जापानको पानी पर्ने सिजनमा भिज्नबाट बच्ने केहि उपाय

  • CULTURE
  • HOW TO
  • LIVE and WORK
  • Nationwide
  • Society
  • manners
  • कल्पना गर्नुहोस्, हजुर जापानको गर्मि को मजा लिइ रहनु भएको छ। तेतिकैमा हजुरले बादल बढेको देख्नु हुन्छ। आकाश कालो निलो हुदै आउन लाग्दछ। हावाको बेग पनि बढ्दै छ। अनि सुरु हुन्छ आकाश बाट पानी पर्न। जापानको पानी पर्ने मौसमलाई कदापि हलुका संग नलिनु होस्। १५ cm प्रति महिना सरदरको पानी पर्ने यहाँ जुनसुकै घाम लागेको उज्यालो दिन पनि झम झम पानी पर्न सक्दछ। हामि हजुरहरुलाई जापानको पानी बाट कसरि दीकदार हुन बाट र भिज्न बाट बच्ने कुरा बतौनेछौ।

    सहि छाता किन्नु होस्

    हजुरको ट्राभल रुट र बोक्न सक्ने क्षमतामा छाताको साईज भर पर्दछ। आफुलाई सजिलो हुन्छ भनेर सानो छाता नाबोक्नु होस्। जापानको पानी संग सगै हावा पनि लाग्ने हुदा सानो छातामा हजुर पक्कै भिज्नु हुनेछ। जापानमा अनेक थरि र अनेक मूल्यका छाता पाइन्छन। हजुरले यहाँ १०० येन स्टोरको १०० येन पर्ने छाता देखि महँगो २०००, ३००० येन सम्मका छाता किन्न सक्नु हुनेछ। १०० येन स्टोरको छाता पक्कै पनि सस्तो भएर किन्न मंलागने हुन सक्छ। तर ति छाता नकिन्नु होस्। ति छाता राम्रा क्वालिटीका हुदैनन्। हावाले गर्दा ति छाता भाचिने हुन सक्छन त्यसैगरी ति छाताको साइज पनि सानो हुन्छ। कम्बिनी स्टोरमा तेस्तै प्लास्टिकको छाता राखिएको हुन्छ। यसको मूल्य ६०० येन जति पर्ने भए पनि यो बलियो र अलि ठूलो हुन्छ। यी छाताको नराम्रो पक्ष भनेको यसको आकार नै होला। निकै ठूलो हुने हुदा बोकेर हिड्न झ्याउ हुन्छ। त्यसैगरी यी प्लास्टिकमा सेता रंगका छाता जापानमा धेरै प्रयोग हुने हुनाले, अरु कोहिले हजुरको छाता झुक्किएर लान सक्छन। त्यसैले मैले भनेको मान्नु हुन्छ भने कम्प्याक्ट छाता किन्नु होस्। यसलाई जापानमा ओरितातामी खासा भनिन्छ। यी छाताहरु अलि महँगो हुने भएता पनि फोल्ड गर्न मिल्ने भएकोले निकै सजिलो हुदछ। फोल्ड गरेर ब्यागमा हाल्न सकिने हुनाले यो छाता हजुरले हराउने सम्भावना पनि निकै कम हुने गर्दछ। मेरो साथिहरुले अहिले सम्म ५० वटा त्यस्ता प्लास्टिकका छाता किनिसके। मैले अलि महँगो परेपनि ओरितातामी किने। त्यो छाता अहिले पनि म बोक्दछु। त्यसैले आफुलाई फिट हुने छाता किन्नु होस्।

