जापानको सोनी कम्पनीले बनाएको यो रोबोट कुकुरले के के गर्न सक्दछ?

  • CULTURE
  • Innovation
  • अंग्रेजी वर्ष २०१८ लाई “कुकुरको वर्ष” को रूपमा लिईएको थियो, र संयोगवश त्यो वर्ष सोनी कर्पोरेसनले उनीहरूको आर्टिफिशियल इंटेलिजेंस रोबोट कुकुर, वा “आईबो” को नयाँ संस्करण निकालेको थियो। यस अगाडि सोनीले यो रोबोट कुकुरको नया संस्करण २००६ सालमा निकालेको थियो। आईबोलाई रोबोटिक्स बजारमा हालसम्म ल्याइएका सबैभन्दा परिष्कृत उत्पादको रुपमा लिईने गरिन्छ, तर यसको पछिल्लो संस्करण अझ बढी उन्नत हुने आशा गरिएको छ। यो नयाँ जापानी आविष्कार कस्तो छ त हेर्नुहोस्।

    के हो त आईबो?

    आईबो एउटा रोबोट पेट हो जसले आर्टिफिशियल इंटेलिजेंसको मद्दत लिन्छ। याको पहिलो संस्करण सोनीले १९९९मा निकालेको थियो। यो मोडेल लाई ERS ११० भनिएको थियो। त्यति बेला यो कुकुरको थोरै संख्या मात्र रिलिज गरिएको थियो। त्यसको उद्देस्य, ग्राहक संग संगै रहेर रोबटको भबिस्यको लागि चाहिने डाटा लिन थियो।

    यो रोबोटको पहिलो संस्करण निकै सफल भएको थियो। दोश्रो संस्करण कम्पनीले २००० सालमा निकालेको थियो। यसलाई ERS २१० भनिएको थिईयो। यो पहिलो संस्करण भन्दा निकै परिस्कृत थियो। यसमा टच स्क्रिन, विशेष मोबिलिटी, LED र भोइस रिकग्निसन जस्ता फिचर थियो।

    त्यो वर्ष पच्ची हरेक वर्ष आईबोको नया संस्करण आएको थियो। सन् २००६मा भने सोनी कम्पनीले आफ्नो ध्यान अरु कुरामा फोकस गर्नलाई आइबोको नया संस्करण निकाल्न छोडेको थियो।

    नया आईबो

    १२ वर्ष पछि सोनीले नया आइबो निकाल्यो। यसलाई ERS १००० भनियो। यसको डेभेलपर नाओया माचुई हुन्। यो नया संस्करणमा अहिले सम्मकै राम्रो हिड डुल गर्न सक्ने क्षमता छ। यो यसमा भएको अल्ट्रा-कम्प्याक्ट एक्चुएटरले गर्दा सम्भब भएको हो। यसको आखामा भएको दुइटा OLED प्यानल आफ्नो हाउभाउ राम्रो संग प्रस्तुत गर्न सक्दछ। त्यसैगरी यसलाई आफ्नो मालिकली आफुले चाहेको अनुसारको ट्रेनिंग दिन सक्दछ।

    आइबोको बेट्री २ घण्टा टिक्दछ अनि यसलाई पूर्ण रुपमा रिचार्ज हुन ३ घण्टा लाग्दछ। यसलाई चार्ज गर्नु पर्ने समय भएछी आफै भुक्न थाल्छ र खाना खुवाउनु भनेर कराउछ। त्यसपछि आफै गएर रिचार्ज गर्ने उपकरणमा बस्छ।

    तथापि, यो रोबोटिक पाल्तु जनावरलाई पूर्ण रूपले काम गर्नको लागि इन्टरनेट जडान चाहिन्छ र यो LTE सिम कार्डको साथ आउँदछ। तपाईंले आफ्नो पाल्तु जनावरलाई “My aibo” भन्ने एप्पमा जडान गर्नुपर्नेछ र फोनको सेटिङ्गमा गई यसलाई अनुमति दिनु पर्दछ। त्यस्पस्चात कुकुरको क्यामेराबाट लिइएको फोटोहरू हेर्न र थप फिचर डाउनलोड गर्न मिल्नेछ।

    आईबोको यो नयाँ अपस्केल संस्करणको मूल्य १९८००० येन छ। अन्तरक्रिया समर्थन गर्नको लागि २९८० येनको मासिक सदस्यता सेवा शुल्क पनि आवश्यक पर्दछ। यदि तपाईं चाहनुहुन्छ भने तपाईं पहिले तीन बर्षको सदस्यता शुल्क ९०,०००येन एकै चोटी भुक्तानी गर्न सक्नुहुन्छ।

    आइबोको एक्लै रहेका मानिसहरुको लागि साथीको रुपमा रहन बनाइएको हो। यसलाई एक्लो जिबन बिताउने मानिसको लागि आत्मिय साथ् र मनोरंजन प्रदान गर्दछ। यो रोबोट असली जनावर जस्तै इमोसन र हाउभाउ देखाउन सक्षम हुन्छ। यदि हजुरलाई पेट चाइएको छ तर जीवित पेट पाल्दा आउने झन्झट चाइएको छैन भने आईबो उत्तम उपाय हो। त्यसैगरी असली जनावरको एलर्जी भएकालागि पनि यो असल रोजाई बन्न सक्दछ। यदि हजुरलाई आफ्नो आइबो किन्न मन छ भने यो आईबोको अनलाइन स्टोर(जापनिमा मात्र)बाट किन्न सक्नु हुनेछ।

    यो जापानी रोबोट कुकुरको बिषयमा हजुरको धारणा के छ?

    आईबोको वेबसाईट