के हजुरले आफ्नो रामेन आफैले बनाउनु भएकोको छ : कप नुडल म्युजियममा एक दिन

  • LIVE and WORK
  • RECOMMENDED
  • TRAVEL
  • tokyo
  • मैले जापानको ’boutमा सोच्दा कप नुडल मेरो दिमागमा आईहाल्छ। म कप नुडल हप्तामा एक चोटी खाईरहेको हुन्छु। जब मैले टोक्यो बाट एक घण्टाको दुरीमा कप रामेनको म्युजियम छ भन्ने थाह पाए, मलाई त्यहाँ जान मन लाग्यो। अनि अघिल्लो आइतबार म त्यहाँ गए। यो म्युजियम योकोहामा भन्ने ठाउमा रहेको छ।

    आइतबार घाम लागेको थियो। म आफु बस्ने हाकुसान बाट मिता लाईनको ट्रेन चढि देन-एनचोफु सम्म पुगे। त्यस पछि तोक्यु-तोयोको लाईन चढेर मिनातोमिराई स्टेसन। मलाई त्यहाँ सम्म पुग्न १ घण्टा १६ मिनेट लागेको थियो। यो म्युजीयम भेट्न त्यति गारो छैन। किनकि यो ठाउ योकोहामा कोस्मो वर्ल्डको फेरिस व्हीलको दाया पट्टि छ। तर यो म्युजियमको बिल्डिंग छेउ छाउको अरु बिल्डिंग संग ब्लेण्ड हुने हुनाले बाहिर बाट हेर्दा कुनै म्युजियम जस्तो छैन। तर हुन पनि यो कुनै सामान्य म्युजियम पनि त होइन। रातो ईट्टाको त्यो बिल्डिंग देखेरमा थोरै निराश भने पक्कै भए।

    तर जब म म्युजियम भित्र छिरे, मलाई अलगै दुनियामा पुगेको जस्तो लाग्यो। यहाँको गिफ्ट सप कप नुडल नै कप नुडलले भरिएको थियो यति धेरै रामेन मैले आफ्नो जिबनमा देखेको थिईन। अगाडी एउटा ठुलो काठको भर्याङ्ग थियो। यो भर्याङ्गले रामेनको स्वर्गमा जाने बाटो देखाईरहेको थियो।

     

    View this post on Instagram

     

    A post shared by 手塚康行 (@tezukasphoto) on

    यदि हजुरहरुलाई योकोहामा कप नुडल म्युजियमको जानकारी छैन भने, यो एक इण्टरियाक्टिभ म्युजियम हो। यो निस्सिन फुड प्रडक्टले खोलेको हो। यो कम्पनीकै फ़ाउण्डरले इन्स्टाण्ट रामेन जन्माएका हुन्। यो म्युजियम को स्थापना सन् १९५८मा भएको हो। यो म्युजियमले रामेनको ईतिहास र त्यस सम्बन्धित् जानकारीहरुको अनेकौ प्रदर्शनी गरिरहन्छ। यो ठाउ आफ्नो परिवार संग विकेन्डमा जान रमाईलो छ।

    ५०० येनको टिकेट किनेर मा आफ्नो कप नुडल बनाउने फ्याकटरि तिर लागे। म त्यो ठूलो भर्याङ्ग चढेर कप नुडलको ईतिहास भएको क्युब रुममा पुगे। त्यो कोठा इन्स्टाण्ट रामेन र चिकेन रामेनहरु राखिएको थियो। यी कुनै कुनै रामेन सन् १९५८मा पहिलो चोटी उत्पादन गरिएको थियो। अनि त्यसपछि अहिलेको जापानी बजारमा पाइने अनेकौ रामेन र बिदेशी बजारमा जाने रामेनहरुको भण्डार छ।

     

    View this post on Instagram

     

    A post shared by Cassandre (@neverlandtowonderland) on

    ईतिहास क्युब रुम संग मोमोफुकु थिएटर जोडिएको छ। यो एउटा मिनी थिएटर हो। यहाँ हजुरले १४ मिनेटको एनिमेसन भिडियो हेर्न सक्नु हुनेछ। यो एनिमेसनमा मोमोफुकु एन्दोको क्यारेक्टरले आफुले कसरी कप रामेन पहिलो चोटी बनाएको भन्ने कुरा बताउछन। बनाउने क्रममा भोग्नु परेको अनेकौ समस्या ’boutपनि मोमोफुकुले त्यो भिडियोमा बताउछन। यो एनिमेसन भिडियो हजुरले कोरियन, इन्ग्लिश, चाईनिज भाषामा पनि हेर्न सक्नु हुनेछ। एनिमेसननिकै रमाइलो र फोकस गर्न सजिलो खालको छ।

