जापानको नौलो र नबिन प्रबिधि र “कुरा सुशी”

  • FOOD
  • Restaurant
  • सुशी

    जापान बाहिर, सुशीलाई फेन्सी फुड रूपमा लिइन्छ किनकी यो अन्य खाना भन्दा महँगो छ। जापानमा पनि केहि सुशी रेष्टुरेन्टहरू धेरै महँगो छ भन्ने कुरामा कुनै शंका छैन। यद्यपि तपाईले सस्तो र चाँडो सेवा पाइने सुशी पसल पाउन सक्नुहुन्छ जुन सुशीलाई “स्वस्थ फास्ट फूड” को रूपमा वर्गीकृत गराउदैछन। यी पसलहरु देख्दा ठिकै देखिए पनि स्वच्छ र जान मन लाग्ने खालका हुन्छन।

    कुनै आय नभएका कलेजका विद्यार्थीहरू वा पैसा बचत गर्न चाहने जो कोहिको लागि पनि जापानमा सन्तुष्ट हुनका लागि अनन्त विकल्पहरू छन्। ती रेस्टुरेन्टहरूमध्ये एक हो “कुरा-जुशी”। जापान भर यसको अनगिन्ती शाखाहरु छन्। यहाँ प्रति प्लेट सुशीको केवल १०० येन पर्दछ (करको साथ ११०) । रेस्टुरेन्टमा एउटा खाईतेन जुशी (回 転 寿司) शाब्दिक अर्थ “रोटेशन सुशी” हुन्छ तर यसलाई जसो कन्वेयर बेल्ट सुशी पनि भनिन्छ।

    कुरा-जुशी

    कुरा-जुशी को यो खाईतेन जुशी, तथापि क्लासिक वा सामान्यको विपरीत, फरक प्रकारले काम गर्दछ। सामान्य खाईतेन जुशी पसलमा सामान्यतया ग्राहक सेवाको लागि मानिसहरु धेरै राखिएको हुन्छ र सबै समय उच्च रखरखाव आवश्यक पर्दछ। अर्कोतर्फ कुरा-जुशीको संयन्त्र अद्वितीय छ।

    प्रत्येक टेबलमा एक स्वचालित मेसिन हुन्छ र एक मिनी टच स्क्रिन मार्फत अर्डर गर्न मिल्छ। यसले किचेनमा सिधै अर्डरको सन्देश पठाउँदछ। कुकहरूले सुशी तुरुन्तै तयार परि त्यहि बेल्ट मार्फत हजुरको टेबलमा पठाउछन।

    रेस्टुरेन्टको टेबलमा यी मेशिनहरूको उपस्थितिको कारण धेरै वेटरहरू / वेट्रेसहरू हुँदैन। तीस भन्दा बढि टेबलहरू भए पनि, त्यहाँ ५ वेटर / वेट्रेसहरू काम गरिरहेका हुन्छन्, एउटा ग्राहकलाई वेटिंग लिस्टमा कल गर्ने, दुई टेबल सफा गर्ने, एउटा विशेष अर्डरमा हस्तान्तरण गर्ने र एउटा ग्राहकलाई उनीहरूको टेबलमा स्वागत गर्ने। जे होस्, ठूलो संख्यामा मानिस भान्सामा हुन्छन र यी भान्से पकाउनको लागि सकेसम्म चाँडो हुनु पर्छ। सुशी खाइ सके पछि खालि भाडा राख्ने ठाउ पनि हुन्छ, हजुरले बिल यहि भाडा गनेको भरमा तिर्नु पर्ने हुन्छ।

    जापानमा सुशी

    समग्रमा नबिन प्रबिधिले जापानमा केहि रेस्टुराण्टलाई अनेकौ उपाए प्रदान गरेको छ। हुन पनि जापानमा कामदारको कमि भैरहेको बेला यस्ता प्रविधिले धेरै राहत पुर्याउछ। थप यी प्रबिधिले जो कोहिलाई पनि आस्चर्य चकित गर्दछ। त्यसमाथि १०० येनमै महगो र फेन्सी मानिने सुशी खान पाउनु भनेको पक्कै पनि खुसीको कुरा हो।