के हजुर आओमोरि जादै हुनु हुन्छ ? आओमोरिमा लिनैपर्ने ३ स्याउबाट बनेका कोशेली

  • AOMORI
  • Shopping
  • TRAVEL
  • आओमोरि फेरी बोट(सानो मोटर डुङ्गा)को लागि प्रसिद्ध छ। यसलाई होन्शुको बन्दरगाहको सहर पनि भनिन्छ। यो ठाउ जापानको गर्मि महिनामा हुने सबै भन्दा ठूलो मेला पर्व नेबुता माचुरीको लागि पनि चिनिन्छ। यदि हजुरलाई प्रकृति संग घुलमिल गर्न र जापानको पुरानो खालको बातावरण संग रुझ्न मन छ भने आओमोरि निकै सटिक गन्तब्य हुन सक्दछ। सुन्दर परिदृश्य बाहेक यहाँ तातो पानीको मूल, म्युजिअम, गार्डेन र पार्कहरु पनि छन्।

    तर आओमोरि जापान भरि स्याउको लागि पनि निकै प्रख्यात छ। हुनपनि, आओमोरिमा मात्र जापान भर उत्पादन हुने मध्य ५०% उत्पादन हुन्छ।

    त्यसैले आओमोरि जानु भयो भने खालि हात नफर्किनु होला। हजुरले यहाँ निकै मिठो स्याउबाट बनेको कोशेली लिन पाउनु हुनेछ। यी कोशेलीले आओमोरिको बिशेस मुटुलाई जनाउछ। आज हामि हजुरलाई आओमोरिको तिन निकै प्रशिद्द स्याउबाट बनेका खानेकुरा बताउनेछौ। हजुर यी कुराहरु आफ्नो परिवार, साथी वा बिशेष मानिसहरुको लागि लिएर आउन सक्नु हुनेछ।

    १) किनिनारु रिन्गो

    किनिनारु रिंगो एक एप्पल पाई पेस्ट्री हो जसको बाहिरिपत्र निकै क्रिस्पी हुन्छ। यो स्याउबाट बनेको हो जुन महिनौंसम्म चिनी सिरपमा राखिएको हुन्छ। यसरि राखिएको स्याउ नरम र गुलियो हुन्छ। पछि, यो पिठोको पत्रमा लपेटिन्छ र बेक गरिन्छ जसले यसलाई क्रिस्पी र स्वादिष्ट बनाउछ। प्रत्येक स्याउ एउटा सानो बाकसमा व्यक्तिगत रूपमा प्याक गरिन्छ, जुन तपाईको प्रियजनहरूका लागि कोशेलीको रूपमा लिन सक्नु हुनेछ। भनिन्छ कि एप्पल पाई मन नपराउनेहरुले पनि यो मिठाई मन पराउँछन्।

    यो कुनै टिपिकल सस्तो खालको कोशेली जस्तो देखिन्न। यो निकै बिशेष छ। किनिनारु रिन्गो आफ्नो पाहुनालाई खाना पछिको डेजर्टको रुपमा पनि दिन सक्नु हुनेछ। मलाई यो मिठाई ब्ल्याक कफी संग खान मन लाग्छ।

    २) एप्पल स्न्याक

    अओमोरी जापानमा स्याउको सब भन्दा बढी उत्पादन गर्ने प्रान्त हो, यसैले पनि लोकप्रिय एप्पल स्न्याक जस्ता स्याउमा आधारित खानेकुरा भेट्टाउनु धेरै सामान्य हुन्छ। एप्पल स्न्याक रसीला र स्वादिष्ट स्याउलाई स्वादिलो चिप्समा परिणत गरिएको खानेकुरा हो। यो केवल कोशेलीको रूपमा मात्र नभएर छुट्टीको समयमा अत्यधिक रुचाइने स्न्याक हो।

    एप्पल स्न्याक उत्पादन गर्ने कम्पनि एप्पल एण्ड स्न्याक हो। उनि हरुको यो प्रोडक्ट काताकानामा एप्पल स्न्याक भनिन्छ। यो नाम जापानमा निकै लोकप्रिय छ।

    एप्पल स्न्याक विभिन्न रंगका प्याकेटमा पाइन्छ। ति हुन् रातो, हरियो र सुन्तला रंग। रातो प्याकेट(जोना गोल्ड)को स्वाद गुलियो हुन्छ। हरियो ब्याग (ओरिन) अलिक नुनिलो हुन्छ। सुन्तला रंग (फुजी) भने गुलियो र अमिलो हुन्छ।

    ३) आसानो हाक्कोदा

    आसानो हाक्कोदा फ्रेस अण्डाबाट बनेको चिजकेक हो। यसको तेक्स्चर निकै स्मुद र क्रिमि हुन्छ। पहिलो बाईट मुखमा खाने बित्तिकै यो मिठाइ हजुरको जिब्रोमा बिलाउने छ। यो मिठाई निकै हल्का र फ्लफी हुन्छ। यो केक स्याउको स्वादमा भएता पनि अन्य फ्लेभरमा पनि पाइन्छ।

    यो विशेष गरि चुगारु स्याउ, ग्रिन टि वा प्लेन फ्लेभरमा पाइन्छ। यो केकलाई फ्रीजरमा राखेर पछि रुम तापक्रममा मिलाएर खादा उत्तम स्वादको हुन्छ। यो मिठाइ आओमोरिमा मात्र पाइन्छ त्यसैले यहाँ आउनु भएको खण्डमा यो मिठाई पक्कै खानु होस्।

    पक्कै पनि आओमोरिमा अन्य थुप्रै स्याउमा आधारित कोशेली पाउनु हुनेछ। तर यी तिन खानेकुरा लिनु भयो भने हजुरलाई कुनै पछुतो हुने छैन।

    *Featured Image by bj7766 (Bee Ja) on Instagram
    : bj7766/