जापानमा साईकल यात्राको केहि नियम र काम लाग्ने जानकारी

  • HEALTH and BEAUTY
  • LIVE and WORK
  • Society
  • जापानमा ट्रेन र सबवे प्रणाली विस्तृत, अस्चार्यलाग्दो र सफा भएतापनि त्यतिनै जटिल र भिड हुने खालको छ। यहि भीडबाट बच्नको लागि साइकल यात्रा एउटा उत्तम तरिका हो। तर अवश्य पनि साइकलमा सफर गर्नु अघि त्यहाँका महत्त्वपूर्ण नियमहरू छन् जुन तपाईंले अगाबै थाहपाइरख्नु भयो भने सहज हुन्छ।

    जापानमा साईक्लिङ्ग गर्दा पालना गर्नुपर्ने केहि नियम

    mother-and-son-biking

    सर्बप्रथम हजुरहरुले सधै बाटोको देब्रे साईडमा साईकल चलाउनु पर्ने हुन्छ। साईडवाक भएका ठाउमा हजुरले त्यहाँ हिडिरहेका मानिसलाई ध्यानमा राख्दै साईकल बिस्तारि चलाउनु पर्ने हुदछ। साईकल लेन नभएको ठाउमा हजुरले अरु गाडीहरुको चापलाई ध्यानमा राख्दै आफ्नो साईकलको गति निओयन्त्रन गर्नु पर्ने हुदछ।

    बेकुका साईकल चलाउदा हेडलाइट र रिअरलाईट बालेको हुनुपर्दछ। हजुरले ट्राफिकलाईट नियमको पालना गर्नुपर्ने, संकेतहरू मान्नु पर्ने, साँघुरो सडकबाट फराकिलो सडकमा प्रवेश गर्नु अघि गति धीमा गर्नुपर्ने जस्ता त प्रमुख नियमनै हुन्।

    साईडवाकमा साईकल चलाउदा
    जापानमा साईडवाकमा साइकल सवारी गर्न पाईन्छ तर सडकमा त्यसको संकेत वा अन्य साइनपोस्ट राखिएको छ वा छैन हेर्नु पर्दछ। यदि त्यहाँ साइनपोस्ट छैन भने १३ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मात्र फुटपाथमा सवारी गर्न अनुमति दिइन्छ। तर यदि केहि गरि ट्राफिक हेभी हुदा वा रु परिस्थिति पर्दा पक्कै पनि हजुरले साइडवाकमा साईकल चलाउन पाउनु हुनेछ। तर साईडवाकमा थुप्रै मानिस पैदल यात्रा गरिरहने हुनाले ध्यान दिनुहोला।

    हेल्मेट लगाउनु पर्ने
    जापानमा १३ वर्ष भन्दा कम उमेरका बालबालिकाले साइकल चलाउदा हेल्मेट लगाउनुपर्ने नियम छ। यहि हजुरको बालबालिकापनि साईकल चलाउन लागेका छन् भने हेल्मेट लगाउन सिकाउनुहोस।

    निषेधित क्रियाकलाप

      १) मदिरापान गरेर साईकल चलाउन मनाही
      २) एउटा साईकलमा दुइ जना बयस्क चढ्न मनाही
      ३) कुनै ठाउमा पानि पर्दा छाता ओढेर साईकल चढ्न मनाही
      ४) फोनमा बोल्न वा म्युजिक सुनेर सवारी गर्न मनाही
      ५) ट्रेन भित्र साइकल लिएर आउन पाइदैन। तर यदि हजुरो साईकल सानो खालको फोल्ड गर्न मिल्ने छ भने ट्रेनमा लिएर आउन मिल्छ।
    जरिवाना

