ईनोकाशिहारा जु : टोकियोमा रहेको सानो जु र पार्क

  • OTHER
  • tokyo
  • किचिजोजी – टोकियोको पश्‍चिमी क्षेत्र, सुगिनमी-कुको नजिकै रहेको बस्नको लागि एउटा सबैभन्दा लोकप्रिय ठाउँ हो। जापानमा बस्न लायक ठाउ लिस्टमा यो ठाउ माथि चड्दै अहिले नम्बर १ मा आएको छ। नहोस पनि किन, यो केन्द्रीय टोकियो जत्तिकै महँगो वा भिडभाड छैन। यो ठाउ जीवन्त, रमाईलो, प्रामाणिक सहित टोकियोको सिन्जुकु र शिबुया जस्ता प्रमुख स्टेशनहरूमा जान मिल्दछ।

    स्टेशनको दक्षिणमा स्थित सुन्दर ईनोखासिहारा पार्क सबैभन्दा ठूलो सुन्दरता मध्ये एक हो। यो पार्क, यो एक सुन्दर जंगल जस्तै महसुस छ। यसको प्राकृतिक पदयात्रा गर्न मिल्ने घाँस मैदान, यसले तपाईंलाई केही प्राकृतिक परिदृश्यमा डुबाएको जस्तो महसुस गराउँदछ, जबकि यो ठाउ शिन्जुकुबाट रेलमा २० मिनेट मात्र टाढा छ। यस पार्कमा प्रेम जोडी र परिवारहरूले रमाइलो गर्न सानो पोखरीमा डुंगा सयर गर्ने मिल्ने बनाइएको छ। तर पनि यस पार्कमा एक अपेक्षाकृत लुकाइएको आश्चर्यचकित पार्ने भनेको यहाँ भनेको चिडियाखाना हो जुन धेरै मानिसहरूले घुम्ने गरेका छैनन्।

    पार्क वा जू वा दुवै

    पार्कमा जाने वा जू जाने बाटो एउतै हो। यो बाटोमा स-साना कफी सप र फेसन सपहरु छन्। त्यसैगरी कान्दा खोला पनि यो पारको छेउबाट संग संगै बग्दछ। हजुर यो पोखरी पुगी एउटा सानो पुल काट्नु भएपछी, डुंगा चड्ने ठाउ तपाइको दाया तिर छ भने एक्वाटिक जु हजुरको बाया तिर छ।

    तर यो अक्वाटिक जु यो पार्कको आधा भाग मात्र जो जहाँ जलचर र चराहरु रखिएको छ। अर्को पार्क जसलाई मेन पार्क पनि भनिन्छ, त्यहाँ हजुरले थुप्रै थलचर, स्तनधारी जनावर र जंगली चार देख्न सक्नु हुनेछ।

    पार्कमा रहेका जनावर

    यो पार्कमा रहेका जनावर धेरै जसो जापानमै पाइने छन्। यो पार्कको जु मा ठुलो जनावर जस्तै बाग, हात्ती भने छैनन्। तर यो पार्कमा दोस्रो बिस्व युद्ध पछि भारतले उपहार स्वरुप दिएको एउटा हानाको नाम गरेको थियो जुन २०१६मा मरेको थियो। यो जुले ठुलो क्षेत्र त्यो हात्तीको सम्झनामा छुटाएको छ। त्यहाँ उसको फोटोहरु राखिएको छ। किचिओजि एकि बाट बाहिर निस्किदा हजुरले बस रोटरी एरियामा हानाकोको ठुलो मुर्ति पनि देख्नु हुनेछ।

    यो पार्कमा हजुरले थुप्रै लोखर्के पनि देख्नु हुनेछ। यदि हजुरलाई यो सानो रोडेण्ट मन पर्छ भने पक्कै यो पार्क जानु होस्। हजुरले यहाँ यी प्राणिको दिन चर्या राम्रो संग अवलोकन गर्न पाउनु हुनेछ। यो ठाउमा जनावर संग कस्तो ब्यबहार गर्ने हेर पनि बोर्डहरुमा लेखिएको छ। यो जु मा गिनी पिग पनि रखिएको छ, यहाँ हजुरले स-साना बाल बालिका आफ्नो अभिवावक संग गिनी पिग हेरेको देख्न सक्नु हुनेछ।

    अरु जनावरहरुमा रेसुस बादर, फेनेक स्याल, जापानी सेरोस, जापानी रेकुन कुकुर(तानुकी) देख्न पाउनु हुनेछ। तानुकिलाई निकै चकचके जनावर भनेर जापानी किम्बदन्तीमा पनि राखिएको छ। यी कथाहरुमा तानुकिले मान्छेको रुप पनि लिन सक्ने देखाइन्छ। त्यसैगरी यी जनावरको ’boutमा पुराना साहित्यमा पनि लेखिएको छ। स्टुडियो जिबिलीले यी जनावर र घर ब्यापारी बीच भएको लडाईको बिषयमा पोम पोको नामको फिल्म बनाएका छन्। असलीमा यो जनावरले स्यालको जस्तै आवाज निकालेर कराउन सक्छन। यी जनावर मांसाहारी हुन्छन।

    ईनोकाशिहारा जुको ’bout केहि जानकारी

    किचिओजि जेआर स्टेसनबाट जम्मा १० मिनेटको दुरीमा रहेको यो पार्क रिल्याक्स गर्न र थोरै भएपनि प्रकृतिमा रमाई स-साना जनावर हेर्न निकै लोभलाग्दो ठाउ हो। उएनो जु जस्तो मानिसको ठुलो भिडभाड पनि नहुने भएकोले यो ठाउ मलाई जान निकै मन पर्ने ठाउ मध्यको एक हो। अर्को कुरा यो पार्क निकै सुलभ पनि छ। यहाँ छिर्न बयस्कको लागि ४०० येन, बृद्धको लागि २०० येन, हाई स्कुलको बिद्यार्थीको लागि १५० येन र बच्चाको लागि निशुल्क छ।
    त्यसैगरी ग्रुपमा गएका पर्यटकको लागि पनि यहाँ राम्रो डिस्काउण्ट पाउनु हुनेछ। मे १७ (पार्कको जन्मदिन ), मे ४ (ग्रीन दिबस) र अक्टोबर १ (टोकियो नागरिक दिबसको) दिन यहाँ निशुल्क प्रवेश गर्न मिल्दछ। हजुरले लिनु हेको टिकेटले हजुर पार्क, अक्वाटिक जु र मेन जु सबै तिर जना सक्नुहुनेछ। त्यति मात्र नभई जु चाडै बन्द हुने भएकोले एक दिन अक्वाटिक र अर्को दिन मेन जु पनि त्यहि टिकेटले जान मिल्दछ।

    Inokashira Park Zoo Website

    Check out more information about Hotel Bookings recommended by Japanese Locals!