लगेज र सुटकेसले अब हजुरको एरपोर्ट सम्मको यात्रा कष्टकर बनाउने छैन।

  • HOW TO
  • TRAVEL
  • यात्रा गर्दा ठुलो तनाब भनेको लगेजलाई कसरी घर बाट एरपोर्ट र एरपोर्ट बाट घर लिएर आउनेहोला भन्ने हुन्छ। हजुर जतिनै हलुका ट्राभल गर्ने खालको भएपनि ब्यागेज ओसार्नु झन्झटिलो काम हो। अझ अलि लामै बसाईको लागि जापान को यात्रा गर्ने बिद्यार्थीहरु वा पर्यटकहरुको धेरै नै सामान हुने भएकोले लगेज कष्टकर बन्दिन्छ। फर्किदा झन् सपिङ्ग गरेको सामानहरु र आफन्तलाई किनिएको कोसेलीले गर्दा सुटकेस आएको भन्दा भारि भैदिन्छ।

    म जापान पहिलोचोटी आउदा आफ्नो ब्यागेजले यात्रा अप्ठेरो बनाएको कुरा अझै सम्झिन्छु। दुइओटा सुटकेस, एउटा ह्यान्डक्यारी (इट वाज स्ट्रेस्फ़ुल)। त्यो माथि जापानको प्याक ट्रेन र बस।आफुलाई त सुटकेस घिसार्न अप्ठेरो भैनैरहेको थियो, ट्रेन मा चड्ने अरु यात्रुहरुलाई पनि ट्रबल (मेइवाकु) भैरहेको थियो। सुरु चोटी आउनेहरु त आफु जाने होटेल खोज्नु कि सुटकेस बोक्नुनै हुन्छ। साचै ब्यागेजले यात्राको सुरुवातमानै हजुरको मुड अफ बनाइदिन्छ। तर एउटा उपाए छ जसबाट एरपोर्टमै ब्यागेजको छुटकारा पाउनसकिन्छ। त्यो उपाए हो ब्यागेज सिधै आफु जाने ठेगानामा डेलिभरी गर्नु। यो उपाए ले एरपोर्ट बाट गन्तब्य र त्यहाँ बाट एरपोर्ट बीचको हजुरको यात्रा सामान रहित र सुलभ बनाउछ।

    यी तल लेखिएका डेलिभरी सर्भिस त्यति महँगो पनि छैनन्। शुल्कको निर्धारण हजुर पुग्नु पर्ने गन्तब्य, सामानको साइज र तौल हेरेर तय गरिन्छ। जापानमा अनेकौ डेलिभरी कम्पनिहरु छन्। ति मध्ये “कुरो नेको यामातो” पनि एक हो। आज म हजुरहरुलाई यही डेलिभरी सर्भिसको प्रयोग गर्ने तरिका बताउनेछु।

    एरपोर्ट ताक्क्युबिन (एरपोर्ट डेलिभरी सर्भिस)

    A post shared by 1:64 (@1to64) on

    “कुरो नेको यामातो” २००५ सालमा जापानमा स्थापना गरिएको थियो। यो अहिले जापानको डेलिभरी कम्पनिहरुको अग्र स्थानमा पर्छ। यो कम्पनिका कामदार १,५०,००० जना छन्। यी सबै कामदारको एउटै उद्देश्य हो हजुरको सामान हजुर सम्म समयमा नै सुरक्षित संग पुर्याउनु। यो जापानको सबैभन्दा विश्वासिलो डेलिभरी कम्पनि हो। यो एरपोर्ट ताक्क्युबिन सर्भिसमा हजुरले आफ्नो लगेज एरपोर्ट बाट होटेल वा घर साथै घर वा होटेल बाट एरपोर्ट, बिना झन्झट डेलिभरी गर्न सक्नु हुन्छ। कुनै कुनै प्राथमिक ठाउँहरुमा त्यहि दिन ब्यागेज डेलिभरी गर्ने सर्भिस हुन्छ। धेरैमा हजुर ले आफ्नो सुटकेस पाउन मात्र एकदिन कुर्नु पर्ने हुन्छ। यो सर्भिस नारिता, हानेदा र कानसाई लगायतका एरपोर्टमा उपलब्ध छन्। एरपोर्टमा ब्यागेज क्लेम गरेर भन्सार कटेपछि हजुरहरुले आफ्नो टर्मिनलमा यामातोको स्टल खोज्नु भयो भने सजिलै पाउनु हुनेछ। यामातोको यो सर्भिस उपलब्ध भएका एरपोर्टहरु चेक गर्न यहाँ क्लिक गर्नुहोस।

    घर वा होटेलबाट एरपोर्ट सम्म सामान पठाउन

    एरपोर्ट लगेज पठाउदा हजुरहरुले आफु बस्ने ठेगानाबाट २ वा तिन दिन अगि पठाउनु पर्ने हुन्छ। यामातोको अफिसमा कल गरेर आफ्नो नाम, ठेगाना र पायक पर्ने समय दिनु भयो भने यामातोको मान्छे समान लिन हजुरको ठाउँ सम्मै आइपुग्छन। हजुरलाई जापानिज भाषा बोल्न आउदैन भने अंग्रेजी भाषामा पनि बोल्न सक्नु हुन्छ। सामान लिन यामातोको मान्छे आएपछि हजुरले एउटा फर्म भर्नु पर्ने हुन्छ। त्यो फर्ममा हजुरले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्ने हुन्छ। साथै हजुरले आफु जाने एरपोर्ट, टर्मिनल र फ्लाईटको समय पनि दिनु पर्ने हुन्छ। शुल्क चाहि आफ्नो सामान पिक गरे पछि दिन सक्नु हुन्छ। २३ किलोको नर्मल सुटकेस को डेलिभरी शुल्क २००० देखि ३००० पर्न सक्छ। शुल्कको बृस्तित जानकारीको लागि यो वेबसाइट हेर्नु होला।

    लगेज पठाउने यो सर्भिसले जापानको यात्रा निकै सजिलो बनाउनेछ। अहिले म जापानबाट हरेक चोटी कतै जानु पर्दा र फर्केर आउदा यो एरपोर्ट डेलिभरी सैभिसको प्रयोग गर्छु। हजुरहरु पनि यो सर्भिस को प्रयोग गर्नुहोस्, लगेज को टेनसनले यात्राको सुरुवातनै मुड बिग्रनेछैन।

    *Featured Image: jp.fotolia.com/