स्पेसल स्किल्ड रेसिडेन्स स्ट्याटस (तोकुतेइ गिनो) जापान बसोबास गर्ने बिदेशी नागरिकको लागि काम गरेर यहाँ सेटल हुन निकै सहज मध्यम हो। हुन पनि जापान एजियाकै बिकसित रास्ट्र हो र यहाँ आफ्नो जिबन यापन गर्न सबैको ईछ्या हुदछ। तोकुतेइ गिनो भिजाले बसोबास गर्न मिल्ने नियम जापानमा यहि २०१९ को अप्रिल बाट सुरु भएको हो। तर यहि वर्ष बाट सुरुवात भएको भएता पनि यो नया नियम निकै परिस्कृत रुपमा आइसकेको छ। धेरै बिदेशी नागरिकहरुले साथ् साथै थुप्रै जापानमा पढेका बिद्यार्थीहरुली पनि यो स्पेसल परिक्षा दिएका छन्।
यो चोटी हामीले तोकुतेइ गिनो परिक्षा पास गरि स्पेसल रेसिडेन्स स्ट्याटस पाएका एक भियतनामी नागरिक संग अन्तर्वार्ता लिने मौका पायौ। उनले फ़ुकोउका सहरको हाकाता परिक्षा केन्द्रमा आफ्नो परिक्षा दिएका थिए। उनको यो नया भिजा संग सम्बन्धित सबै अनुभबहरुको लागि यो लेख पढ्नु होस्।
व्यक्तिगत जानकारीको गोपनीयताको लागि परिक्षा पासगरेका व्यक्तिको नाम खुलाउन नमिल्ने हुनाले मनु उसको नाम राम हो। उनि २६ वर्षका हुन्। परिक्षा लिने समयमा उनि फुकोउका युनिभर्सिटीका बिद्यार्थी थिए। उनीले हालनै जापानिज भाषाको “N 1” परिक्षा दिएका थिए। उनि आफ्नो युनिभर्सिटी डिग्री सिध्याएर मात्र काम खोज्न चाहन्थे।
【外国人受け入れ拡大】
・特定技能1号 14業種
1介護業
2ビルクリーニング業
3素形材産業
4産業機械製造業
5電気・電子情報関連産業
6建設業
7造船・舶用工業
8自動車整備業
9航空業
10宿泊業
11農業
12漁業
13飲食料品製造業
14外食業人材不足を背景に外国人労働者の受け入れ拡大。2019年4月施行 pic.twitter.com/wsTQZUpWHB
— はむたお@四季報先先取り (@hamutao1000) December 8, 2018
रामले यो स्पेसल भिजाको परिक्षा भने आफ्नो कम पाउने चान्स बढाउनको लागि दिएका थिए। अर्को कारण चाही उनलाई यो परिक्षा कस्तो हुदो रहेछ भनेर पनि जान्ने इच्छा रहेछ। परिक्षा पास भए अर्को थप सर्टिफिकेट हुने भएर पनि उनले यो परिक्षा दिएका हुन्।
परिक्षाको दर्ता
रामको जापानिज भाषिक ज्ञान निकै बलियो छ। उनले परिक्षाको दर्ता अफिसियल वेबसाईटमा गैर गरेका थिए। उनले वेबसाईटमा फुड सर्भिस तोकुतेइ गिनो परिक्षाको तयारि सामग्री पनि तयार गरे। वेबसाईटको अनुसार अर्को परिक्षा येही नबेम्बर महिनामा र अर्को २०२०को सुरुवात तिर हुनेछ।
परिक्षाको मिति सम्मको लागि हजुरले वेबसाईट मार्फत आफ्नो अकाउण्ट बनाउन , परिक्षा दर्ता गर्न र परिक्षा सम्बन्धि नया समाचार र जानकारी प्राप्त गर्न सक्नु हुनेछ। परिक्षा फि ७००० येन रहेको छ। परिक्षाको स्थान र मिति हजुरलाई ईमेलबाट पठाईने छ। तल हजुरले परिक्षाको लागि दर्ता गरेपछि पाउने ईमेलको स्क्रिन शट रहेको छ।
परिक्षा तयारिको लागि सामाग्री
