यो जाडो मौसममा तातो बनाउने जापानका केहि शिर्ष साके(रक्सि)का ब्राण्ड

  • FOOD
  • Nationwide
  • जापानमा साके (चामलबाट बनाइने जापानी रक्सि) प्रचलित १,३०० कारखानाहरू छन्। ती मध्य मा आज हजुरहरुलाई शीर्ष पाँच जापानी फाइन साके ब्रान्डहरूको परिचय गराउनेछु जुन जापानमा मात्र होइन तर विदेशमा पनि अत्यन्त प्रख्यात छन्।

    जुयोनदाई

    यो साकेको ब्राण्ड जापानमा खोजिने सबै भन्दा लोकप्रिय ब्राण्ड हो भन्दा फरक पर्दैन। यो जुयोनदाई साके ताकागी शुजो ब्रुअरीले बनाउछ जुन १७औ शताब्दि ताका सुरुगरिएको थिईयो। उनिहरु अझै पनि उही बर्षौ पुरानो बिधि बाट साके उत्पादन गर्दछन। हालसालै उनीहरुले नया प्रयोग गरेर साके बनाउने गरेका छन्। यो साके चाही मोडर्न साके हो। तर पनि उनिहरुको पुरानो बिशि बाट बन्ने साके मेरो रुचिको जापनी साके हो।

    यदि हजुरले कहिले जुयोनदाई खाने मौका पाउनु भयो भने पक्कै त्यो मौका नछोड्नु होस्। यो अलि महँगो पनि छ। यसको एक बोतलको मूल्य २६,५०० येन सम्म पर्दछ।

    नाबेशिमा

    नाबेशिमा सागा प्रान्तको फुकुचीयो शुजो ब्रुअरीबाट आएका हुन्। यो एक धेरै उच्च-गुणस्तरको साके हो जसको बनाउने विधि अहिले सम्म रहस्यमय छ। धेरै देशहरूमा यो साके निर्यात हुन्छ त्यसैले यदि तपाईं जापानी साके चाख्न चाहानुहुन्छ भने तपाईं आफ्नो देशको जापानी खुद्रा पसलमा वा स्टोरमा यो ब्रान्डको लागि हेर्न सक्नुहुन्छ। यो ब्राण्डको जापानमा उच्च प्रतिष्ठा छ र त्यसैले गर्दा महँगो पनि छ। प्रति बोतलको मूल्य १२००० येनको आसपास हुन्छ।

    हाक्काईसान

    यो जापान मा तेस्रो सबै भन्दा गुणस्तरीय साकेको ब्राण्ड हो। यो अन्य देशहरूमा पनि उपलब्ध छ। धेरै जापानी रेस्टुरेन्टहरूमा अर्डर गर्न सकिने भएकाले जो कोही यसलाई चाख्न सक्छन्। हाक्काईसान ब्रुअरी निगाता प्रान्तमा अवस्थित छ र यसको प्रति बोतल औसत मूल्य लगभग ११,००० येन पर्दछ। (निगाता मिठो चामलको निकै प्रसिद्ध भएकोले पनि यहाँको साके मिठो भएको मान्यता छ)

    इशोजीमान

    इशोजिमान ब्राण्डको साके शिजोउका प्रान्तको उत्पादन हो। यसको ब्रुअरी जापानी बजारमा सात बर्ष देखि रहेको छ। ब्रुअरीले आफ्नो साकेको उत्पादनको लागि केहि स्वर्ण पदक पनि जितेको छ। इशोजिमान त्यहि साके हो जुन होक्काईदोमा G8 बैठकमा प्रयोग गरिएको थियो। यो साके जापान बाहिर पाउन गाह्रो छ। यसको मूल्य ७,००० येन देखि ९०,००० येन सम्म पर्दछ।

    मिचिसाकारी

    यो जापानको सब भन्दा पुरानो र सबैभन्दा प्रसिद्ध ब्रुवरी हो। मिचिसाकारीले लन्डनमा २०१३को साके कम्पिटिसनमा स्वर्ण पदक जितेका थिए। मिचिसाकारी ब्रुअरी गिफु प्रान्तमा अवस्थित छ जसले २५० वर्ष भन्दा बढी वर्षदेखि सञ्चालन गरिरहेको छ र विगत ५० बर्ष देखि मिठो साके बनाउदै छ। यसको प्रति बोतलको मूल्य ६००० येन पर्दछ।


    के हजुरको मनपर्ने साकेको अरु कुनै ब्राण्ड छ? यदि छ भने हामीलाई र हाम्रा पाठकलाई ति ब्राण्डहरुको ’boutमा तलको कमेन्ट सेक्सनमा बताउनुहोस।

    *Featured Image by makki_1117 on Instagram
    : makki_1117/