    यदि हजुरले नियम मान्नु भएन भने निम्नानुसार जरिवाना तिर्नु पर्ने हुन सक्दछ

      १) ब्रेक नलाग्ने साईकल चलाउनु भयो भने हजुरले ५०००० येन जरिवाना वा तिन महिना जेल वा दुवै भोग्नु पर्ने हुन सक्छ
      २) मदिरापान गरेर चलाउनेले १० लाख येन जरिवाना वा ५ वर्ष जेल वा दुवै सजाए भोग्नु पर्ने हुन सक्छ
      ३) निषेधित गरेको ठाउँमा छाता ओढेर साईकल चलाउदा ५०००० येन जरिवाना तिर्नु पर्ने हुन सक्दछ, म्युजिक सुनेर साईकल चलाउदा पनि सोहि सजाए भोग्नु पर्ने हुन सक्छ
      ४) ६ वर्षभन्दा माथिकोलाई साईकलमा डबल लोड गरेमा २०००० येन सम्म जरिवाना तिर्नु पर्न सक्छ
      ५) बेलुका हेडलाइट र रिअर लाईट बिना साईकल चलाएमा ५०००० येन जरिवाना हुन सक्छ
      ६) रोडमा साथीहरु मिलेर साइकल साईड बाइ साईड चलाउदा २००० येन जरिवाना हुन सक्दछ
      ७) ट्राफिक लाईट नियम पालना नगरेमा ५०००० तिर्नु पर्ने हुन सक्छ

    हजुरको आफ्नै सुरक्षाको लागि

    girl-biking

      १) जापानमा अपराधिक क्रियाकलाप निकै कम भएतापनि, आफ्नो साईकलमा साचो लगाएको राम्रो हो। जापानीहरु साइकलको पाङ्ग्रा लक् गर्ने सानो लक् लगाउछन
      २) साईडवाकमा यदि अगाडी मानिसहरु छन् भने घन्टी बजाएर साइकल आएको संकेत दिनुहोस
      ३) साईकल धेरै स्पिडमा नकुदाउनुहोस, अप्रिय घटना घट्न सक्दछ
      ४) यदि कतै केहि दुर्घटना भएमा ११९ (एम्बुलेन्स) र ११० (पोलिस)मा सम्पर्क गर्नु होला

    साईकल पार्किंग

    bicycle-parking

    हजुरले जापानमा धेरै ठाउमा साइकल पार्किङ्ग पाउन सक्नुहुन्छ। कृपया ती स्थानहरूमा मात्र तपाईंको साइकलहरू पार्क गर्नुहोस्। ती पार्किंग स्थलहरू नि: शुल्क वा स:शुल्क दुवै खालका छन्। केहि ठूला स्टोरमा सीमित समय को लागी सित्तै साइकल पार्किंग हुन्छा र केहि स्टोरहरु भने त्यहाँ किनमेल गर्दा मात्र साईकल पार्क सित्तैमा गर्न मिल्ने हुन्छ। यदि तपाईले साइकल पार्क गर्न नमिल्ने ठाउमा गर्नु भयो भने जरिवाना तिर्नु पर्ने हुन सक्छ, त्यसैगरि पुलिसले तपाइँको साईकल लग्न पनि सक्दछ।

    साईकल दर्ता गर्नुहोस्

    आफ्नो एरियाको पुलिस डिपार्टमेन्टमा आफ्नो साइकल आफ्नो नाममा दर्ता गर्न नबिर्सिनुहोस्। दुई बर्ष पहिले मलाई साइकल चोरेकोमा पुलिसले शंका गरेको थिए किनकि मैले आफ्नो साइकल दर्ता गरेको थिईन। त्यसैले पुलिसले त्यो साईकल लिएर पहिलेको मालिकलाई फिर्ता गरिदिएछ।

    यदि तपाइँ जापानको केहि स्थानीय स्टोरहरुमा नयाँ साइकल किन्नु हुन्छ भने विक्रेताले प्रिपेक्टरल पुलिस डिपार्टमेन्टमा तपाईको साईकल दर्ता गर्दिनेछन। त्यसको लागि हजुरले थप ५०० येन शुल्क दिनु पर्नेछ। तपाईले गर्नु पर्ने कुरा भनेको तपाईको नाम, फोन नम्बर, घर ठेगाना, र तपाईको साइकलको ’boutमा विवरणहरू, जस्तै सिरियल नम्बर र मेकर भर्नु पर्छ। एक पटक दर्ता भइसकेपछि विक्रेताले तपाईंको साइकलमा दर्ता लेबल राख्नेछ।

    नयाँ साइकल अनलाईन किन्नुहुन्छ भने, तपाईले आफ्नो साइकल स्थानीय पुलिस विभाग (जापानी भाषामा “कोबान”)मा जानु पर्नेछ। त्यहाँ तपाईले फारम भर्नु पर्छ र दर्ता शुल्क तिर्नु पर्छ। यदि तपाईं पुरानो साइकल किन्दै हुनुहुन्छ भने, तपाईंले यसलाई पनि दर्ता पनि गर्नुपर्नेछ। यो गरिएन भने हजुरलाई पनि साईकल चोरेको संका गर्न सक्दछन।