जापान मिडिया आर्टस फेस्टिभल, विभिन्न आर्टवर्कको प्रदर्शनी।

  • ART
  • CULTURE
  • EVENT
  • tokyo
  • यहि जुन महिनामा टोक्योको ओदाईबामा २२औ जापान मिडिया आर्ट्स फेस्टिभल थुप्रै भेन्युहरुमाभएको थियो। शो ओदाईबाको मिराईकानमा भएको थियो। मिराईकान एउटा म्युजियम हो जसले विभिन्न शिर्षकमा एक्जिबिसनहरु प्रदर्शन गर्दछ। जुन १ देखि १६ सम्म भएको एक्जिबिसनमा बर्ष भरिका अवार्ड जितेका आर्ट र ईन्टरटेनमेन्टहरु राखिएको थियो। यो व्क्जिबिसन टोक्योमा भएता पनि , १०० भन्दा बढी देशका मानिसहरुले ४००० भन्दा बढी आर्ट पिस पेश गरेका थिए। धेरै मानिसहरुले मिडिया आर्टलाई कनटेम्पोररि आर्ट; मान्गा र आनिमे सोच्ने भएता पनि यो एक्जिबिसनमा थुप्रै विधामा आर्ट प्रदर्शन गरिएको थियो।

    मान्गा

    Author’s photo

    मान्गा जापानमा निकै ठुलो बिजिनेस हो। तर यो एक्जिबिसनक फाईनलमा भने मान्गा सुरुभएको देश जापानबाट भन्दा पनि अरु देश बाट थुप्रै थिए। दर्शकहरुको लागि मान्गा पढ्न दुई वटा रुम राखिएको थियो। मान्गाहरु थुप्रै जन्रका राखिएको थियो। रोमान्स, हेल्थ, हरर जन्रका मान्गा फाईनलमा पुगेका थिए। तर ति सबै मध्य एउटा मंगाले सबैको ध्यान खिच्न सफल भएको थियो। त्यो एक साईन्स फिक्सन जन्रको “ओरीजिन” नाम गरेको मान्गा थियो। यो मान्गा दक्षिन कोरियाका मान्गा आर्टिस्ट बोइचिले बनाएका हुन्। अन्तरास्ट्रिय दर्शकले बोइचिको शोनेन जम्प मान्गा DR। स्टोन धेरै रुचाएका थिए। यो एक्जिबिसनमा जानेहरुले जापानमा मान्गा किन यति धेरै लोकप्रिय छ भन्ने कुरा बुझ्नु हुनेछ।

    एनिमेसन

    Author’s photo

    अनिमेसन निकै पपुलर मिडिया आर्ट हो। यो विधामा भने फ़ाईनलिस्टमा यहि विधामा पोख्त आर्टिस्ट हिसोने र मासोतान, मिराईका वर्कहरु थिए। तर केहि पेश गरिएका एनिमेसन सानो स्केलका ईरान र फ्रान्सका स्वतन्त्र आर्टिस्टहरु पनि थिए। एनिमेसन प्रदर्शन गरिएको स्थान संग संगै यो एनिमेसन बनाउन प्रयोग गरिएको मोडल शिट, क्यारेक्टर डिजाईन, कलारिंग प्रोसेसको वर्कफ्लो पनि राखिएको थियो। एनिमेसन विधामा ग्राण्ड प्राईज फ्रान्सको आनिमे “La chute ” ले पाएको थियो। यो फेस्टिभलमा एनिमेसन हेर्नको लागि थुप्रै कोठा हरु छुटाईएको थियो। दर्शकहरु यी रूममा गई एनिमेसन हेरेर ति फिल्महरु ईभ्यालुएट गर्न सक्दथे।

    आर्ट

    Author’s photo

    मोडर्न आर्ट दुवै सरल वा निकै कम्प्लेक्स हुने गर्दछन। यी आर्टहरु कुनै सम्मान्य प्रेजेण्टेसनका हुन्छन भने कुनै नुकै जटिल स्वभाबका हुन्छन। फाइनलमा राखिएका आर्टहरुले दर्शकहरुलाई छुट्टै सेन्सेसन दिने खालको थियो। दर्शकहरुले सानो भन्दा सानो बस्तुमा आर्ट प्रयोग भएको देख्न पाउदथे। त्यस मध्य कल्चर पेपरकट (कागजमा ब्याक्टेरिया), वातागेहरु केहि हुन्। केहि आर्टभने निकै ठुला खालका थिए। बत्ति र लेजर प्रयोग गरिएको आर्ट पनि थुप्रै राखिएको थियो। फाईनल अवार्ड भने पल्सेस टाईटल गरेको आर्टले जितेको थियो। यो आर्टमा LED लाईट र साउण्ड ईमिटर रखिएको थियो। यी लाइटले एक प्रकारको निकै अर्गानिक ध्वनि निकाल्ने गर्दथे।

    ईन्टरटेनमेन्ट

    Author’s photo

    यो विधामा सबै भन्दा धेरै मिश्रीत मिडिया आर्ट सामेल थियो। यी मिडिया भिजुअल र टेक्निकल कलाले पोख्त थिए। ईण्ट्रिमा कम्प्युटर एप्प देखि म्युजिक भिडियो, लाईभ अनुभब थिए। यी सबै आर्टले ईन्टरटेनमेन्टलाई कसरि छुट्टा छुट्टै रुपमा व्याख्या गर्न सकिने देखाएको थियो। रनर अपमा लिन्ने लेन्स परेको थियो। यो एपले हजुरको स्मार्टफोनको क्यामेराले जनावर चिन्ने र हजुरलाई सुचित गराउने गर्दछ। अर्को रनर अपमा टिक तोक एप पनि परेको थियो। ग्राण्ड पाईज भने कमेडी प्रोग्राम ” चिक्को सान विल स्कोल्ड यु ” ले पाएको थियो। यो प्रोग्राममा मास्कट चिक्कोले शोमा आएका पाहुनालाई थुप्रै किसिमका प्रश्न सोध्ने गर्दछ।

    Featured image is Author’s photo