जापानमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनमा मृत्यु हुनेको संख्या १०० नाग्यो

  • NEWS
  • Nationwide
  • TRAVEL
  • नौलो कोरोना भाइरसको संक्रमणले चीनको युहानबाट सुरु महामारीले चीनमा १०० जना भन्दा बढीको ज्यान लिएको जनाइएको छ। दुइ हप्ता अगाडीको संख्या हेर्ने हो भने यो निकै डरलाग्दो बृदि हो। यो भाइरसकोको संक्रमण बढे संगै चिनिया अधिकारिहरुलाई यो समस्यालाइ कसरि समाधान गर्ने र अझ फैलिन नदिन गर्नु पर्ने उपायमा कठिनाई भैरहेको बताइएको छ। सन् २००२-२००३को SARS महामारीमा पनि यस्तै चीनले रोगको राम्रो ब्यबस्था नगरेको आरोप खेप्नु परेको थियो। त्यति बेलाको महामारीले ८०० जनाको ज्यान लिएको थियो।

    by Martin Danker

    चीनिया नया वर्ष संगै यो समयको बिदामा लाखौ चीनिया पर्यटक विदेश भ्रमण गर्ने हुनाले अहिले सरकारले यो भाइरसलाई अझ फैलिन बाट रोक्न मध्यकालमा प्लेग रोगको महामारीको बेला अपनाइएको उपाय अघि सारेको छ। अहिले युहान क्षेत्र पुरै क्वारेण्टाईनमा रहेको छ। युहानमा अहिले बाहिरि र भित्रि हवाई सवारीसाधन देखि सार्बजनिक सवारी पनि रोक लगाइएको छ। युहानबाट कसैलाई बाहिरा जान दीईएको छैन भने अरुलाई छिर्नपनि रोक लगाइएको छ।

    केही व्यक्तिहरूले यी कार्यनीतिहरू अनैतिक भएकोमा चिन्ता व्यक्त गरेका छन्, इतिहासले देखाउँदछ भने महामारीलाई रोकथाम गर्न यस किसिमको कडा कदमहरू आवश्यक पर्दछ। यद्यपि विज्ञहरूले ती प्रयासहरूको बाबजुद रोग फैल्ने सम्भावना छ भनेका छन्। एउटा कारण यो छ कि युहानको लकडाउन अलि ढिलो भयो, किनकि यो अनुमान गरिएको छ कि क्वारेन्टाइन हुनु अघि युहानबाट ३००,००० मानिसहरूले बुधवार शहर छोडे। नतिजा स्वरूप, यो नौलो कोरोनाभाइरस जुन मानिस बीचमा प्रसारित हुन्छ भनेर पुष्टि गरिएको थियो, अन्य शहरहरूमा पनि फैलिएको पाइयो।

    अहिले सम्ममा कोरोना भाइरसको संक्रमण २४०० व्यक्तिमा पाइएको छ। भनिन्छ यो संख्या अझ धेरै बढेर जाने छ। यसको कारण त्यहि युहान छाडेका ३ लाख पर्यटक हुन्। नया वर्षमा वर्षेनी लाखौ चिनिया नागरिक आफ्नो घर फर्कने गर्दछन।

    त्यहि संगसगै जापानमा चौथो कोरोना भाइरसको केस देखिएको बताइएको छ। यी सबै केस, युहान घुमेर आएका व्यक्तिमा पाईएको हो।

    वर्ल्ड हेल्थ अर्गनाइजेसनले जनवरी २२मा यो नौलो कोरोना भाइरसलाई ग्लोबल ईमरजेन्सी घोसणा गर्ने भनेर भेला भएको थियो तर पछि अहिले नै त्यो घोसणा गर्न हतार नगरेको बताइयो।

    विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई, विशेष गरी अन्तराष्ट्रिय यात्रुहरूलाई बढी सतर्क हुन र गम्भीर श्वासप्रश्वासको संक्रमण लागेका मानिसहरू संग सम्पर्क नगर्न सल्लाह दिएको छ, आफ्ना हातहरू बारम्बार धुनुहोस् (विशेष गरी बिरामी मानिसहरूसँग नजिक हुँदा ), मासु राम्रोसँग पकाउनुहोस्, र प्रत्यक्ष वा मृत फार्म वा जंगली जनावरहरूको नजिकको सम्पर्कबाट जोगिन आह्वान गरेको छ।

    जो मानिस श्वासप्रश्वासको लक्षण छ उनीहरूले खोकी शिष्टाचार अनुसरण गर्नुपर्दछ, जस्तै खोक्ने र हाछ्युगर्ने बेलामा कपडा वा टिसूको प्रयोग गरी मुख ढाक्नु पर्दछ।

    *Featured Image by noticierostvm (NOTICIEROS TVM) on Instagram
    : noticierostvm/