विश्व भरि फेब्रुअरी १४का दिन भ्यालेन्टाइन डे मनाइन्छ। यो दिनलाई रोम्यांस र प्रेमको उत्सव पनि भनिन्छ। जापानको यो आफ्नो पारम्परिक उत्सव नभएता पनि अन्य पश्चिमाबाट आएका चाड झै यो पनि धुमधामका साथ् मनाइनछ।
भ्यालेन्टाइन डे’को दिन सामान्यता मानिसहरुले कार्ड, फूल, गिफ्ट, र चकलेटहरु आफ्नो प्रेमी वा प्रेमिकालाई दिएर उनीहरुसंग दिन बिताएर मनाउछन। जापानमा भने भ्यालेन्टाइन डे अलि फरक शैलीमा मनाइनछ। जापानमा भने महिलाहरुले आफ्नो प्रेमीलाई मात्र नभएर अन्यलाई पनि चकलेट मात्र भएपनि दिने गर्दछन। त्यसैले पनि जापानी महिलाहरु भ्यालेन्टाइन डे’लाई निकै थकान युक्त दिन पनि भन्न रुचाउछन
यो सबैको सुरुवात १९३६मा एउटा केक कम्पनि मोरोजोफ लिमिटेडले बिदेशीहरुलाई टार्गेट गरेर बनाएको एउटा बिज्ञापनको कारणले गर्दा भएको हो। यो विज्ञापनले जापानीहरुमा भ्यालेन्टाइन डे’को पहिलो परिचय गराएको थियो। पछि १९५२मा पनि यो कम्पनिले हार्टको आकारको चकलेट जापानी बजारमा सुरुगरेको थियो। यो संगसगै इसेतान जस्ता ठूला स्टोरले पनि भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न सेलका अफर लिएर आउन थाले।
त्यस पश्चात जापानमा भ्यालेन्टाइन डे एक वार्षिक चाडको रुप मनाइन थालियो। अनि ति मार्कॆटिङ्ग क्याम्पेन महिलालाई धेरै लक्षित गरिएकोले जापानमा महिलाले मात्र दिनु पर्ने किसिमको परम्परा जस्तै बन्यो। अरु देशमा भन्दा फरक जापानमा महिलाहरुले आफ्नो प्रेमीलाई मात्र नभएर जीवनमा भेटिने सबै पुरुषलाई चकलेट दिने गर्दछन। त्यसैले संगै काम गरिने पुरुष साथि, परिवार, प्लेटोनिक रिलेसंशिपमा बसेका सबैलाई चकलेट दिने गरिन्छ। तर आफ्नो र त्यो व्यक्तिको माथि दिईएको सम्बन्ध अनुसार दिईने चकलेटको किसिम भने बेग्लै बेग्लै तोकिएको हुन्छ।
आज म हजुरलाई यो भ्यालेन्टाइन डे’मा दिईने विभिन्न किसिमका चकलेटको ’boutमा बताउनेछु।
होनमेइ चोको भनेको आफ्नो स्पेसल मानिसलाई आफ्नो मनको फिलिंग बताउन दिने चकलेट हो। यो चाहि पश्चिमी र हामि सबैले थाह पाएको भ्यालेन्टाइन संग मिल्छ। यहाँ प्रेमिकाहरु आफ्नो प्रेमीलाई दिने चकलेट निकै राम्रो बट्टामा प्याक गरेर धेरै मेहेनत गरेर दिने गर्दछन। आफ्नो माया देखाउने शैली निकै महँगो पनि हुन सक्दछ। यो समयमा विभिन्न स्पेसल एडिसन चकलेट देखि अन्य किसिमका ब्र्याण्डेड चकलेट पाइन्छ। चकलेट जति महँगो भयो त्यति राम्रो मानिन्छ। त्यसैले पनि होनमेइ चकलेट अरु चकलेट भन्दा महँगो हुने गर्छ। तर सबै भन्दा उत्तम भनेको घरमा आफैले बनाएको चकलेट हो। यसमा धेरै मेहेनत र माया लाग्ने हुनाले, यसलाई जापानमा स्पेसल भनिन्छ।
गिरि चोकोलाई अब्लिगेसनको रुपमा दिनु पर्ने चकलेट भनिन्छ। गिरि चकलेट आफ्नो कामको साथिहरु, कामको सेंपाई, साथी, गुरुहरुलाई दिनु पर्ने चकलेट हो। गिरि चकलेटको पराकस्टको रुपमा च्यो गिरि चकलेटलाई लिने गरिन्छ। यो चकलेट हजुरले दिन मन नलागेको मानिसलाई पनि जापानमा बसेको परम्पराले वा अरुले आफुलाई के भन्ला भन्ने डरले दिने गरिन्छ। महिला पुरुष दुबैले ट्विटरमा गिरि चोकोलाई घृणा गर्ने लेखेपनि यो एक बसेको परम्परा हो।
जापानमा केहि कम्पनीले गिरि चोकोलाई पूर्ण रुपमा प्रतिबन्धनै लगाएका छन्।
तोमो चोको हाल्साल्नै सुरु भएको चलन हो। भनिन्छ यो परम्परा गिरि चोको बाट आएको हो। गिरि चोकोलाई मानिसले अब्लिगेसनको रुपमा लिने हुदा, आफ्नो मिल्ने साथीलाई दिईने चकलेटलाई तोमो चकलेट भनिएको हो। तोमो शब्द जापानी तोमोदाची भन्ने शब्द बाट लिईएको हो, जसको अर्थ नै साथि हुन आउछ। चकलेट संगै महिलाहरुले कुकी पनि दिने गर्दछन। त्यस संग संगै सानो धन्यवादको कार्ड पनि हुन्छ।
<
भ्यालेन्टाइन ईभेण्ट संग सम्बन्धित अर्को ईभेण्ट भनेको व्हाइट डे हो। यो उत्सवको सुरुवात पनि जापानमा भ्यालेन्टाइन डे’को जस्तै बिज्ञापनको क्यापेनले गर्दा भएको हो। व्हाइट रंग भने यो रंग सादगी को प्रतिक भएर दिईएको हो। यो रंगले पियोर लभलाई जनाउने मानिन्छ। व्हाइट डे भ्यालेन्टाइन डे’को ठिक एक महिना पछि मार्च १४को दिन मनाइने गरिन्छ। यसलाई रिप्लाई डे पनि भनिन्छ। यो दिन होनमेइ चकलेटको जवाफ दिने गरिन्छ। यदि हजुरलाई होनमेइ चकलेट दिने मानिस संग रिलेसनसिपमा बस्न चाहानु हुन्छ भने, हजुरले पाएको चकलेट भन्दा २ वा तिन गुणा महँगो चकलेट किनेर दिनु पर्ने हुन्छ। तर हजुर त्यो प्रस्ताब स्वीकार गर्नु हुन्न भने उही मूल्य बराबरको चकलेट दिदा हुन्छ।
पहिले पहिले धेरैले व्हाइट डे’मा चकलेट दिने गर्दथे तर अहिले भने कपडा, मिठाई, गहनाहरु दिने गर्दछन।