हजुरहरुले थाहा पाउनुपर्ने केहि जापानी लेखक

  • CULTURE
  • History
  • by Zoria Petkoska

    जापानी साहित्यको ईतिहास शताब्दिऔ पुरानो छ। जापानीभाषाको पहिलो उपन्यास ११ शताब्दिमा प्रकाशन भएको “टेल अफ गेंजी” (गेंजीनो मोनोगातारी) हो। यो उपन्यासको लेखक मुरासाकी शिकिबू हुन्। उनि एक महिला लेखक हुन्। यसले पनि जापानमा महिला साहित्यकारको निकै पहिले देखिको सहभागिता देखाउछ जसले जापानी भाषालाइ उकास्ने प्रयास गरे। किन भन्दा राजनैतिक, आधिकारिक र साहित्यिक लेखनको लागि पुरानो चिनिया लिपिको प्रयोग हुन्थ्यो। अहिलेको प्रयोगमा रहेको जापानी भाषा पहिले मात्र बोलाईमा प्रयोग हुन्थ्यो।

    अहिले सम्म जापानी वा जापान जन्मभुमि भएका तिन जनाले साहित्यमा नोबेल पुरस्कार पाएका छन्। त्यसैलेपनि जापानी साहित्य रचना अहिले विभिन्न भाषामा उल्थागरेर विश्वमाझ पस्किने गरिएको छ। मान्गा, आनिमे र भिडियो गेम पारखीहरुले जापानी कथा लेखन शैलीलाइ निकै रुचाएका छन्। जापानको पप कल्चरबाट प्रेरित भएर जापानमा वा हलिउडमा पनि धेरै सिनेमाहरु बनेका छन्। एउटा निकै रुचाइएको रचाना अकिरा कुरोसावाको फिल्म “राशोमोन” हो जुन रिउनोसुके अकुतागावाको लघु कथामा आधारित थियो।

    आज म हजुरलाई जापानका पढ्नै पर्ने लेखकको बिषयमा बताउनेछु।

    नाचुमे सोसेकी

    जापानमा निकै लोकप्रिय लेखक मध्येका एक नाचुमे सोसेकी हुन्। उनलाई कतिपयले तोल्स्तोई र दोसोतोएभ्स्कि संग साज्ने गर्दछन। उनले मेइजि युग सुरु भए संगै २०औ शताब्दिबाट लेख्दै आएका थिए। उनि जापानबाट युरोप पठाईएका केहि साहित्यकार मध्य एक हुन्। उनि अंग्रेजी साहित्या जानकारपनि थिए र उनले जापानमा अंग्रेजी भाषाको शिक्षकका रुपमा पनि काम गरेका थिए। उनका केहि अरु भाषामा प्रकाशन गरिएको कृतिमा “कोकोरो”, “आई एम अ क्याट”, ” लिटल मास्टर” हरु छन्।

    हारुकी मुराकामी

    उनि पक्कै पनि विदेश सबै भन्दा लोकप्रिय भएका जानी लेखक हुन्। उनको कृति ५० भाषामा उल्था गरि प्रकाशन गरिएको छ। उनको कृतिको बिक्रि १० लाख प्रति भन्दा बढी हुने गर्दछ। उनको लेखन शैलीलाई थुप्रैले पश्चिमी भन्दछन। तर पश्चिमाहरुलाई उनको लेखमा मिसिएको जापानी स्वाद मनपर्दछ। धेरै जसो उनकी उपन्यासको लागि चिनिने भएता पनि उनको लघु कथापनि उत्तिकै लोकप्रिय छन्। उनको लेखनमा यथार्थवाद र कल्पना देखिन्छ, प्राय: हर्षले हामीलाई जादुई यथार्थवादमा पुर्‍याउँछ। उनका केहि मुख्य कृतिहरुमा “१Q८४”, “नर्वेजियन वुड”, “काफ्का अन द शोर”, ” द विण्ड-अप बर्ड क्रोनिकल”, “किलिंग कोमेण्डतोर” हुन्। हरेक बर्ष उनले साहित्यको नोबेल पुरस्कार पाउने अड्कल गरिन्छ, तर उनिले अहिले सम्म यो पुरस्कार पाएका छैनन। भबिस्यमा पक्कै पाउनेछन।

    युकिओ मिशिमा

    युद्धपछिको जापानमा लेख लेख्नेविवादास्पद कट्टरपन्थी मानिस, युकिओ मिशिमा दुबै प्रसिद्ध र कुख्यात छन। उनिद्वारा लेखिएका सुन्दर लघु कथाहरू र उपन्यासहरू अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन्। “गोल्डन पवेलियनको मन्दिर” उनको सबैभन्दा प्रसिद्ध कार्यहरू मध्ये एक हो, र यो क्योतोको किंकाकू-जी जलाएको घटनाको उपन्यास हो। मिशिमाले लघु कथा, थियेटर नाटक, लिब्रेटो लेखेका छन्।

