किन नया वर्षमा धेरै जापानीहरु अस्पतालमा भर्ना हुन्छन कोहि त मर्छन पनि

  • Uncategorized
  • टोकियोको लक्जरी होटलमा नया वर्षमा खोलिने स्याम्पेनको रौनक सकिएको छ। वर्ष अन्त्यको पार्टीपनि लगभग सिद्दिएको छ। अफिसहरु खुल्न थालेका छन्। नया वर्ष अधिकारिक रुपमा सुरु भैसकेको जस्तो लाग्छ।

    नया वर्षको बिदा जापानमा निकै महत्वपूर्ण राष्ट्रिय बिदा हो। यो दिन आफ्नो परिवार संग बिताउने दिन हो। उनीहरु यो बिदामा के गर्ने कता जाने भनेर निकै अगाडी देखि आफ्नो कार्यतालिका बनाउदछन।

    परिवारको आफ्नो आफ्नो परमपारा अनुसार बिहानैबाट कार्यक्रम सुरु हुन्छ। कोहि बिहानै मन्दिर जाने तरखरमा हुन्छन त कोहि मिठो ओसेचि खाने तरखर गर्दै हुन्छन। कोहि भने बिहानीको पहिलो ट्रेन चढेर आफ्नो परिवार भेट्न वा हाईकिङ्ग जान्छन।

    by Martin Danker

    यस्तो रमाइलो र उत्सबको दिनमा अस्पतालमा भर्ना गर्नु पर्ने मानिसको संख्या बढ्छ भन्दा सबैलाई अनौठो लाग्छ होला। धेरै जसोले रक्सि पदार्थपनि अघिल्लो दिन खाए पछि नया वर्षमा त्यति खादैनन्। के ले गर्दा आकस्मिक रुपमा भर्ना गर्नु पर्ने मानिसको संख्या बढ्छ होला त?

    यो पछाडीको कारण अरु केहि नभएर जापानीहरुको एक पारम्परिक खाना “मोची” हो।

    नया बर्षको दिनमा मानिसहरु ओजोनि खान्छन। ओजोनि एक प्रकारको सुप हो जसमा मोची हुन्छ। मोची निकै नरम, ठुलो र चबाई चबाई खानु पर्ने हुन्छ। त्यसैले धेरै वृद्धहरुलाई यो मोची खान निकै कस्ट हुने गर्दछ।

     

    View this post on Instagram

     

    A post shared by Yumiko Ito (@itoito__p__) on

    त्यहि भएर मोची खाने संग जोडिएका धेरै दुर्घटना नया बर्षको बेला बढ्ने गर्दछ। उदाहारणको लागि २०१८को नया बर्षमा १२ जना मानिसहरुलाई मोची अड्केको कारणले अस्पताल भर्ना गर्नु परेको थियो जस मध्ये २ जनाको मृत्यु भएको थियो। सबैभन्दा नराम्रो घटना भने २०१५मा घटेको थियो २०१५को नया वर्षमा यो कारणले ९ व्यक्तिले ज्यान गुमाएका थिए। त्यहि कारणले गर्दा नया बर्षको दिन वृद्ध र बालकहरुलाई निकै ध्यान दिनु पर्ने हुन्छ।

    मोची अड्किने दुर्घटना यति भयानक छ कि हरेक बर्ष बिसालु फुगु माछा भन्दा मोची अड्केर मर्ने मानिसको संख्या धेरै हुने गर्दछ। त्यसैले पनि जापानी सरकार र टेलेभिजन मिडियाले पनि सतर्कता अपनाउन मोची सानो सानो टुक्रा पारेर मात्र खान भन्छन।

     

    View this post on Instagram

     

    A post shared by うたきり (@utakiri3529) on

    फुगु माछा जसलाई अंग्रेजीमा पफ़र फिश वा ब्लो फिस भनिन्छ, बिषालु हुने भएकोले निकै विख्यात छ। राम्रो संग तयार नगरेको फुगु माछा खानाले मानिसको सजिलै मृत्यु हुन सक्छ। तर पनि अचम्मको कुरा सरल र अहानिकारक देखिने मोची (चामलको केक)ले जापानमा यस्तो दुर्घटना निम्त्याउछ।

     

    View this post on Instagram

     

    A post shared by かおし (@cao_life) on

    त्यसैले नया वर्ष सुरु हुनु भन्दा अगाबै आफुले आफैलाई ओजोनि खादा सतर्क हुनु पर्छ भन्ने कुरा सम्झाउनु पर्दछ। आफु मात्र नभई अरुलाई पनि ओजोनिको मोची सानो सानो टुक्रा बनाइ खाने र निल्न नसकिने ठुलो पिस नाअट्ने भन्नु पर्छ।

    तर जति सम्झाउदा पनि धेरैलाइ यो कुराले छुदैन। हैन भने वर्षेनी यस्तो घटना घटी रहने थिएन। मानिसलाई लाग्न सक्छकि जाबो चामलको डल्लोले के नै क्षति पुराउछ होला। तर तथ्यता भेन त्यहि नै हो। हरेक वर्ष मोची अड्केर मानिस मर्ने गर्दछन। यदि हजुर पनि नया वर्षमा कतै गएर वा घरमै बसेर मोची खानु हुनेछ भने राम्रो संग चबाएर मात्र निल्नु होला।