अघिल्लो महिना जापान एक्कासी भएको बिजुली कटौतीले १२००० जना ट्रेन सवारीहरुलाई समयमा आफ्नो गन्तब्य पुग्न बाट रोकेको थियो। रेलवे अफिसिअलले अहिले आएर त्यो पावर कटको मुख्य जिमेवारी पत्ता लगाएका छन्। त्यो समस्याको कारक अरु केहि नभएर एउटा चिप्ले किरा रहेको अधिकारीहरुले जनाएका छन्। सो चिप्ले किराले गर्दा भएको बिधुत कटौतीले गत मे ३०मा क्युशु रेल कम्पनीले संचालन गर्ने JR क्युशु ट्रेन लाईनको दर्जनौ ट्रेन रोकिएको थियो।
अधिकारिको अनुसार पावर फेल भएको उपकरण खोलेर हेर्दा चिप्ले किरा रहेको जनाएका
थिए। उनले जापान टाइम्सलाई भने अनुसार ” हामीलेपनि अरु केहि उढ्ने किराले गर्दा एसो भएको हुन सक्ने त सोचेको थिएउ तर चिप्लेकिराले गर्दा यसो भएको होला भन्ने मनमा आएको थिएन। त्यो घटनाले २६ वटा ट्रेन क्यान्सल भैई अन्य थुप्रै ट्रेन ढिलो भएकोले गर्दा यात्रीहरुले सास्ती खेप्नु परेको थियो। क्युशुका लोकल मिडियाका अनुसार चिप्लेकिरा भने त्यो उपकरण भित्र शर्ट सर्किट भई करेण्ट लागि जलेर मरेको छ।
अर्का अधिकारिका अनुसार अन्य जनावर जस्तै मृग ट्रेनमा ठोकिने घटना यो भन्दा अगि भएता पनि चिप्लेकिराको घटना पहिलो चोटी भएको र आश्चर्यचकित परेको बताए। JR क्युशुले यस्ता घटना नदोहोरोस भनेर आफ्ना सबै त्यस्ता उपकरण जाच गराएको छ। अरु उपकरणमा भने चिप्लेकिराको घुस्पेट नपाइएको जनाईएको छ।
यो घटना सामाजिक संजालमा निकै हासोको पात्रो बनेको छ। जापानमा ट्रेनहरु समयमा चल्छन। ट्रेन र स्टेसनहरु निकै सफा हुन्छन। तर पनि यस्ता घटना कहिले कहिँ घटेकै हुन्छन।