जापानमा मेरो पहिलो महिना – खाना विशेष

  • CULTURE
  • HEALTH and BEAUTY
  • HOW TO
  • LIVE and WORK
  • Society
  • यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ भने सधै बाहिर रेस्टुराण्टमा खानु ठिक होइन। रेस्टुराण्टमा सदै खानु भयो भने हजुरले धेरै नै पैसा खर्च गर्नु हुनेछ।

    म र मेरो परिवार पेसकाटेरियन भएकोलेहामी मासु खादैनौ तर सी फुड खान्छौ। भाग्यवस जापानमा सी फुड जता ततै पाइने हुनाले मलाई भेजिटरियन जस्तो खाना गारो अवस्था आइपरेको छैन। तर रामेनको ब्रोथमा बिफ वा पोर्क हुने भएकोले म रामेन खादिन। तोफुको परिकार मा पो तोफुमा पनि पोर्क हुने भएकोले म अलि हिच्किचाउछु। यदि हजुर भेगन र भेजिटरियन हो भने पनि चिन्ता नलिनुहोस, रेस्टुराण्टमा सोध्नु भयो भने सजिलै भन्दिनछन्। यदि हजुर आफ्नो खाना आफै बनाउने सोचमा हुनु हुन्छ भने त खासै समस्या नै आउदैन।

    जापानी सुपरमार्केटमा जादा मलाई जापानी भाषा नआउने भएकोले गुगल ट्रान्स्लेट धेरै प्रयोग गर्दछु। यसले मलाई धेरै सहयोग गरेको छ। तर अचम्मको कुरा के भने, मेरो घरमा सदै खाने खाना त जापानमा धेरै नै महँगो पर्दो रहेछ। मैले उता स्टेट्समा खाने खाना त जापानमा लग्जरी फुड बन्दो रहेछ। मलाई आप मनपर्ने भनेर फ्रुट सेक्सनमा गैर हेरेको, एउटा आपको मूल्य ८ डलर रहेछ। म ह्वाइट राईस खादिन त्यसैले किन्वा किन्न खोज्दा २०० ग्रामको प्याकेट को ५ डलर रहेछ। तैपनि किन्वा किनेर फर्के। किन एस्तो महँगो होला जापानमा भनेर पछि रुम आएर नेटमा हेरे। किन भन्दा त जापानमा कुनै कुनै फलफुललाई लग्जरीको रुपमा लिईने गर्दा रहेछन। कुनै कुनै फलफुल त १०० डलर पनि पर्दो रहेछ। यी फलफुलहरु निकै मिहेनतले लगाईने हुनाले यति महगो हुने थाह पाए।

    मैले घरमा खाने खाना यति धेरै महँगो भएको थाह पाएर म निकै निराश भए। तर पनि मैले हार मानिन। मलाई यहाँ २ महिना जो बस्नु थियो। मैले मेरो खानालाइ जापानी स्टाईलको बनाउने निर्णय गरे। काममा जादा लन्चको लागि मैले ब्राउन राइस, श्रीम्प र सिजनको भेजिटेबल लान थाले। ब्रेकफास्टको लागि ओट मिल, अल्मोण्ड मिल्क र स्याउ खान थाले। डिनरको लागि एबोकडो टोस्ट र अण्डा खान थाले। एबोकडोको दुइ देखि चार डलर पर्ने भएपनि मैले यो चाही आफ्नो डाईटमा राखे।

    यदि हजुर खाना बनाउन त्यति मन पराउनु हुदैन भने सेभेन ईलेभेन र फ्यामिली मार्ट जस्ता कम्बिनीहरुमा हजुरलाई आफ्नो चोईस अनुसारको थुप्रै खाना पाउन सक्नु हुनेछ। कमिबिनीमा फ्रेश बेन्तो, ओनिगिरि र स्याण्डविच हुने भएकोले आफ्नो रोजाईको खाने कुरा लिनुहोस्। मैले जापान आएको पहिलो हप्ता कम्बिनिको बेन्तो बिहान लन्च र डिनर दुबैमा खाएको थिए। कम्बिनिको बेन्तोमा दुवै जापानी स्टाइल र वेस्टर्न स्टाईलका खानाहरु हुने गर्दछन।

    यदि हजुर जापानमा आएर आफ्नो खान्कीमा आइपर्ने कुराले चिन्तित हुनु हुन्छ भने निर्धक्क हुनुहोस। हजुरले आफ्नो जापानको अनुभबमा थुप्रै मिठा र केहि अचम्म लाग्दा खानेकुराहरु भेट्नुहुनेछ। यो पनि त नया ठाउँमा जानुको नौलो अनुभब हो।