    उनको बदनामिको कारण उनको राजनीतिक क्रियाकलाप र सोहि कुरा साहित्य बगएकोले थियो। मिशिमा एक समुदायका कार्यकर्ता थिए जसले जापानलाई आफ्नो सैन्य गौरवमा पुनःस्थापित गर्न काम गर्दथ्यो, जसको परिणामस्वरूप असफल सेना मिलिटिया कु भयो। त्यस पछि मिशिमाले सेप्पुकु, (सार्वजनिक विधीको आत्महत्या) गरे।

    रिउ मुराकामी

    उनीलाई हासी मजाकको लागि अर्को मुराकामी वा पस्चिमाले नचिन्ने मुराकामी भनिन्छ। उनि “कुल” लेखक हुन्। उनि धेरैजसो सहरी जिबनको अन्धकारको ’boutमा लेख्दछन। उनको केहि प्रमुख कृतिमा “अल्मोस्ट ट्रान्स्पारेण्ट ब्लु”, “कोइन लकर बेबिज”, र “इन द मिसो सुप” रहेका छन्।
    उनि बहुकलाका धनि हुन्। उनि स्क्रिप्ट लेखक, मगाजिन सम्पादक, टक शो होस्ट, रकर हुन्।

    बनाना योशिमोतो

    उनको अचम्मको नाम, शहरी टोकियो कथाहरू, र अनौठो कभर डिजाईनले गर्दा बनाना योशीमोतो ९०को दशकमा अन्तर्राष्ट्रिय साहित्य बजारमा निकै चाडो लोकप्रिय भएकी थीइन। उनको काम अस्तित्ववाद, युवा समस्या, मृत्यु, मानव सम्बन्धको पतन संग सम्बन्धित छ। सपना र खाना उनको लेखकमा दोहोरिरहन्छ।

    उनको पहिलो उपन्यास “किचन” निकै चलेको उपन्यास हो, र एक ट्रान्सजेंडर चरित्र को विशेषता लेखिएको यो कृति आफ्नो समय भन्दा अलि अगाडी थियो भन्न सकिन्छ। उनी अझै सक्रियताका साथ लेखिरहेकी छन्, र उनको अंग्रेजीमा अनुवाद गरिएको अन्तिम उपन्यास “मोशी मोशी” हो (२०१० मा प्रकाशित, २०१६ मा अनुवाद गरिएको)।

    सायाका मुराता

    पश्चिमा पाठकहरूको लागि नयाँ नाम, सायाका मुराताको बेस्टसेलर “कोन्बिनी निन्गेन” (“कन्भिनियन्स स्टोर महिला”) ले उनलाई २०१९ मा स्टारडममा पुरायो। जापानको सबैभन्दा प्रसिद्ध साहित्यको अकुटागावा पुरस्कार लिन जादा उनि आफ्नो कम्बिनिको शिफ़्ट सकेर गएकी थीइन।

    मुराताको लेखन शैलीमा जापानी समाजमा देखिएको समस्या जस्तै सेक्स, लैंगिक बिभेदता देखिन्छ। उनि आफ्नो लेखन शैलीमा निकै उदार छिन। उनले दिएको अन्तरबार्तामा उनले आफ्नो परिवारले आफ्नो पुस्तक मन नपाराएकोपनि खुलेर भनेकी छिन। धेरै पुरस्कार पाएर पनि उनि अझै कम्बिनी स्टोरमा काम गर्दै छिन। उनि भन्छिन यो काम्ली उनलाई लेख्ने प्रेरणा दिन्छ।

    हिरोमी कावाकामी

    ९०को दशकमा लेख्न सुरु गरेकी हिरोमी कावाकामीले जापानमा प्रतिष्ठित साहित्यिक पुरस्कार जितेकि छिन। उनका रचनाहरू १५ भन्दा बढी भाषाहरूमा अनुवाद भइसकेका छन्। उनको कथाहरू दैनिक कुराकानी र जादुई यथार्थवाद बीचको मिश्रण हो। उनको रचनाले आनिमे देखी कहानी कथनको मजा लिने जो कोहीलाई पनि अपिल गर्दछ।

