नटोकोस भनेर हो। अर्को कुरा जापानमा अरु थुप्रै किसिमको जेली फिश पाईन्छ। एउटा अर्को प्रजातिको जेली फिश पोर्चुगिस म्यान ओ वार भन्ने हुन्छ। यी जेली फिश निकै सुन्दर हुन्छन। यी जेलिफिशको टेण्टाकल निलो रंगको हुने गर्दछ। यो जेलिफिश पनि निकै बिषालु हुने गर्दछन। तर यो जेलिफिशले तोक्दा भिनेगर लगाउनु हुदैन। यसले घाउ झन् गहिलो बनाउछ।

    टोकाईबाट कसरि बच्ने?

    हामीले माथि पनि भनेका छौ कि यो प्राणि पारदर्शी हुने भएकोले देख्न निकै गारो हुन्छ त्यसैले यसको टोकाई बाट बच्न र तोके पनि असर न्युन गर्न विभिन्न उपाय अपनाउदा राम्रो हुन्छ। सबै भन्दा उत्तम उपाए भनेको र्याष गार्ड वा स्विम शर्ट लगाउनु हो। स्विम गर्दा आफ्नो स्किन सके सम्म छोप्नु पर्दछ। यसो गर्दा हाबू कुरागेको नेमटोसिस्ट हजुरको छाला भित्र सम्म छिर्न पाउदैन र धेरै असर गर्न पाउदैन। यी हाबू कुरागेहरु धेरै जसो झुण्डमा पौडिने भएकोले यी उपाय अपनाउनु पर्दछ।

    समग्रमा हाबुकुरागेहरु खतरनाक हुन्छन। तर यसको डरले हजुरहरुको ओकिनावाको प्लान क्यान्सल गर्नु भने पर्दैन। हामीले बताएको कुरा अपनाउनुहोस र ओकिनवाको सुन्दरताको मजा लिनुहोस्।