किन्चुगी: एक पुरातात्विक जापानी कलाकृति र लुकेको संदेश

  • CULTURE
  • tradition
  • जब कुनै चीज बिग्रन्छ वा फुट्छ, के हजुर यसलाई तुरुन्तै फालिदिनुहुन्छ वा तपाईं यसलाई मर्मत गर्नु हुन्छ? जब बिग्रेको बस्तु हाम्रो मनपर्ने कुरा हो भने हामि सम्भवतः फुटेका ति चीजहरू मर्मत गर्छौं र त्यो कुनै घटनामा नपरेको जस्तो देखिने बनाउँदछौं। धेरै मानिसहरु टुक्रिएको वस्तुलाई नयाँको रूपमा राम्रो बनाउन ग्लू, माटो, वा अन्य मोल्डिंग उत्पादनहरू प्रयोग गर्दछन्।

    माथि दीइएको अवस्था जापानी कला किन्चुगी संग मिल्न जादछ। यो पुरानो जापनी कला शताब्दिऔ देखि जापानमा चलिआएको छ। यो कलाले फुटेको चिज फ्याक्ने वा लुकाएर राख्ने नभएर गर्भका साथ् देखाउनु पर्ने कुरा सिकाउदछ। किन्चुगी शब्दको “किन” भनेको सून हो, ’cause फुटेको कुराहरुलाई सुनको मदातले जोडिने गरिन्छ। आज हामी हजुरलाई यहि जापानी नौलो कलाको बिषयमा बताउनेछौ।

    किन्चुगीको ईतीहास

    किन्चुगीको निकै लामो इतिहास छ जुन १५औ शताब्दी देखि चलिआएको केहि घटनाहरुले देखाउछ। एउटा कथा के छ भने जापानी शोगुन (राजा) आशिकागा योशिमासा, आशिकागा शोगुनेटको आठौ शोगुनले फुटेको चिया खाने कपलाई मर्मतका लागि चीन पठाइएका थिए। मर्मत गरेर फिर्ता आएको कपमा कुरूप धातुको तारहरु थिए जसले कपको सुन्दरतालाई लुकाएको देखियो। त्यहि भएर शोगुनले टूटेको चीजलाई मर्मत गर्ने अर्को तरिका सोचे। उनका कारीगरहरूले सुनको साथ मिसाएको लाह प्रयोग गरेर फुटेको चिज जोड्ने एक सुन्दर तरीकाका लागि खोजी गरे।

    यस प्रविधीले जोडिएको संगममा एक सुन्दर सुनको रेखा छोड्छ जसले त्यो वस्तुहरूको ईतिहास बताउदछ। तिनीहरूलाई लुकाउनुको सट्टा फुटेको , चर्केको दागहरू सुनले जोडेपछि त्यो मुल्यवान त हुने नै भयो। यो प्राविधिक द्रुत रूपमा लोकप्रिय भयो। धेरै मानिसहरु यो नयाँ प्रविधिको यति मोहित भए कि तिनीहरूले किन्चुगी प्रयोग गरेर मर्मत गर्नकालागि जानाजानी बहुमूल्य भाँडाकुँडा फुटाउन थाले। सेरामिकका ति भाँडा मर्मत पछि पहिलेको भन्दा मुल्यवान भए।

    किन्चुगीको विभिन्न शैली

    फुटेको भाँडा वा अन्य चीजलाई टासेर मर्मत गर्न त्यो बिग्रेको वस्तुको अवस्थामा निर्भर गर्दछ। यसकारणले यो प्राविधिकले विभिन्न शैलीहरू अपनाएको छ। यदि फुटेको सामानको सबै टुक्रा यथावत छन् भने, तिनीहरूलाई सुनको पातलो रेखाले सजिलै जोड्न सकिन्छ। यदि वस्तुको कुनै अंश हराएको छ भने, यो बदल्न महत्वपूर्ण छ। यो ठाउँलाई सुन वा उरुशी लाहले भरिने गरिन्छ ताकि यसले हराएको ठाउँको आकार लियोस।

    उरुशी लाह रुस भेर्निसिफ्लुआबाट निकालिन्छ। यो एक पातदार रूख हो जुन लगभग १५ मिटरसम्म अग्लो हुन्छ। यसको विपरित, हराएको अंशमा पनि अर्को वस्तु त्यहि आकारमा काटेर भरिन पनि सकिन्छ। पछि सुनले त्यो भाग जोडिईन्छ। आज पनि ठूलो वस्तु छ भने यो मर्मत गर्न निकै समय लाग्दछ। यसले यो प्रबिधिलाई धेरै मूल्यवान बनाउँछ।

    यदि तपाईं आफ्नो क्षतिग्रस्त भाँडाकुँडाहरूको मर्मत आफै गर्ने प्रयास गर्न चाहानुहुन्छ भने, तपाईं मेइजिरो कम्पनीले बनाएको किन्चुगी मर्मत किटको प्रयोग गर्न सक्नुहुन्छ। यो किटको प्रयोगले तपाइले गरेको मर्मत टिकाऊ र आकर्षक हुने कुरा सुनिश्चित गर्दछ। यसले तपाईंलाई किन्चुगीको कला र यसको मूल्य मान्यताको अनुभूति दिनेछ।

    मेजिरो कम्पनि किन्चुगी वेबसाईट* जापानी भाषामा मात्र

    किन्चुगी एउटा परम्परागत विधि हो जसले त्यो समयमा मानिसहरूमा फुटेको चिज मर्मत गर्नेमा चासो जगायो। यसले व्यक्तिहरूलाई मर्मतको साथ कलाको वास्तविक अद्वितीय रूप सिर्जना गर्न प्रेरणा दिन्छ। जब कुनै वस्तु टुट्छ, यसको दागले छाप छोड्दछ जुन प्रदर्शनको लागि महत्त्वपूर्ण कारक बन्दछ। किन्चुगीले यो दागलाई सुन्दर बनाउदछ। संसारभरि यस्ता धेरै कम्पनिहरु छन् जसले पेशेवर रुपमा फुटेको सामानको किन्चुगी विधिको प्रयोग गरि मर्मत गरिरहेका छन्।

    किन्चुगीले हामीसबैलाइ सबैलाई टुक्रिएको वस्तुहरू फ्याँक्नु हुँदैन भन्ने एक सुन्दर संदेश दिन्छ। यसले मानिसहरूलाई सहमशक्ति र लचिलोपनको सार पनि सिकाउँदछ। जब हामी एक नकारात्मक वा दर्दनाक अनुभव गुज्रिन्छौ, हामी यो घटना सामना गर्न को लागी सक्दो प्रयास गर्नु पर्दछ किनकि यी अनुभवहरूले नै हामीलाई अद्वितीय र बहुमूल्य बनाउँदछ।

    जापानी शिल्पकारको किन्चुगी बिधि बाट भाँडा मर्मतको एक भिडियो