    प्रेमले कावाकामीका पुस्तकहरूमा धेरै कथाहरू समेटछन्, सबैभन्दा लोकप्रिय “स्ट्रेन्ज वेदर इन टोकियो”, र अंग्रेजीमा हालसालै अनुवाद गरिएको “द टेन लब्स अफ निशिनो” हुन्।

    रिउनोसुके अकुतागावा

    २० औं शताब्दीको सुरूमा लेख्न सुरु गरेका, अकुतगावालाई जापानमा अक्सर “छोटो कथाको पिता” पनि भनिन्छ। उनको प्रारम्भिक छोटो कथाहरू मध्ये एक ‘राशोमोन’, अकिरा कुरोसावाको उही नामको लोकप्रिय फिल्मकोलाइ प्रेरणा बनेको थियो। यहाँ सम्मकि एक प्रतिष्ठित साहित्य पुरस्कार उनको नाममा राखिएको छ, जापानी लेखकहरुलाई बर्षेनी यो पुरस्कारले पुरस्कृत गरिन्छ।

    उनको लेखनको सब भन्दा मनमोहक विशेषता भनेको उनी विश्वव्यापी कथाहरूका लागि प्रयासरत छन जुन संस्कृतिलाई जोड्न र मानिसहरूलाई एकताबद्ध गर्न सक्दछ। उनलाई आधुनिक सेटिंग्स, बहु स्रोतहरू, अन्य संस्कृतिहरूका तत्त्वहरूको प्रयोग आदि मनपरेको पाइन्छ। उदाहरणका लागि, चीनमा रिपोर्टरको रूपमा काम गरेपछि उनले चीनमा भएका कथाहरू लेख्न थालेका थिए।

    कावाबाता यासुनारी

    जापानबाट साहित्यको लागि १९६८मा पहिलो नोबेल पुरस्कार जितेका कावाबाता यासुनारी निकै लोकप्रिय छन्। उनले जापानी साहित्यमा छोटो समयको लागि देखिने सुन्दरता, र “मोनोनो आवारे”को ’boutमा बताएका हुन्छन। उनको सरल लेखनमा साकुरा फुल, बगेको पानिको ’boutमा लेखिएको पाइन्छ।

    उनको प्रमुख कृति “स्नो कन्ट्री” हो जसमा प्रमुख किरधार गेइशा भेट्न गाउ जादछ।

    केन्जाबुरो ओए

    सहित्यामा नोबेल पुरस्कार जित्ने दोस्रो जापानी केन्जाबुरो ओए उपन्यासमात्र नभई कबिता पनि लेख्दथे। उनि सामाजिक राजनीतिदेखि निकै चिन्तित हुने गर्दथे। उनले आफ्नो कृतिमा मानिसको गरिमाको ’boutमा लेख्ने बताएका छन्। उनको रचनाहरु पश्चिमी साहित्य,अस्तित्वबादको प्रेरणा पाइन्छ। उनि सेक्स र हिंशाको बिसयमा लेख्न हिच्किचाउदैनथे।

    नोबेल बिजेता र निकै पोख्त लेखक ओएका कृतिहरु थोरैमा अंग्रेजी भाषामा अनुबाद गरिएको छ। अंग्रेजीमा उनको करिब १ दर्जन कृति पाइन्छ। केहि लोकप्रिय कृतिमा “अ पर्सनल म्याटर”, “अ क्वाइट लाइफ” र “द चेनजेलिंग” हुन्।

    काजुओ ईशिगुरो

    काजुओ इशिगुरो एकै समयका बेलायती लेखक हुन्, जसलाई जापानी लेखक पनि मान्न सकिन्छ। जापानमा जन्मेका उनि ५ वर्षको उमेरमा बुबाआमा संग ब्रिटेन बसाई सरेका थिए। उनी अंग्रेजीमा लेख्छन्, तर उनका पहिलो दुई उपन्यास जापानमा तयार भएका थिए। उनको लेखन बहुमुखी हुन्छन, उसको जटिल पहिचान जस्तै। उनका केही उपन्यासहरू भूतकालमा तयार गरिएका छन्, जबकि केहि काल्पनिक र डायस्टोपियस। ईशिगुरोले आफ्नो काममा मानवीय मूल्यमान्यताहरू, भावनाहरूको ख्याल राख्दछन्, र ‘मोनोनो आवारे’को झलक राख्दछन।

    “नेवर लेट मी गो” उनीहरुको सबैभन्दा प्रख्यात उपन्यास हो, जबकि “अ पेल भ्यु अफ हिल्स” र “एन आर्टिस्ट अफ फ्लोटिंग वर्ल्ड” जापानमा सेट गरिएका उनका उपन्यास हुन्।

    *Featured Image from AC photo
    : AC photo/