शिजुकु गोल्डेन गाए घुम्नको लागि केहि गाईड

  • LIVE and WORK
  • Spot
  • tokyo
  • हजुर यदि टोकियो दिनभरि घुम्नु भएको छ भने, हजुरले यहाँ पक्कै पनि निकै अनेकौ रोमान्चक कुरा देख्नु भएको छ होला। हुन पनि टोकियो सहरमा हजुरले लुकेका अनेकौ खजाना भेट्न सक्नु हुनेछ। तर यदि हजुरको टोकियोको रौनकलाई अझ बढाउँन चाहनु हुन्छ भने टोकियोमा रहेको सिन्जुकु गोल्डेन गाई जानुहोस। यो क्षेत्र टोकियोको बारहरुको लागि निकै प्रख्यात छ।

    छोटो ईतिहास

    सन् १९५८ सम्म वेश्यावृत्तिका लागि चिनिने यो क्षेत्र- जापानी सरकारले प्रतिबन्ध लगाएपछि- शिन्जुकु गोल्डेन गायले आफुलाई सक्रिय पार्टी र पेय क्षेत्रको रूपमा विकास गरिसकेको छ, जहाँ पहिलो बारहरू १९६० ताका शुरु भएको थियो। रेड लाईट जिल्ला काबुकिचोमा अवस्थित यस क्षेत्र सधैं माफिया गतिविधिहरूको लागि कुख्यात भएता पनि कुनै न कुनै तरिकाले बाँचेको र फस्टाएको छ। वास्तवमा, १९८० को दशकमा गोल्डेन गाय बाहेकका धेरै इमारतहरू याकुजाले यस इलाकाको वरिपरि आगो लगाइदिएका थिए।

    शिन्जुकु गोल्डन गाईको वर्णन

    यो क्षेत्रमा प्रवेश गरे पछि सब भन्दा पहिलो अनौंठो चीज भनेको भवनहरूको उचाई हो। वास्तवमा, सिन्जुकु गोल्डेन गाय मात्र यस्तो क्षेत्र हो जहाँ ६६१२ मिटर इस्क्वारको एरियामा करिब २०० वटा बारहरू र अधिकतम २ (वा विरलै 3) फ्लोरहरूको उचाइ मात्र छन्। त्यस कारण, माथि बाट हेर्दा यो ठाउँ शुन्जुकुको विशाल भवनहरूले घेरिएका साना घरहरूको क्षेत्र जस्तो देखिन्छ।

    मुख्य प्रवेशद्वारमा (शिन्जुकु स्टेशनको सब भन्दा नजीक), हजुरले यो जोनका सबै स्थान नक्सा पाउन सक्नुहुनेछ, तिनीहरूको नाम र स्थान सहित रखिएको छ। त्यहाँ म्यापमा लेखिएका सबै पसलहरू यस क्षेत्रमा रहेको छ। सुरुमा हजुरलाई इतर ठाउ के गरि घुमी सक्ने हुन्छ होला तर नआतिनु होस्, थोरै समयमा घुमेर सिद्दिन्छ। यहि कुराले गोल्डेन गाईलाई सुन्दर र मनमोहक बनाउछ।

    गोल्डन गाई घुम्दा

    सर्वप्रथम, गोल्डन गायको राम्रा साँघुरो सडकमा डुब्नु भन्दा पहिले तपाईंले केही चिह्नहरू देख्नुहुनेछ जुन यसो भनिरहेको छ कि तस्बिर खिच्न, धुम्रपान गर्न, पिउन वा सडकमा धेरै चर्को स्वरमा कराउन निषेध गरिएको छ। जे होस् तपाई केवल थोरै मानिसहरुलाई ती नियमहरुको पालना गरेको देख्नु हुन्छ, कृपया उनीहरुको सम्मान गर्न कोशिस गर्नुहोस्। कृपया थाहा पाई राख्नु होस् कि यस क्षेत्रमा जता पनि क्यामेरा छन् र यदि तपाईं धेरै हल्ला गर्नु भयो भने , नजिकैको कोबान (पुलिस स्टेशन) बाट पुलिसहरू आई त्यहाँको नियमहरूका ’bout सम्झना गराउनेछन।

