सेचुबुन: भटमास फ्याकेर राक्षस धपाउने जापानी परम्परा

  • CULTURE
  • EVENT
  • Nationwide
  • New Year
  • Society
  • TRADITIONAL
  • जापानी लुनार क्यालेन्डरका अनुसार, ‘सेचुबुन’ (शाब्दिक अर्थ मौसमी विभाजन) वसन्त आगमनको अघिल्लो दिन हो, वा हिउँद र वसन्तको बीचमा बस्ने दिन हो जुन दुई रितुहरू विभाजन गर्दछ। यो फेब्रुअरी ३ मा जापान भरका वसन्त महोत्सव (हारु माचुरी)को एक भागको रूपमा सबै तीर्थस्थल र मन्दिरहरूमा मानिसहरूका घरहरू र सम्पूर्ण छिमेकमा मनाइन्छ। यसलाई एक प्रकारको जापानी नयाँ वर्ष पनि भन्न सकिन्छ। दिनको बिभिन्न गतिविधिहरू प्रदर्शन गर्ने र परम्पराको अनुसरण गर्दै र वसन्त रितुको आगमन मनाइन्छ। भटमास र राक्षस मास्कको बाहेक, यो चाड भनेको के हो भनेर यहाँ लेखिएको छ।

     

    मामेमाकी

     

    सेचुबुनको बिदाको परम्परालाई मामेमाकिले दर्साउछ। मामेमाकीको अर्थ भटमास फ्याक्नु हो। यसमा भुटेको भातासको प्रयोग गरिन्छ। भटमास यानी मामेलाइ घर बाट बाहिर वा घरको सदस्य जसले राक्षेसको मुकुट लगाएको हुन्छ, उसमा फ्याकिन्छ। फ्याक्नेबेला जापानीमा ओनिवा सोतो फुकु वा उची भनिन्छ। यसको अर्थ शैतान बाहिर निस्की, राम्रो भाग्य भित्र आइज हो। यो भने पछि ढोका लगाइन्छ। यो परम्परा निकै पुरानो हो, करिब करिब ५००-६०० वर्ष पुरानो। जापानमा गेडागुडीलाई स्वस्थ र भाग्यशाली मानिन्छ।

    परम्पराको अभ्यास गर्न धेरै मानिसहरू मन्दिर जाने गर्छन्, र घरमा पनि यहि गर्छन्। भटमासले दुष्टात्मालाई टाढा राख्ने र परिवारमा राम्रो भाग्य ल्याउने विश्वास गरिन्छ, जसरि चामल फ्याँक्नेलाई पश्चिमी विवाहमा शुभ मानिन्छ। भटमासलाई फ्याने बाहेक, अर्को एउटा विश्वास छ कि व्यक्तिले आफ्नो उमेरको अंक जतिकै भुटेको भटमास खानु पर्छ।

    एहोमाकी

    यो एक विशेष प्रकारको सुशी रोल हो। एहोमाकी सेचुबुनमा खाइन्छ र यसमा धेरै विश्वासहरू आबद्ध हुन्छन्। एक्लै बसेर चुपचापमा पुरा एहोमाकी रोल खानुपर्दछ। यदि हामी अधिक बिधिवद हुन्छौं भने, कुन दिशा तिर फर्केर खानु पर्ने पनि तय गरिएको हुन्छ किनकि हरेक वर्ष त्यहाँ फरक शुभ दिशा हुन्छ। उदाहरणको लागि, २०२० मा भाग्यशाली दिशा उत्तर-पूर्व हो।

    एहोमाकी रोल आफैं कुनै पनि माकी-सुशी जसरि नै बनाउन सकिन्छ, र यसको थुप्रै प्रकारहरू छन्। तपाईं यसलाई घरमै बनाउन सक्नुहुन्छ, तर सबै सुविधा स्टोर र सुपरमार्केटहरू एहोमाकी रोलहरूको विभिन्न प्रकारका लागि अग्रिम बुकिङ्ग लिइरहेका हुन्छन्।

    भेन्यु र क्रियाकलाप

    सिमोकिताजावाको तेंगु पर्ब

    सबै जसो मन्दिरहरु एहोमाकिको दिन निकै ब्यस्त हुन्छ। धेरै जसो टिभी च्यानलले मामे फ्याकेको दृश्य प्रतक्ष्य प्रशारण गर्दछन। यी प्रशारणमा पुजारी, अनेकौ चर्चित कलाकारहरु पनि सामेल हुन्छन।

    एक निकै लोकप्रिय सेचुबुनको उत्सव जसमा ओनि राक्षस नभई तेंगु रहने सिमोकिताजावामा हुने गरेको तेंगु परेड हो। यो शिनरिउ मन्दिरमा सुरु हुन्छ र सिमोकिताजावाको वरिपरि घुम्दछ।

    आसाकुसामा, सेन्सोजी मन्दिरमा यो दिन एक लाख भन्दा बढी मान्छे उपस्थित हुन्छन। तिनीहरू सबै भटमास र उपहार फ्याकछन्। उनीहरु विभिन्न प्रकारका व्यंजनहरू जस्तै एहोमाकी सुशी रोलहरू र ‘शोगाजाके’ (अदुवाको रक्सि) खान्छन्। राम्रो भाग्यको लागि व्यक्तिले भुटेको भटमासका गेडाहरू खान्छन्। कार्यक्रममा गेइस्या र क्रस-ड्रेसिंग नाटक द्वारा विभिन्न नृत्य प्रदर्शन गरिन्छ।

     

    सेन्सोजीमा जापानका अन्य स्थानहरू जस्तो, मानिसहरू “राक्षस बाहिर निस्की” भनेर कराउँदैनन्; यसको साटो, तिनीहरू केवल “भाग्य भित्र आउ” भनेर कराउँछन् ’cause विश्वास गरिन्छ कि त्यहाँ केननका देवता (करुणाका देवता) अगाडि कुनै राक्षसहरू हुदैनन्। यहाँको एउटा प्रसिद्ध अनुष्ठान “फुकुजु-नो-माई नृत्य” (७ देवताहरुको भाग्य नृत्य) जुन विभिन्न सांस्कृतिक व्यक्तित्वहरु र प्रसिद्ध कलाकारहरूले सक्रियताका साथ भाग लिन्छन्।

    थप जानकारीको लागि तलको लिंक हेर्नु होस्

    आसाकुसा टुरिस्ट एसोसिएसन

    आसाकुसा कल्चर एण्ड टुरिजम सेन्टर एक्सेस

    सेंसोजी एक्सेस

    *Featured Image from AC photo
    : AC photo/