साधारण र सस्तो कम्युट : जापानिज ट्रेनको कम्युटर पास कसरी किन्ने

  • LIVE and WORK
  • कम्युटर पास अथवा जापानी भाषामा तेइकि केन, एउटा स्पेसल टिकेट हो जुन सुइका र पास्मो जस्ता स्मार्ट कार्डमा किनेर राख्न सकिन्छ। एउटा स्टेसन बाट अर्को स्टेसन संग संगै अन्डर ग्राउण्ड र जमिन माथिका ट्रेनको भाडा फरक पर्ने हुन्छ। यी भाडा एक महिना, ३ महिना वा ६ महिनाको एकै चोटि तिरेर कार्ड बनाउन सकिन्छ।

    कम्युटर पास सबै उमेरका मानिसले बनाउन सक्दछन। साना भुराहरुलाई पनि स्कुल जना र आउन कम्युटर पास बनाइने गरिन्छ। हजुरलाई केवल एउटा स्मार्ट कार्ड (सुइका र पास्मो जस्तै) चाहिन्छ जुन ५०० येनमा लिन सकिन्छ।

    कम्युटर पासको फाईदा के हो त?

    ic card

    एउटा सहर बाट अर्को सहर जानको लागि यो कम्युटर पास निकै सस्तो पर्न आउछ। उदाहरणको लागि, म कुमागाया सहरमा बस्दछु। त्यहाँ बाट उएनोको मेरो अफिस आउन र जान २२८० येन पर्दछ। एक हप्तामा ११४०० येन पर्दछ। चार हप्ता सबै मूल्य ४५००० पर्न आउदछ। म कम्युटर पास बनाउछु र मलाई त्यसको मूल्य एक महिनाको २७००० पर्दछ।

    अर्को फाईदा के हो भने हजुर त्यो कम्युटर पास त्यसले समेट्ने सबै ट्रेन स्टेसनमा प्रयोग गर्न सकिन्छ। भन्नुको अर्थ हजुरले त्यो कार्ड प्रयोग गरेर आफ़ो रुटमा पर्ने सबै स्टेसनमा ओर्लिन सक्नु हुनेछ। जापानको थुप्रै स्टेसनमा अनेकौ रेस्टुराण्ट र घुम्न मिल्ने ठाउहरु छन्। हजुरले आफ्नो बिदाको समयमा घुम्न जना यो कार्ड प्रयोग गर्नु भयो भने हजुरले नया ठाउ वा स्पोट भेट्न सक्नु हुनेछ।

    ticket machine

    हजुरले आफ्नो कार्डमा अनेकौ थप सुबिधा पनि थप्न सक्नु हुनेछ। ग्रिन कार सर्भिसको टिकट तेइ कार्डमा थप्न मिल्दछ। सबै मेसिनमा अंग्रेजी सर्भिस नहुने हुनाले होस् पुर्यानु होला। कम्युटर पासको मद्दतले बुलेट ट्रेन चढ्न पनि निकै सहज हुन्छ। यदि हजुर बुलेट ट्रेन स्टेसन नजिक बस्नु हुनेछ र दुइ वा दुइ भन्दा स्टप प्रयोग गर्नु पर्दछ भने हजुरले सस्तो मुल्यमा बुलेट ट्रेन चढ्न सक्नु हुनेछ। तर यसको लागि हजुरको स्मार्ट कार्डमा पहिला देखि नै पैसा हुनु पर्दछ।

    कम्युटर पास किन्ने तरिका

    कम्युटर पास किन्ने दुइ तरिका छन्। एउटा टिकेट मेसिन बाट र अर्को काउण्टर बाट हो।

    टिकेट काउण्टर

    midorimadoguchi jr

    यदि हजुरले टिके काउण्टर बाट, कम्युटर पास किन्ने सोच्नु भएको छ भने तलको प्रोसेस अपनाउनुहोस।

    तेइकि केन वो ओनेगाईसिमास
    定期券をお願いします
    (कम्युटर पास बनाइदिनुहोस)

    यो ठाउबाट यो ठाउ सम्म जान
    ******** खारा ******** मादे
    ******** から ******** まで

    ठिक यो दिन बाट चालु गर्नको लागि
    क्योउ खारा
    今日から
    “आज बाट”

    आसिता कारा
    明日から
    “भोलि बाट”

    राईस्यु खारा
    来週から
    “अर्को हप्ताबाट”

    कति लामो कम्युटर पास बनाउन
    ईख्खा गेचु / “एक महिना”
    1ヶ月間
    सान्खा गेचु / “तिन महिना”
    3ヶ月
    रोख्खा गेचु / “६ महिना”
    6ヶ月

    यदि हजुरको कुनै कम्पनिमा आबद्द हुनु हुन्छ र कम्पनीले हजुरलाई यातायात खर्च दिन्छ भने रिसिट माग्नु होस् :
    領収書をお願いします
    रियोशुस्यो वो ओनेगाईसिमास।
    “रिसिट दिनु होस्।”

    टिकेट मेसिन बाट

    नया सुइका किन्दा भएको सुइका रिन्यु गर्नु भन्दा अलि बढी स्टेप लाग्दछ। सुरुमा हजुरले यो स्क्रिन देख्नु हुनेछ।

    commuter-pass-pic-1

    Author’s photo

    माथिको दाया तिर हजुरले खांजीमा 定期券”कम्युटर पास” लेखेको देख्न सक्नु हुनेछ। त्यहाँ क्लिक गरेपछि हजुरले नया कार्ड किन्ने कि पुरानो कार्ड रिन्यु गर्ने कि कार्ड रिईस्यु गर्ने अप्सन आउदछ। यो पछि स्क्रिनमा हजुरले आफ्नो यात्राको तरिका छान्नु पर्ने हुन्छ। जस्तै मेट्रो, ग्रिन कार, अथवा बुलेट ट्रेन। तलको दुई अप्सन माथि को ग्रीन भन्दा महँगो हुने गर्दछ। यो पछि हजुरले आफ्नो स्टेसन चानु पर्ने हुन्छ। अर्को स्क्रिनमा हजुरले आफ्नो ओर्लिने ठाउ छान्नु पर्दछ। यो पछि हजुरले आफ्नो कम्युटर पास कति महिनाको बनाउने भनेर तोक्नु पर्ने हुदछ। हजुरले माथि भने जसरि १,३ वा ६ महिना छान्न सक्नु हुनेछ। यो पछि कहिले बाट बनाउने भनेर छान्नु पर्दछ। त्यस्पस्चात हजुरले “दोउई सुरु” को बटन छानेर पैसा तिर्नु पर्दछ। अन्तिममा हजुरले रिसिट चाहिने वा नचाइने रोज्नु पर्दछ। यति गरेछि हजुरको नया कम्युटर बन्दछ। रिन्यु गर्नको लागि भने रिन्युको बटन थिचेर, सजिलै माथि को स्टेप अनुसार गर्न सकिन्छ।

     

    View this post on Instagram

     

    A post shared by 신첨디 (@b_b.aram) on