जापानमा अहिले सम्मकै अग्लो ईमारत बन्ने

  • NEWS
  • TOKYOI
  • टोकियो एक मेगासिटि हो। यहाँ अनेकौ अग्ला गगनचुम्बी ईमारत र टावरहरु छन्। तर पनि यदि हामीले एसिया कै अन्य सहर जस्तै सिंगापुर, तैपेइ, सांघाई संग तुलना गर्ने हो भने जापानमा यस्ता आकाश छुने बिल्डिंगको उचाई निकै कम छ। बिस्वलाई उछिन्ने अग्ला संरचना बनाउने कुरामा जापान अलि हिचकिचाउछ। तर यो अनौठो कुरा भने हैन। सन् १९६३ सम्म जापानमा ३१ मिटर भन्दा अग्लो घर बनाउन नमिल्ने नियम नै थियो। कारण जापानमा धेरै भुकम्प गैरहने भएर हो। त्यस्पस्चात जापानले सिस्मिक टेक्नोलोजीमा थुप्रै अनुसन्धान र आबिस्कारहरु गर्यो र भुइँचालो जादापनि सुरक्षित हुने बिल्डिंग बनाउन थाल्यो। अहिले जापानमा २०० मिटर भन्दा कमका बिल्डिंग थुप्रै छन् भने टोकियो टावर र टोकियो स्काई ट्रीलाई नगन्ने हो भने ३०० मिटर अग्लो बिल्डिंग एउटा मात्र छ। यो ओसाकामा रहेको आबेनो हारुका(ठिक ३०० मिटर ) हो। (पेरिसको आईफ़िल टावरको उचाई ३२४ मिटर रहेको छ।

    नविनतम सिस्मिक टेक्नोलोजीको लहर संगै जापानले नया रेकर्ड राख्ने उचाईका बिल्डिंग बनाउन थालेको हो। अहिले टोकियो सबै भन्दा अग्लो बिल्डिंग स्काई ट्री रहेको छ र यो बिस्वकै अग्लो टावर पनि हो। तर टावर भएकोले गर्दा यसलाई ईमारतको दर्जा भने दिईने गरिएको छैन।

    मोरी बिल्डिंग

     

    この投稿をInstagramで見る

     

    Mori Building in Roppongi Hills. Great place to shop/dine and you can also get a great view of the Tokyo Tower! Take your girl on a nice date here 😉

    Brian – Photography In Japanさん(@bylee_photo)がシェアした投稿 –

    अब भने टोकियोमा नया संरचना बन्न लागेको छ। मोरी बिल्डिंगले ५८० बिलियन येनको नया प्रोजेक्ट तयार गरेको छ, जसको नया नाम भने अझै भनिएको छैन। यो प्रोजेक्ट तोरानोमों – अजाबुदाई क्षेत्रमा बन्दै गरेको यो प्रोजेक्टले मिनातो क्षेत्रको स्काई लाईन परिवर्तन गर्दै छ। मोरी बिल्डिंगले यो अगाबै आफ्ना “हिल्स” नामका संरचना “तोरानोमों हिल्स”, “रोपोंगी हिल्स”ले टोकियोको रुप फेरेका छन्।

    यो प्रोजेक्ट

    यो नया रिदेभेलोप्मेन्ट प्रोजेक्ट निकै ठुलो रहेको छ। यसले पुरा ८।१ हेक्टर क्षेत्रफ़ल ओगट्ने छ। २३०,००० वर्ग मिटरकि अफिस स्पेस, १४०० रेसिडेन्स, ब्रिटिश स्कुल, र एउटा लक्जरी होटल बन्ने छन्। रोपंगी हिल्सले ओगटेको ११।६ हेक्टर भन्दा सानो क्षेत्रमा बन्ने भएपनि यो नया प्रोजेक्टमा धेरै ग्रिन स्पेस हुने बताईएको छ। थप यो प्रोज्केटको पुरा फ्लोरको क्षेत्रफ़ल ८६०,४०० वर्ग मिटरको हुनेछ जुन रोपंगी हिल्सको भन्दा निकै ठुलो हो। त्यसै गरि यो प्रोजेक्टमा थुप्रै बिल्डिंग बन्ने छ , जुन मध्य सबै भन्दा अग्लो बिल्डिंग ३३० मिटरको हुने छ। मोरी बिल्डिंगको यो नया प्रोजेक्ट जापानकै अग्लो बिल्डिंग पनि बन्ने छ।

    यो नया प्रोजेक्टले बिदेशीहरुलाई बढी केटर गर्ने छ। यो प्रोजेक्ट संगै नया ट्यलेण्टेड बिदेशीहरुलाई आकर्षित गर्ने सोचिएको छ। यो प्रोजेक्ट संगै टोकियोका कन्स्ट्रक्सन कम्पनीलाई ओलम्पिक पछि आउने आर्थिक मन्दीको डर पनि हराएको देखिन्छ। यो नया कम्प्लेक्स २०२३ सम्म पुराहुने छ।

     

    この投稿をInstagramで見る

     

    「麻布台ビルズ」って勝手に命名している🙄虎ノ門・麻布台地区の再開発計画の概要が発表されたワン🐶 ・ 東京タワーにも匹敵する高さ約330m 地上64階、地下5階!日本一の超高層ビルが目玉で2023年の3月にに完成するらしいっすょ😙(6枚目は予想図🏙😅) ・ 人の集まる広場を街の中心に3棟の超高層タワーを建設し、足元に緑豊かなスペースを生み出す。緑化面積は約6000平方メートルの中央広場を含め、東京ドームの約半分に相当する約2.4ヘクタールに上るとな。 ・ これはワンコ🐶にうれしい場所になりそうだワン😍森ビルさんペット可のお店をいっぱいよろしくお願いしますワン🤣😄 ・ #麻布台ヒルズ #大都会 #ヒルズ #森ビル #麻布台 #虎ノ門 #再開発 #landmark #architecture #hills ・ #residence #moribuilding #instatokyo #citystagram #unknownjapan #tokyo #ヒルズ部 #moritower #bluesky #tokyosky ・ #日本一 #超高層ビル #天空の城 #バベルの塔 #babel #森ビルマニア #森ビルオタク #でも #東京タワー担当

    nakamuraxyeahさん(@nakamuraxyeah)がシェアした投稿 –

    अर्को नया खबर के आएको छ भने मिचुबिशि स्टेट को। ले ३९० मिटर अग्लो बिल्डिंग बनाउन थालेको छ। जुन २०२७ सम्ममा पुरा गरिने अनुमान गरिएको छ।