    एनिमेसन हेरेपछि म म्युजियममा एता उता घुम्न थाले। मा आफ्नो कप नुडल बनाउने पालो कुरेर बस्दै थिए। यो म्युजियमला अनेकौ मोडर्न आर्ट पनि छ। अनि एन्दो सानले आफ्नो जिबन एउटा नया खाना बनाउन व्यतित गरेको कुरा सुन्दा निकै अचम्म लाग्दछ। मेरो पालो आउन अझै केहि समय भएको हुनाले मा म्युजियम बाट देखि निकै राम्रो भ्यु हेर्न थाले। म्युजियम बाट योकोहामा बे देखिन्छ।

    Author’s photo

    मेरो पालो आएपछि म वर्कसप लोकेसनमा गए जुन मानिसको भिडले भरिएको थियो। आफ्नो कपको लागि ३०० येन तिर्नु पर्ने थियो। त्यसपछि म डेकोरेटिङ्ग स्टेसन गए। त्यहाँ मैले आफ्नो कपमा आफुले मन चाहेको डेकोरेसन गर्न पाउदथे। त्यो ठाउमा विभिन्न स्टिकरहरु राखिएको थियो। ति स्टिकर प्रयोग गरेर मैले आफ्नो कप डेकोरेट गरे। म जापानमा भएकोले आफ्नो कपमा केहि अर्थ पूर्ण कुराले रनगाउन मन लाग्यो। त्यसैले मैले टोक्यो टावर र गुदेतामा रोजे।

    Author’s photo

    आफ्नो कप डेकोरेट गरेपच्ची मैले त्यहाँ कपमा रामेन कसरि हाल्दा रहेछन भन्ने पनि हेर्न पाए। मैले आफ्नो मन पसन्द फ्लेभर पनि चुज गरे। टपिङ्ग भने चार वटा प्रकारको राख्न लगाए। लास्टमा कपलाई कसरि सिल गरिने रैछ भनेर पनि देखाए।

     

    View this post on Instagram

     

    A post shared by Japan Info🗾 (@jpninfo) on

    मूल्य सोच्ने हो भने अलि महँगो भएता पनि आफ्नो कप नुडल बनाउदा निकै रमाइलो हुन्छ। यो नौलो अनुभब भएकोले पक्कै पनि यहाँ गएर माई कप नुडल बनाउने रेकमेण्ड गर्दछु। यो म्युजियममा चिकेन रामेन फ्याकटरि पनि छ। यहाँ हजुरले आफ्नै ह्याण्ड मेड चिकेन रामेन बनाउन सक्नु हुने छ। हजुरले यहाँ पिठो मुस्ने, बेल्ने, बफ्याउने र सिजन गर्ने सबै अनुभब बटुल्न सक्नु हुनेछ। तर यो वर्कसपमा निकै कम सिट भएकोले हजुरले अगाडीनै रिजर्भेसन गर्नु पर्ने हुन्छ। नत्र सिट पाउन निकै गारो हुन्छ।

     

    View this post on Instagram

     

    A post shared by Live to Travel ✈️🌍 (@ltt.livetotravel) on

    त्यसैगरि यहाँ कप नुडल पार्क पनि छ। यो पार्क भने ३ बर्ष माथिका बालबालिकाहरुको लागि हो। यो थिम पार्कमा बच्चाहरु रामेन बन्ने प्रक्रिया देखि कसरि सिप हुन्छ भन्ने सम्म थाह पाउन सक्छन। उनीहरु नुडलनेट चढेर आफ्नु पनि नुडल जस्तै भाको फिल गर्न सक्छन। त्यसपछि सिजनिंग पुलमा पुदिना सक्छन र त्यसपछि चिप्लेटी बाट कसरी कार्ड बक्समा पुग्ने देख्न सक्छन।

    यो सबै वर्कसप पछि हजुरलाई पक्कै भोक लाग्न सक्दछ। त्यसैले हजुर पक्कै नुडल बजार घुम्नुहोस। यहाँ हजुरले नुडलको अनेकौ भेराईटि पाउन सक्नु हुनेछ। यहाँ इटाली को पास्ता देखि थाईल्याण्डको टम यम गॊङ्ग सम्म पाउन सक्नु हुन्छ। यी सबै नुडलको मूल्य ३०० येन पर्दछ। यदि हजुरलाई विकेन्डमा कतै रमाइलो गर्नु छ भने पक्कै पनि यो रामेन म्युजियम जानु होस् यहाँ हजुरले छुट्टै अनुभब बटुल्नु हुनेछ भन्ने विस्वास गर्दछु।

    थप जानकारीको लागि यहाँ क्लिक गर्नु होस्।