चीनमा दुइजनाको ज्यान लिएको नया कोरोना भाईरस जापान आई पुगेको छ।

  • NEWS
  • TRAVEL
  • tokyo
  • २०२०को जनवरी १५मा जापानका कर्मचारीहरुले कानागावा प्रान्तमा बस्ने एक चिनिया नागरिकलाई कोरोना भाईरस लागेको बताएका छन्। यो भाइरस चीनको युहान सहरबाट सुरु भएको थियो।

    ति चिनी नागरिक युहान सहरबाट आएका र ज्वरोको औषधि खाएर क्वारेन्टाइन पास भएको बाताइएको थियो। तर उनि त्यस पश्चात जचाउन अस्पताल गएपछि उनको फोक्सोको एक्स-रे गरिएको थियो। उनको फोक्सोमा सुधार नदेखिए पछि जापानको नेसनल इन्स्टिच्युट अफ इन्फेक्सिअस डिजिजले दुइवोटा टेस्ट गरेको थियो, जसमा दोस्रो टेस्ट पोजेटिभ आएको थियो।

    by Martin Danker

    Wuhan, in central China, has been dealing with the outbreak since December; and a total of 41 people (as of January 17, 2020) have been infected. Additionally, on January 17, 2020 China confirmed a second death related to the disease.

    चीनको सहर युहान कोरोना भाइरसको प्रकोप बाट गत डिसेम्बर देखि प्रभावित भएको छ। अहिले सम्म ४१ जना मानिसमा यो भाईरसको संक्रमण देखिएको छ। त्यसैगरी जनवरी १७मा चीनमा दोस्रो व्यक्तिको पनि यहि भाईरसको कारण मृत्यु भएको बताइएको छ।

    यो भाइरसलाई नया यसकारण भनिएको छ कि, यो भाईरसको स्ट्रेन यो भन्दा अगाडी मानिसमा देखिएको छैन र अध्ययन पनि गरिएको छैन। यसको संक्रमणले मानिसलाई निमोनिया हुने बताइएको छ। वर्ल्ड हेल्थ अर्गनाईजेसनले विश्वभरका सरकारलाई सतर्क रहन बताइएको छ। त्यसैगरी चिनिया नया वर्ष लागे संगै चिनिया नागरिक धेरै यात्रा गर्ने भएकोले यो फैलन सकेन बताइएको छ।


    यो भाइरसको उत्पति समुद्री खाना बाट भएको बताइएको छ। किनकि यसको संक्रमण त्यहि सिफ़ुड मार्केटमा काम गर्ने मानिसलाई या त्यहाँ किनमेल गरेका मानिसलाई देखिएको हो। तर ति जापानमा बस्दै आएका चिनिया नागरिक भने त्यो बजारमा नगएको हुनाले उनलाई उरु मानिसबाट सरेको हुन सक्ने बताइएको छ।

    अहिलेलाई यो भाइरस’bout खासै धेरै थहा नभएता पनि जापानी स्वास्थ्य कर्मचारीले यो क्यारिअर संग धेरै समय बिताईयो भने सर्ने बताउछन। कोरोना भाइरस निकै ठुलो भाइरस फ्यामिलीको बताइएको छ। यो भाइरस विश्वमा पहिले पनि देखिएको मिडल इस्ट रेस्पिरेटरि सिन्ड्रोम र सिभर एक्युट रेस्पिरेटरि सिन्ड्रोम संग मिलेको देखिएको छ।

    २००२-२००३मा भएको SARS रोगको कारण ७७४ जनाको मृत्यु भएको थियो।

    चीनमा अहिले अफ्रिकन स्वाइन फ्लु पनि देखिएको छ जसले चीनको ४०% सुँगुर मारेको छ। २०१८ मा चीनमा मात्र संसारको ५०% भन्दा बढी सुँगुर रहेको बताइएको थियो र यो रोगले अहिले सम्म १४१ बिलियन डलरको क्षति गरेको छ।

    वर्ल्ड हेल्थ अर्गनाइजेसनले खास गरि विदेश यात्रा गर्ने नागरिकहरुलाई स्वास प्रसासको समस्याको देखिएका मानिस संग धेरै घुलमिल नगर्ने, सतर्क रहने, हात धुने, मासु राम्रो संग पकाउने, र फारम वा जंगलीको जनावर जीवित वा मृतलाई नछुने बताएको छ।

    स्वास प्रसासको समस्या भएको मानिसले पनि खोक्दा वा हाच्यु गर्दा मुख छोप्ने र सार्बजनिक स्थलमा मास्कको प्रयोग गर्नु पर्ने हुन्छ।

    जापानमा पनि स्वास्थ्य मन्त्रालयले सुरक्षाको लागि मास्क लगाउनु पर्ने, हात धुनु पर्ने, कतै गएर आएपछि गर्गल गर्नु पर्ने, र युहान घुमेर आएका मानिसहरुले तुरुन्त मेडिकल चेक अप गर्नु पर्ने बताएका छन्। चीन र जापान अलावा यो थाइल्याण्डमा पनि देखिएको छ।

    *Featured Image by borneobulletin (Borneo Bulletin) on Twitter
    : borneobulletin/