फुड सर्भिसको तोकुतेइ गिनोको अफिसियल वेबसाईटमा हेर्नु भयो भने हजुरले परिक्षा तयारीको लागि चाहिने सामग्री भेट्नु हुनेछ। सामग्रीहरु अरु भाषामा पनि राखिएको छ।
अन्य भाषामा सामग्री भएता पनि यो केवल बिदेशी नागरिकको लागि सहजताको लागि रखिएको हो। परिक्षा भने पूर्ण जापानी भाषामा हुने गर्दछ। जापानी सरकारले अन्य भाषामा सामाग्री राख्नु को अर्को कारण त्यो देशको व्यक्तिलाई सके सम्म आकर्षित गर्न पनि हो।
रामले आफ्नो परिक्षाको लागि येही सामग्रीबाट मात्र तयारि गरेका थिए। उनको अनुसार उनलाई यो परिक्षा तयार गर्न एक महिना लागेको थियो। उनकै अनुसार परिक्षामा आउने प्रश्न सबै यो वेबसाईटको सामाग्रीमा समेटिएको हुनाले केहि नसुनेको नदेखेको आउने भनेर पिर नगर्नु पर्ने बताए।
उनकै शब्दमा, परिक्षाको अनुभब
“म अहिले युनिभर्सिटिमा न्युट्रिसन र स्वास्थ्य विषयमा अध्यान गर्दै छु , त्यसकारणले पनि मलाई यो परिक्षा निकै सहज लागेको होला। मलाई परिक्षाको प्रश्न होबहू याद त छैन तर हजुरले अफिसियल वेबसाईटबाट गर्नु भएको तयारि भन्दा बाहिर बाट प्रश्नहरु आउदैनन।
परिक्षामा दुइ प्रकारका हुने गर्दछ। एउटा थियोरीको र अर्को प्राक्टिकलको हुन्छ। परिक्षाको सेक्सन भने तिन वटा हुन्छन। मेरो क्षेत्रमा प्रोसेसिङ्ग, फूड सेफ्टी, हस्पिटालिटि परेका थिए। केहि प्रश्न त यति सजिला हुन्छन, हजुरको सम्मान्य जापानिज भाषा जाच्ने खाले। केहि प्रश्न गणितका पनि हुन्छन। मलाई याद छ केहि प्रश्न जोड, घटाउका पनि थिए। मलाई लाग्छ जापानिज भाषाको “N3” परिक्षा दिनु भएको छ र पासहुनु भएको छ भने यो परिक्षा पनि सजिलै पास गर्न सक्नु हुनेछ।
परिक्षाको बाताबरण :
रामको अनुसार भियतनामी परिक्षार्थिहरु अरु देशका भन्दा धेरै हुन्छन। भियतनाम संगै नेपाल, चिन र पश्चिमी देशका मानिसहरु पनि हुन्छन। परिक्षा भने मलाई JLPT को परिक्षा भन्दा निकै कडाईका साथ् गरिएको जस्तो लाग्यो जुन राम्रो पनि हो। सबै परिक्षार्थिले आफ्नो रेसिडेन्स कार्ड देखाउनु पर्दथ्यो। सुपरभाईजरले सबै परिक्षार्थिको डेस्कमा गई फोन अफ गरिएको छ वा छैन, उनीहरुले परिक्षा उच्च अनुसासनमा दिएका छन् कि नाई भनि चेक गर्दछन।
रामका अनुसार परिक्षा स्थलबाहिर थुप्रै कम्पनीका जब रिक्रुटर पनि थिए। यी कम्पनिहरुले परिक्षार्थिहरुलाई आफ्नो कम्पनिको पर्चा बाढिरहेका थिए।
रिजल्ट
रामले आफ्नो परिक्षाको रिजल्ट आउनको लागि लगभग एक महिना जति कुर्नु परेको थियो। हामीले तल रामको परिक्षाको रिजल्ट पनि राखेका छौ। राम अझै पनि युनिभर्सिटी पढिरहेकाले अहिले नै कुनै कम्पनिमा काम नगर्ने बताए।