अन्य कुनै देश घुम्न जादा मनमा आईरहने सोच भनेको त्यो नया ठाउमा के के हेर्न लायक छ वा कस्ता ठाउहरु छन् भन्ने कुरा हुन सक्छन। जापान पनि पहिलो चोटी आउनेहरुलाई यस्ता प्रश्नहरु आउन सक्छ। जापानमा यस्ता घुम्ने ठाउ धेरै छन्। टोक्योमा मात्रै पनि हजुरले राम्रो संग घुम्न थाल्नु भयो भने हेर्नु पर्ने र जानु पर्ने ठाउँ अनगिन्ति छन्। यस्ता ठाउ मध्य सपिङ्ग मल पनि एक हो। टोक्योका यी थुप्रै मलहरुमा हजुरले अनेकौ ब्रान्डका समानहरु किन्न सक्नु हुन्छ। त्यो माथि साकुराको फुलभएको ट्याक्स फ्रीको लोगो र ट्याक्स फ्री सपिङ्ग क्याम्पेन जापानमा ब्यापकनै छ। यसले हजुरलाई यहाँ सपिङ्ग गर्न झन् उत्प्रेरित गर्दछ। केहि मल भने सपिङ्ग गर्न मात्र नभई मनोरंजनका अनेकौ माध्यमले भरिपुर्ण हुन्छन। त्यस्तै मलहरु मध्य ओदाईबामा रहेको प्यालेट टाउन आउट्लेट मल एक हो। यो मलमा हजुरले सपिङ्ग मात्र नभई अनेकौ फन कार्य गर्न सक्नु हुनेछ। यी एक्टिभिटि सबै उमेरका मानिसले मनोरंजन लिने गरि बनाईएको छ। आफ्नो परिवार संगको सपिङ्ग पछि हजुर यहाँ केहि क्वालिटी समय बिताउन सक्नु हुनेछ।
ओदाईबा आउनु भएका हरेकले पक्कै पनि यो फेरिस व्हिल देख्नु भएको होला। यो व्हिल सर्ब प्रथम सन् १९९९मा बनेको हो। त्यति खेर यो संसारकै सबै भन्दा अग्लो फेरिस व्हिल थियो जुन ११० मिटर भन्दा अग्लो छ। यो टोयोटा मेगा वेब फ्यासिलिटी नजिकै छ। यो चढ्नको लागि १००० येनको टिकेट किन्नु पर्दछ। हरेक राइड १५ मिनेटको हुन्छ। यसको टुप्पो बाट टोक्यो टावर, स्काई ट्रि, रेन्बो ब्रिज देखिन्छ। आकाश खुलेको दिन यो बाट बोसो पेनिन्सुला र फुजी हिमाल पनि देखिन्छ।
टोयोटा मेगा वेब, एउटा एक्जिबिसन हो जहाँ टोयोटाको पुराना अहिलेका भविस्यमा आउने कारका मोडल राखिएका हुन्छन। यो प्यालेट टाउन मलको तिन सेक्सनमा फैलिएको छ। ईतिहाशिक ग्यारेज भेनस फोर्ट मल को देब्रेमा छ जहाँ आउनु भएकाहरुले टोयोटाको ईतिहासको जानकारी लिन सक्नु हुनेछ। यहाँ अन्य कम्पनीका पुराना गाडि पनि राखिएको छ। जापानको शोउवा पालाको कारको मोडल पनि यहाँ राखिएको छ। टेक्नोलोजी जोनमा भने हजुरले टोयोटाले भविस्यमा आफ्नो एक्जोटिक कारमा प्रयोग गर्ने बाताबरण मैत्री डिजाईनको जानकारी लिन सक्नु हुनेछ।
यदि हजुरले म्युजिअमको कार चढ्न पाउनु हुन्छ भने हेरेर मात्र किन चित्त बुझाउने। ग्राउण्ड फ्लोरको शोरुमको एक सेक्सनमा रहेको टोयोटाको राइड वान प्रोग्राममा भाग लिनु भयो भने हजुरले आफुले चाहेको कार टेस्ट ड्राईभ गर्न सक्नु हुनेछ। यो टेस्ट ड्राईभ ट्याक १ किलोमिटर भन्दा लामो छ। भित्र रहेको टोयोटा राइड स्टुडियोमा भने बालबालिका ड्राईभिङ्गको अनुभब सिक्न सक्दछन जहाँ उनीहरु ईण्डोर ट्रयाकमा राईड गर्दछन र गाडीको एस्सेम्ब्ली र मेण्टिनेन्स प्रोसेस हेर्न सक्छन।
View this post on Instagram
जापानमा क्यासिनोहरु त्यति छैन। यहाँ ग्यामबलिङ्ग नहुने भने होइन। धेरै जसो जापानीहरु पाचिन्को, गचापोन जस्ता खेल मार्फत ग्याम्बल गर्छन। यो संग सगै जापान पुरानो ग्यामबलिङ्ग बिधि पनि अपनाउन थालेको छ। २०१८को समरमा जापानको पार्लियामेन्टले जुवाको लागि नया नियम पास गरेर क्यासिनोलाई पनि कानुनि बनाएको थियो। यो नियम जापानमा पर्यटन अझ मौलाओस भनेर गरिएको हो। यसो गर्नाले जापानमा आउने पर्यटकहरु बाट अझ बढी रेभेन्यु निकाल्न सकिनेछ। आउनुहोस यो मलमा रहेको वेस्टर्न स्टाईल क्यासिनोमा आफ्नो भ्याग्य दाउ लगाउनुहोस्।
View this post on Instagram
टिमल्याबको अनुभबलाई शब्दमा बयान गर्न निकै गारो छ। यो मैले जापानमा गरेको सबैभन्दा अनौठो, रमाइलो डिजिटल अनुभब हो। यो एउटा डिजिटल आर्ट एक्जिबिसन हो। हजुरले त्यहाँ डिजिटल फूलहरु बनाउन सक्नु हुन्छ, अनि खोलाको छेउमा बस्न सक्नु हुन्छ। त्यहाँको बाताबरण रियल टाईममा चेन्ज हुन्छ। यी सबै डिस्प्ले हुन्। तर यी चित्रहरु यति राम्रा र रहरलाग्दा हुन्छन कि लाग्छ हजुर अर्कै दुनियामा हुनु हुन्छ। यस्ता अनेकौ रुमहरु छन् जहाँ हजुरले केहि नकेही नौलो अनुभूति लिन सक्नु हुनेछ। टिम ल्याब जोकोहीले पनि एक चोटी जानै पर्ने ठाउ हो।
Order tickets for your teamLab experience here.
यी त एउटा मलमा रहेको पाच रोचक ठाउ मात्रा हुन्। टोक्योमा यस्ता ठाउ अनगिन्ति छन् जहाँ हजुरले अनेकौ अनुभब बटुल्न सक्नु हुनेछ। म टोक्यो इन्टर्नसिपको शिलशिलामा दुई महिनाको लागि मात्र आएको हु। म यो दुई महिनामा जापानको अनेकौ ठाउ घुमेर आफ्नो यहाको बसाई अविस्मरनिय बनाउन चाहन्छु।