हेक्सा राईड : एउटा अविश्वसनीय भर्चुअल रियालिटीको अनुभब

  • Spot
  • tokyo
  • मानिसहरुले जब भर्चुअल रियालिटीको कुरा सुन्छन, धेरैलाई त्यति रमाईलो लाग्दैन। यो टिभीको बिज्ञापन वा मलको एउटा कुनाको पोस्टरमा देखाईने र वास्तविक नभएको हुनाले पनि धेरैलाई VR भनेपछि चासोको बिसय पनि बन्दैन। हुन पनि हो अहिले थुप्रै VR गमेहरु आएका छन्। हजुरको स्मार्ट फोनले पनि VR सपोर्ट गर्दछ। त्यसैले पनि यो पैले जस्तो असामान्य कुरा होइन। तर जापानमा भने VR एट्राक्सनहरु मुख्य धारमा आउन लागेका छन्। साचिकैको रोलर कोस्टर खेल्ने भन्दा पनि VR मा खेल्ने मानिसहरु पनि बढ्न थालेका छन्। किन छ त यो VR क्रेज जापानमा ? केहि विशेष त पक्कै होला भनेर म ओदाईबाको टोकियो डाईभर सिटिमा रहेको हेक्सा राईडमा आए।

    लाईन निकै लामो थियो। हामिले १ घण्टा जति कुर्नु पर्यो। त्यसपछि सुन्तला रंगको जम्प्सुट लगाएका स्टाफले हामीलाई प्लाटफर्ममा लगे। त्यो प्लाटफर्म त्रिकोण आकारको थियो। एक साईडमा ४ जना बस्न मिल्ने खालको। प्लाटफर्मलाई हाईड्रोलिक प्रेसले उचालेर राखेको थियो। मुनि हेर्दा पांग्रा र पुल्लीहरु देखिन्थ्यो। डेकमा अनेकौ किसिमका झिलिमिली बत्तिहरु थिए। LED फ्ल्याशले तिरीमिरि बनाउने खालको थियो। स्टाफले मलाई हेडफोन लगाउन सहायता गरिन। त्यसैगरि गगल पनि लगाए। गगल लगाउने बितित्कै दुनिया नै अर्को। तल हेर्दा म त उडी रहेको रहेछु। मेरो आखा अगाडि केहि लेखिएको थियो। यस्तो लाग्ने कि ति अक्षर साचिकै हुन्। छुन मिल्ने जस्तो।

    म यो पछिके होला भनेर पर्खिरहेको थिए। खासमा अगिल्लो दिन म धेरै हिडेकोले मेरो खुट्टा दुखिरहेका थिए। त्यो भएर पनि होला मलाई त्यो डिजिटल दुनियाले भुलाउन सकिरहेको थिएँ। तर एक्कासी मेरो आखा अगाडी कालो पर्दा छायो। अनि सुरु भयो अविश्वसनीय भर्चुअल रियालिटीको दुनिया। म त सरर आकाशमा उडिरहेको रहेछु। यो पछि भएका सबै घटना साचिकैको जस्तो लाग्ने। म आकाशबाट झरिरहेको थे। मेरो मुखमा हावाले हानिरहेको थियो। कस्तो उबड खाबड आए जस्तो मा त उफ्रिन थालेछु। म बादल चिर्दै अगाडी बढे।

    हेक्सा राईड एउटा ईमर्सिभ भर्चुअल रियालिटी गेम हो। यो गेम सुरुमा एट्टेक अन टाईटन नामक एनिमेमा बनेको युनिभर्समा हुन्छ। यो एनिमेमा निकै भयानक र ठुला मान्छे जस्ता राक्षस (टाईटन) ले मानिस खाने हुन्छ। कथा भन्नेले हजुरलाई के भैरहेको भनिरहेको बेला, अचानक कता बाट टाईटन आएर म र मेरो टिम घेर्ने छ। म टावरमा एक्लै छु। म त्यो टावरबाट उढे तर लडेर टाइटनको मुखमा पर्न लागेको हुन्छु। मा आफ्नो खुट्टाले झर्नलागेको पर्खालमा अडिन खोज्छु तर सक्दिन। म टाइटनको मुखमा पर्न लागेको बेला आतीएर कराउछु। तेतिकैमा मेरो साथीले मलाई तानेर बचाउछ। म असिन पसिन हुन्छु। यो गेमको मुख्य पोइण्ट बह्नेको यसले हजुरको सबै सेन्स कन्ट्रोल गर्नु हो। हजुरलाई साचिकै खतरा महसुस हुन्छ। बम पढ्केको होस् वा उढेको सबै साचिकै लाग्ने छ।

    यतिकैमा राईड सकिदैन। यो गेममा अर्को सिनारियो पनि छ। त्यसैले हेड्सेट ननिकाल्नुहोस्। अर्को पपुलर फ्रानचाईज घोस्ट इन द शेलमा आधारित सिनारियो पनि उत्तिनै गजबको छ। यो मिसनमा हजुरले प्रधान मंत्रीलाई मार्ने योजना बनाएका आतंकबादिहरुलाई निस्क्रिय पार्नु पर्ने हुन्छ। यो गेममा खतरा कार चेज पनि छ। १८ पांग्रे गाडी पल्टिदा म दङ्ग परेको थिए। अग्ला बिल्डिंग, रोड, पुल, कार, अनि हेलिकप्टर क्र्याश यी सबै मसलाले यो मिसन निकै रोमान्चक बनाउछ। हजुरको टिमको सबै जना एक्सनमा भाग लिनु हुनेछ।

    हेक्सा राईडलाई हजुरले दूई वटा छोटो फिल्म जसरि लिनुस। फिल्ममा हजुर त्यहाँको क्यारेक्टरको लागि चिअर गर्नु हुनेछ। हेक्सा राईडमा भने हजुर त्यो मुभीमा एउटा क्यारेक्टर हुनु हुनेछ। आफ़्नो लागि डराउनु होस् , चीअर गर्नु होस्। हेक्सा राईडको ईमोसन, र रियाक्सन हजुरको आफ्नो कथा हुनेछ।

    Website

    *Featured Image: Author’s Photo