    आफ्नो छातालाई ड्राई राख्नुहोस

    जापानमा पब्लिक ठाउहरु सफानै हुने गर्दछन। फोहोर जापानमा बिरलै देखिने कुरा हो। पानी पर्दा अवस्यनै हजुरको छाता बिज्दछ। भिजेको छाता लिएर कुनै पनि ठाउमा नछिर्नुहोस। एक त यसलाई राम्रो व्यवहार मानिदैन। अर्को भिजेको छाताले हजुर जानु भएको ठाउ पनि हिलाम्मे बनाउने हुनाले कोहि मान्छे चिप्लेर लड्न सक्दछन। जापानमा यस्ता ठाउ छिर्नु अघि आफ्नो छातालाइ बाहिर नै छोड्ने चलन छ। त्यसैले हजुरले थुप्रै ठाउमा छाता राख्ने भाडो देख्न सक्नु हुनेछ। यदि हजुरलाई आफ्नो छाता हराउने पिर छ भने भिजेको छाता हाल्ने मसिनो प्लास्टिकको पनि व्यवस्था गरिएको हुन्छ। त्यो प्लास्टिक को प्रयोग गर्नुहोस। यदि छैन बहने छातालाई बाहिरनै झट्कारेर पानी तैराउनु होस्। म फेरी भन्दछु भिजेको छाता लिएर कतै नछिर्नुहोस।

    आफ्नो रुट हेर्नु होस्

    जापानको टोक्यो जस्तो ठूलो सहरमा हजुरले लिने ट्रेन रुटले हजुर पानीमा कतिको एक्स्पोज हुने नहुने निर्भर गर्दछ। टोक्योमा अन्डरग्राऊण्ड सबवे पनि थुप्रै भएकाले पानी पर्दा सबवेको रुट लिनु होस्। सबवे रुटमा धेरै जसो बाहिर हिड्नु नपर्ने हुनाले हजुरलाई पानीले भिजाउने छैन। त्यसैगरी हावाहुरी चल्दा सबवेको ट्रेनहरु नरोकिने हुनाले सबवे निकै पायक हुने गर्दछ।

    पानी रोकिने प्रतिक्षा गर्नु होस्

    यदि हजुरलाई ठूलो पानी पर्ने आशंका लागेको छ भने, हतार गरेर निस्किनु भन्दा पानी रोकिने वा कम हुने प्रतिक्षा गर्नु होस्। मेरो जापानको ६ वर्षको बसाई अनुभबमा जापानमा ठूलो पानी लामो समय सम्म बिरलै पर्दछ। पक्कै पनि दिनभर पानी परे पनि पानीको भोलुम भने घट्ने बढ्ने हुदछ। त्यसैले कहिले काही एकछिन पर्खिनु भयो भने हजुर ठूलो पानी बाट जोगिन सक्नु हुनेछ। जापानमा ईण्डोर मल र डेपार्ट्मेण्ट स्टोरको कमि नभएको हुनाले पानी पर्न लाग्दा त्यता तिर गैर एकछिन भुलिनु होस्।

    वाटर प्रुफ जुत्ता र आउटर

    मेरो लागि छाता भन्दा पनि वाटर प्रुफ जुत्ता र आउटर बिशेष छ। मैले सुरुमै हजुरलाई जानकारी गराएको छु कि जापानमा पानी पर्दा हावा हुरी पनि आउने गर्दछ। त्यसैले जतिनै राम्रो छाताले पनि पानी छेक्न सक्दैन। जापानको मौसम बिभाग निकै एकुरेट हुदछ। हजुरले आफ्नो मोबाइलको एपमा सजिलै मौसम हेर्न सक्नु हुनेछ। यदि पानी पर्ने दिन रहेछ भने वाटर प्रुफ जुत्ता लगाउनुहोस। भिजेको जुत्ता र मोजा जस्तो सिक सिक लाग्ने अरु केहि हुदैन। त्यसैगरी हल्का वाटर प्रुफ ज्याकेटले पनि हजुरको भित्रि वस्त्र भिज्नबाट जोगाउनेछ। पानीको मौसममा म मेरो गोरेटेक्सको मेरेल जुत्ता र ब्लकटेक भएको ज्याकेट लगाउन भुल्दिन।