    अब, तपाईं कुनै बार छिर्न खोज्नु भयो भने यो ठाउँको अर्को विशिष्टता छ: कभर चार्ज। यो के हो त? गोल्डन गायमा धेरै बार भएकोले , पसलेहरु आफ्नो ग्राहक एकठाउ बाट अर्को ठाउ नजाउँन भनेर सुरुमै केहि निश्चित रकम लिने गर्दछन। बारमा बस्नुभन्दा पहिले नै, तपाईंलाई सम्भावित रूपमा निश्चित रकम (एक पटक) तिर्नु परिने कुरा बताइनेछ र त्यस पश्चात सामान्य रूपमा तपाईंको पेय पदार्थहरू अर्डर गर्न अनुमति दिइनेछ। शुल्क ० देखि ३००० येन (वा वास्तवमै विशेष स्थानहरूको लागि अधिक) फरक हुन सक्छ। चिन्ता नगर्नुहोस, थुप्रै बारहरू विदेशी मैत्री भएकाले त्यो शुल्क लिदैनन र मेनु पनि अंग्रेजी मा हुने गर्दछ।

    तपाईंको जानकारीको लागि, केहि बारहरुमा नयाँ ग्राहकहरु छिर्न नपाउने पनि हुन्छ। त्यहाँ केवल पूर्व व्यवस्थापकद्वारा पहिल्यै मेम्बरशिप लिएको सदस्यलाई मात्र अनुमति दिने गरिन्छ। जे होस्, बारहरूको संख्या यति ठूलो छ कि तपाईंले यसको ख्याल पनि गर्नुपर्दैन।

    हजुर जुनसुकै बारमा जानु होस्, त्यो बार भित्र भएको बातावरणले हजुरलाइ अर्कै दुनियामा आएको अनुभूति दिनेछ। धेरै बारहरु निकै सानो आकारको हुने भएकोले गर्दा धेरै साथिको ग्रुपमा नजानु होस्। कुनै बार त मात्र १० जना अटाउने खालका पनि हुन्छन। यो सानो इस्पेसको नराम्रो पक्षलाई जित्न, पसलेहरुले आफ्नो बार तरिका तरिकाले सजाएका हुन्छन। त्यहाँक पसलेहरु पनि निकै मिजाशिला हुने गर्दछन। उनीहरु हजुरसंग मजाले गफ गर्ने गर्दछन। यो ठाउको अनुभब मैले आफुले यो लेखमा वर्णन गर्न नसक्ने खालको भएकोले एक चोटी त्यहाँ गएर मजा लिनुहोस्।

    मेरो रिकमेण्डेसन

    अन्तमा, आफ्नो रातको केही समय बिताउन लाग्नु भएको हुनाले स्थान राम्ररी छनौट गर्नुहोस्। कभर चार्ज तिर्न गर्न इच्छुक हुनुहुन्छा भने बाहिर नै कभर चार्ज लाग्ने वा नलाग्ने अनि बिदेशी मैत्री छ वा छैन को बोर्ड राखिएको हुन्छ। त्यस्पस्चात आफ्नो देश वा ठाउँमा बार हरु जस्तो भएपनि जापानको बारको बातावरण महसुस गर्न को लागी प्रयास गर्नुहोस्। त्यसको सुरुवात त्यहाँ बज्ने संगीतमा रमाएर गर्नु होस्। बार थुप्रै भएकोले रमाइलो कुरा भनेकै आफुलाई मनपर्ने सुहाउदो बार फेला पार्नु हो। यो अगिल्लो हप्ता गएको एक बारको ’boutमा हजुरलाई बताउने छु।

    केन्जो’ज बार

    गोल्डन गायका प्राय: जसो बारहरू विपरित, तपाईंले केन्जो बारमा बीचमा रखिएको टेबल फेला पार्न सक्नुहुनेछ जहाँ सबै ग्राहकहरू यसका वरिपरि जम्मा हुन्छन। यसो हुनाले गफ गर्न सजिलो हुन्छ। यस बारको सम्पूर्ण ईण्टेरिओर चितुवा प्रिन्टमा कभर गरिएको छ। यसबाहेक, बारटेन्डर, केन्जो साँच्चिकै मिजासिला छन र तपाईं टुक्रिएको अंग्रेजीमा पनि संवाद गर्न सक्षम हुनुहुनेछ।
    कभर शुल्क: ५०० येन
    डिटेल्स यता

    Details: here.

    म आशा गर्दछु, हजुरलाई सिन्जुकुको यो ठाउको ’boutमा धेरै कुरा थाहा भयो। यदि हजुर शिन्जुकु घुम्न जानु हुन्छ भने पक्कै पनि यो ठाउमा गई एउटा नया ठाउको अनुभब गर्नु होस्।

    शिन्जुकु गोल्डेन गाए जाने म्याप र जानकारी

    बार खुल्ने समय : बेलुका ६ बजे देखि बिहान २ बजे सम्म

    *Featured Image: Instagram bunnytokyo