टोक्योको हाईड्रानजिया फेस्टिभलको सुन्दरता एक्सप्लोर गर्नुहोस्।

  • CULTURE
  • tokyo
  • tradition
  • जापानमा गर्मि महिना आए लगतै मनसुन सुरु हुन्छ। त्यसै गरि गर्मि पनि हपक्क हुने गरि बढ्न थाल्दछ। पानी परे संगै टोक्योको धेरै ठाउमा फुलहरु फुल्न थालछन्। टोक्योको बुन्क्यो सहरमा भने हाईड्रानजिया फुल फुले संगै हाईड्रानजिया फेस्टिभल मानिन्छ। यो फेस्टिभललाई जापानीमा आजिसाई माचुरी पनि भनिन्छ। यो पर्ब बर्षेनी बुन्क्योको हाकुसान मन्दिरमा जुन महिनामा मनाईन्छ। सयौ मानिसहरु मन्दिर र रंगी चंगी हाईड्रानजिया फूल हेर्न यहाँ आइपुग्छन। यो मन्दिर तोएइ मिता लाईन लाईन नजिक भएकोले जना निकै सहज छ। यदि हजुर जापान समर होलिडेको लागि आउदै हुनु हुन्छ भने फेस्टिभलहरु हेर्ने हजुरको बकेट लिस्टमा राख्दा हुन्छ। जापान ईन्फोको टिम जुन महिनाको ८ गते देखि १६ गते सम्म भएको यो फेस्टिभल हेर्न गएको थियो। हामि हजुरहरुलाई यहि सम्बन्धमा आज जानकारी गराउने छौ। आजिसाई माचुरीमा गर्न सकिने कुराहरु के के हुन् त आउनुहोस थाहपाई राखौ।

    मन्दिरमा प्रार्थना गर्नुहोस्

    जापानको धेरै फेस्टिभल सरि हाईड्रानजिया फेस्टिभलको पनि बालि भित्र्याउने खुसियालीमा मनाईन्छ। गर्मीमा फूल्ने हाईड्रानजिया फूललाई शुभ साईत मानिन्थ्यो। अहिले बुन्क्यो क्षेत्रमा कुनै बालि नलगाईने भए पनि यो पर्ब भने हर्षो उल्लासका साथ मनाईन्छ। यो पर्बलाई अझै पनि सुभ बर्षको सुभ साईत मानिन्छ। यस्तै पर्वको बेला मानिसहरु मन्दिर गएर प्राथना गर्ने गर्दछन। यदि हजुरपनि जापानी जसरी मन्दिरको घन्टी बजाएर मन्दिरलाई दान दिन चाहनु हुन्छ भने लाईनमा बस्नुहोस्। यी लाईनहरु निकै लामो पनि हुन सक्छन। कुनै कुनै पर्बमा त मन्दिर पुग्न २ घण्टा सम्म लाईन बस्नु पर्ने हुन सक्छ।

    फेस्टिभलको फुड खानु होस्

    जापानी फेस्टिभलको रमाइलो त्यहाँ स्टलमा रखिएको अनेकौ खान नाचाखी आउदैन। यदि हजुर जापानी फेस्टिभल जादै हुनु हुन्छ भने पक्कै केहि नखाई जानु होस्। त्यहाँ हजुरले अनेक थरिका खाना चाख्न पाउनु हुनेछ। यी खानाहरु त्यहि स्टलमा बनाईने हुनाले फ्रेश र मिठो हुन्छन। फेस्टिभलमा हुने खानाहरु मध्य याकी सोबा र आईस गोला केहि पपुलर हुन्। तर अन्य थुप्रै थरिका खानाहरु पाइने हुनाले नया र अनौठा खानाहरु चाख्न नबिर्सिनु होस्। मैले चाहि थय्ही ठेलामा बनाएर बेचेको केक पप खाए। जापानमा गर्मि महिनाको सुरुवात स्टल स्ट्याण्डको खान नखाई हुदैन।

    मिकोशी बोकेको हेर्नुहोस्

    Author’s photo

    यदि हजुरले नेपालको जात्रा हेर्नु भएको छ भने जापानको यी माचुरीहरु उस्तै उस्तै हुन्छन। यो माचुरीमा पनि जात्राको जस्तै रथ हुन्छ। तर यो रथ नेपालको भन्दा निकै सानो हुन्छ। यसमा मिकोशी भनिने देउतालाई बोकिन्छ। यो एउटा सानो बोक्न मिल्ने मन्दिर हो, जसलाई फेस्टिभलको सुरुवातमा अन्यत्र लगिन्छ अनि फेस्टिभल सिद्दिएपछि फिर्ता लिएर आइन्छ। यदि हजुर फेस्टिभलको सुरुवात वा अन्त्य तिर आउनु भयो भने यो रथ बोकेको देख्न पाउनु हुनेछ। यो हेर्न निकै रोचक हुन्छ किन भने थुप्रै लोकल मानिसहरुले यो रथ बोक्दै हल्लाउदै लिएर जान्छन।

    हाईड्रानजिया फूलको सजावटमा रमाउनु होस्

    आजिसाई पर्वको रमाइलो त्यहाँ राखिएको हाईड्रानजिया फूलको सजावट नहेरी पुरा हुदैन। श्राईनमा थुप्रै हाईड्रानजिया फुलहरु सजाएर राखिएको हुन्छ। फुल सजाएर राख्ने कलामा जापानीहरु पोख्त हुन्छन। यो कलाला जापानमा इकेबाना भनिन्छ। कुनै कुनै माथि चित्रमा दीएको जसरि सजाईएको हुन्छ। थुप्रै हाईड्रानजियाका बिरुवाहरु यहि पर्वकोलागि भनेर हुर्काईएको हुन्छ। यी फूलहरु धेरै जसो हल्का निलो रंगका हुने भएता पनि मन्दिरको ग्राउण्डमा सेतो र रातो रंगका फूलहरु पनि देख्न सकिन्छ।

    जापानमा वर्ष भरि अनेकौ जात्रा र फेस्टिभल हुने गर्दछ। आजिसाई माचुरी त एउटा सानो र सामान्य फेस्टिभल हो। यदि हजुर टोक्योको गर्मीमा गर्न सकिने केहि क्रियाकलाबहरुको खोजीमा हुनु हुन्छ भने पक्कै यी जात्राहरु घुम्नु एउटा हुन सक्छ। यी चाड पर्बले हजुरलाई जापानको रिति रिवाज संग घुलमिल हुने मौका दिनेछ। मलाई व्यक्तिगत रुपमा भन्दा यो हकुसान मन्दिरमा लाने हाईड्रानजिया पर्ब निकै रमाइलो लाग्यो। के हजुर जापानको कुनै पर्ब/ माचुरी हेर्न जानु भएको छ ? भएको छ भने हामिलाई हजुरको अनुभब सुनाउनुहोस।

    हाईड्रानजिया पर्बको थप जानकारी (बुन्क्यो सिटि वेबसाईट, जापानिज भाषामा )